मेनु
NESE को बारेमा
NESE मा पेशाकर्मीहरूका लागि
NESE मा जीवन
NESE नै किन
संसाधनहरू
हामीलाई सम्पर्क गर्ने
समाचार
प्रतिनिधिहरू
NESE मा भर्ना:
भाषा
NESE को बुस्टन तथा संयुक्त राज्य भरीका विभिन्न विश्वविद्यालय तथा कलेजहरूसँग राम्रो सम्बन्ध छ। यस सम्बन्धका कारण NESE का विद्यार्थीहरूलाई आवेदन गर्ने अनुमति तथा औपचारिक TOEFL® (धेरै जसो अवस्थामा SAT® वा GMAT®) परीक्षा नदिइकन नै स्वीकृति प्राप्त गर्छ। हरेक व्यक्तिको रोजाइको विश्वविद्यालय अथवा कलेजको आधारमा, NESE का विद्यार्थीहरूले औपचारिक TOEFL® परीक्षाको सट्टा निम्न दुई मान्यता प्राप्त गरेको हुनुपर्छ।
कि त:
NESE सँग राम्रो सम्बन्ध भएका कलेज तथा विश्वविद्यालयहरूले NESE का विद्यार्थीहरूलाई TOEFL® अङ्क बिना नै विश्वविद्यालयमा स्वीकार गर्नुका साथै “सशर्त स्वीकृति” कार्यक्रम प्रस्ताव गर्छन्। कार्यक्रमको नामको भाव जस्तै, “स्वीकृति” शर्त सहितको हुनेछ; NESE का विद्यार्थीहरूलाई यस शर्तमा मात्र स्वीकृति दिइनेछ कि उनीहरूले शैक्षिक पाठ्यक्रम सुरू गर्नू पूर्व अङ्ग्रेजी भाषा स्तर विश्वविद्यालय तथा कलेजको आवश्यकता पूरा हुने हुनुपर्नेछ। यो शर्त पूरा हुनका लागि NESE को उच्च स्तर अथवा NESE को संस्थागत TOEFL® परीक्षा पूरा गरेको हुनुपर्दछ।
सशर्त स्वीकृति कार्यक्रम भन्नाले तपाईंले NESE को विशेष सम्बन्ध भएको कुनै पनि कलेज अथवा विश्वविद्यालयको आवश्यक अङ्ग्रेजी स्तरमा उपस्थित हुनु पूर्व अथवा तपाईंले आफ्नो देश छाडेर आउनु पूर्व नै ती मध्ये कुनै एउटा कलेजमा भर्ना हुने स्वीकृति पाउनुहुनेछ। यस स्वीकृति पत्रको अर्थ तपाईंले NESE मा अङ्ग्रेजी पाठ्यक्रम सूरू गर्नु पूर्व तपाईं कुन विश्वविद्यालयमा जाँदै हुनुहुन्छ भनी थाहा पाउनुहुनेछ।
CLA के हो र मलाईं किन यसको आवश्यकता छ?
CLA (सशर्त स्वीकृति पत्र) तपाईंले NESE मा अङ्ग्रेजी भाषा सम्बन्धी आवश्यकताहरू पूरा गर्दा एउटा अमेरिकी कलेज अथवा विश्वविद्यालयले प्रदान गर्ने पत्र हो, र तपाईंले आवेदन दिएपछि मात्र स्वीकृति प्राप्त गर्नेहुनाले यस पत्रद्वारा तपाईंको भर्नाको लागि आवश्यक अन्य शैक्षिक कुराहरू पूरा गर्न सक्नुहुन्छ। अमेरिकी कलेज तथा विश्वविद्यालयमा शर्तसहित स्वीकार गरिएका विद्यार्थीहरूलाई भिसाको लागि अन्तर्वार्तामा जाँदा यस पत्रको आवश्यकता पर्न सक्छ।
NESE को विशेष सम्बन्ध भएका कलेज तथा विश्वविद्यालयहरूको पूर्ण सूचि हेर्न,
कृपया यस लिङ्कमा क्लिक गर्नुहोस्।
NUPS को उदेश्य तपाईंको आवश्यकता तथा क्षमता तपाईंले रोज्नुभएको शैक्षिक संस्थाको आवश्यकता अनुसार छ र तपाईंले आवेदन प्रक्रियाको दौरान सहायता, मद्दत, र निर्देशन पाइराख्नु भएको छ भनी सुनिश्चित गर्नु हो। NESE ले वर्षौ देखि विश्वविद्यालय सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको हुँनाले तपाईंले रोज्नुभएको कार्यक्रममा आवेदन गर्न तथा स्वीकृति प्राप्त गर्न सजिलो हुनेछ। NESE को (NUPS) सेवाहरू र NESE ले प्रदान गर्ने विभिन्न कार्यशाला, पाठ्यक्रम तथा विभिन्न कार्यक्रमहरूले NESE का विद्यार्थीहरूलाई विभिन्न विश्वविद्यालयहरूमा पढाइ गर्ने अवसर प्रदान गर्दछ। जस्तै:
NESE का विद्यार्थीहरूले पढ्ने विश्वविद्यालयहरूको पूर्ण सूचिका लागि, कृपया यस लिङ्कमा क्लिक गर्नुहोस्।
यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।
प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।