NESE Programs

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

NESE मा
पेशाकर्मीहरूका लागि

मेनु

NESE को ऐच्छिक पाठ्यक्रम सहित संयुक्त शैक्षिक पाठ्यक्रम

तपाईंको करियरको विकासका लागि अङ्ग्रेजीका साथै अन्य पाठ्यक्रमहरू

Nese - Elective & After-School Courses
ऐच्छिक पाठ्यक्रमहरू

इन्टेन्सिभ TOEFL®

स्तर 9 र योभन्दा माथिल्लो स्तरका विद्यार्थीहरू NESE को इन्टेन्सिभ TOEFL® पाठ्यक्रममा कम्तिमा एक महिना अथवा बढीमा दुई महिनाका लागि भर्ना हुन सक्छन्, यसो गर्दा उनीहरू आफ्नो आवश्यकता अनुसार अङ्ग्रेजी भाषा कार्यक्रम तैयार पार्न सक्छन्। यसका साथै, NESE को TOEFL® पाठ्यक्रमलाई निम्न तीन सीपमा विभाजन गरिएको छ - व्याकरण, सुनाई तथा बोलाई र पठन तथा लेखाई - विद्यार्थीहरू TOEFL® का यी भागहरू मध्ये आफूले सुधार गर्न चाहेको विषयमा बढी ध्यान दिन्छन्। जस्तै उदाहरणका लागि, TOEFL® अङ्कमा सुधार गर्नुपर्ने आवश्यकता भएका विद्यार्थीले 6 महिनासम्म हेरक दिन बिहान 9 बजे देखि दिउँसो 3:15 सम्म NESE को TOEFL® पाठ्यक्रम पढ्नुपर्नेछ भने अन्य विद्यार्थीहरूले TOEFL® का लागि एक महिनासम्म पठन तथा लेखाई पाठ्यक्रम मात्र पढ्नुपर्नेछ। विद्यार्थीको उदेश्य जे-जस्तो भएतापनि, NESE को इन्टेन्सिभ TOEFL® पाठ्यक्रमले जतिसक्दो चाँडो उनीहरूको लक्ष्य पूरा गर्न मद्दत गर्नेछ।

NESE को संस्थागत TOEFL® परीक्षा NESE का स्तर 6 तथा त्योभन्दा माथिका विद्यार्थीहरूका लागि हरेक महिना आयोजन गरिन्छ। यस परीक्षामा सहभागी हुन पूर्णकालीन विद्यार्थीहरूलाई अतिरिक्त शुल्क लाग्दैन। आशिंक विद्यार्थीहरूले हेरक परीक्षामा सहभागी हुँदा परीक्षा शुल्क तिर्नुपर्दछ।

  • TOEFL® का लागि आवश्यक व्याकरण
  • यद्दपि औपचारिक TOEFL® परीक्षाका लागि भनी छुट्टै व्याकरण छैन, त्यसैले TOEFL® तथा अन्य मान्यता प्राप्त परीक्षा (जस्तै GMAT, GRE, IELTS) लागि तैयारी गर्ने विद्यार्थीहरूले चुनौतीपूर्ण तरिकाले तथा TOEFL® शैलीमा प्रस्तुत गरिएको उन्नत व्याकरणमा केन्द्रित व्याकरण सिक्ने अवसर प्रदान गरिनेछ। कक्षामा, विद्यार्थीहरू व्याकरणको बारेमा, उन्नत व्याकरणको बारेमा, परीक्षा दिने शैली सिक्ने, र कक्षामै समय-समयमा हुने परीक्षा सामेल हुन पाउँछन्। यस कक्षामा व्याकरणका सम्पूर्ण शीर्षकहरूको बारेमा सिकाइन्छ।
  • (स्तर 8 पूरा गरेको अथवा स्तर 9 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ)
  • TOEFL® का चाहिने सुनाई तथा बोलाई शिक्षा
  • NESE को इन्टेन्सिभ पाठ्यक्रमको यस खण्डले iBT Next GenerationTOEFL® परीक्षाको सुनाई र बोलाईमा बढी जोड दिन्छ। कक्षामा, विद्यार्थीहरू सम्वाद अथवा लेक्चर सुनेर बुझ्ने अभ्यास गर्नुका साथै परीक्षाको अनिवार्य भागको रूपमा रहेको सामुहिक तथा व्यक्तिगत लिखित खण्ड पूरा गर्न आवश्यक सीप सिक्छन्।
  • (स्तर 8 पूर गरेको अथवा स्तर 9 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ।)
  • TOEFL® का लागि चाहिने पठन तथा लेखाई शिक्षा
  • NESE को इन्टेन्सिभ पाठ्यक्रमको यस खण्डले iBT Next GenerationTOEFL® परीक्षाको पठन तथा लेखाई शिक्षामा बढी जोड दिन्छ। कक्षामा, विद्यार्थीहरूले आफ्नो स्किमिङ तथा स्क्यानिङ क्षमतामा सुधार गर्ने, जानकारी पहिचान गर्ने रणनितीहरूको बारेमा सिक्ने, र परीक्षाको अनिवार्य भागको रूपमा रहेको सामुहिक तथा व्यक्तिगत लिखित खण्ड पूरा गर्नका लागि आवश्यक सीप प्राप्त गर्नेछन्।
  • (स्तर 8 पूर गरेको अथवा स्तर 9 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ।)
  • संस्थागत TOEFL® परीक्षा
  • संस्थागत TOEFL® परीक्षा औपचारिक TOEFL® परीक्षाको पेपरमा आधारित संस्करण हो। यो संस्थागत संस्करण ETS द्वारा बनाइएको हो जसले पचास वर्ष पहिले TOEIC®, SAT®, र GRE® परीक्षाको विकास तथा व्यवस्थापन गरेको थियो। यो परीक्षा सञ्चालन गर्दा, NESE ले सम्बन्धित नियमहरूको पालना गर्नुपर्दछ, जस्तै परीक्षा सकिएपछि विद्यार्थीहरूको कापी मूल्यांङ्कनका लागि बन्द गरेर ETS मा पठाउने आदि। NESE का विद्यार्थीहरूले हरेक सत्रमा यो परीक्षा दिनुपर्नेछ, र ETS ले NESE बाट यस परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीको शुल्क लिन्छ -  तर NESE ले आफ्ना विद्यार्थीहरूबाट परीक्षा शुल्क लिदैन -किनकि हामी आफ्ना विद्यार्थीहरूलाई यस्ता उपयुक्त सुविधाहरू प्रदान गर्नु कति महत्वपूर्ण छ भनी बुझ्दछौं र हामी विद्यार्थीहरूलाई सधैँ यो अवसर प्रदान गर्न चाहन्छौं।

इन्टेन्सिभ व्यवसायिक अङ्ग्रेजी

NESE को इन्टेन्सिभ व्यवसायिक अङ्ग्रेजी पाठ्यक्रमले, इन्टेन्सिभ TOEFL® पाठ्यक्रम जस्तै उनीहरूलाई आफ्नो आवश्यकता अनुसार कार्यक्रम तैयार पार्ने अनुमति दिँदै, विभिन्न कुराहरूको बारेमा सिक्ने अवसर प्रदान गर्छ। यस पाठ्यक्रमका दुई निम्न खण्डहरू छन्: व्यवसायिक सञ्चार र व्यवसायिक पठन तथा लेखाई शिक्षा, र विद्यार्थीहरूले यी दुईमध्ये कुनै एक कक्षा तथा यी दुबै कक्षामा सहभागी हुन सक्छन्। यसका साथै, पेशाकर्मीहरूका लागि छुट्टै इन्टेन्सिभ व्यवसायिक अङ्ग्रेजी पाठ्यक्रमहरू पनि छन्।

  • व्यवसायिक सञ्चार
  • यस कक्षामा विद्यार्थीहरूको हरेक दिन प्रयोग हुने सामान्य व्यवसायिक शब्दावलीको प्रयोग गर्ने तथा बुझ्ने क्षमतामा विकास गर्नमा बढी जोड दिइन्छ। विद्यार्थीहरू रेडियो कार्यक्रम, छलफल, तथा छोटो पाठद्वारा सुनेर बुझ्ने क्षमतामा सुधार गर्छन्। विद्यार्थीहरूले विभिन्न व्यवसायिक शीर्षकहरूमा आफ्नो धारणा व्यक्त गर्नुपर्दछ। व्यवसायिक शब्द तथा भनाईहरू प्रयोग भएको सञ्चार ध्यानमा राखी दैनिक अभ्यास तथा गृहकार्य दिइन्छ।
  • (स्तर 7 अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ।)
  • पेशाकर्मीहरूका लागि चाहिने व्यवसायिक सञ्चार
  • यस कक्षामा, विशेष रूपमा पेशाकर्मीहरूका लागि भनी तैयार पारिएका विश्व बजार, उद्दमशीलता, एकाधिकार, कर्पोरेट बनावट, ब्रान्ड व्यवस्थापन, मूल्य तथा वस्तु, कर्पोरेट मनोरञ्जन र नयाँ व्यवसायको निर्माण जस्ता शीर्षकहरूमा छलफल गर्दछन्। विद्यार्थीहरूले संयुक्त राज्यको व्यवसायको बारेमा धेरै कुराहरू बुझ्छन् र उनीहरूको बौद्धिकतामा विकास हुनुका साथै विभिन्न व्यवसायिक शीर्षकहरूमा स्पष्ट रूपमा आफ्नो विचार व्यक्त गर्ने क्षमताको विकास हुन्छ।
  • (स्तर 7 पूरा गरेको अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको र कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्छ।) सानो कक्षाका विद्यार्थीहरू शैक्षिक निर्देशकको विशेष अनुमति प्राप्त गरेर मात्र यस कक्षामा प्रवेश गर्न पाउँछन्।
  • थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।
  • व्यवसायका लागि चाहिने पठन तथा लेखाई शिक्षा
  • यस इन्टेन्सिभ पाठ्यक्रममा, विद्यार्थीहरूको विकास, अभ्यास हुनुका साथै व्यवसायिक शब्दावली तथा भनाईहरूमा सुधार गर्दै व्यवसायिक शीर्षकहरूको बारेमा लेख्ने सीपको विकास हुन्छ। यस पाठ्यक्रममा व्यवसायिक पत्र, रिज्यूम, मेमो लेख्न, कार्यालय भित्रको सञ्चारण शैली तथा आवरण पत्र लेख्न सिकाउँछ। यसको लिखित खण्डमा व्यवसायिक लेखहरू पढ्ने गरिन्छ।
  • (स्तर 7 अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ।)
  • व्यवसायिक पेशाकर्मीहरूका लागि चाहिने पठन तथा लेखाई शिक्षा
  • यस इन्टेन्सिभ पाठ्यक्रम, केस स्टडी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक विषय-वस्तुको बारेमा समेटेर विशेष रूपमा पेशाकर्मीहरूका लागि तैयार पारिएको हो। विद्यार्थीहरू पाठ, भिडियो, र छलफलद्वारा आफ्नो बौद्धिक क्षमतामा विकास गर्नुका साथै अङ्ग्रेजी भाषा र व्यवसायिक लेखन, बजार, रणनितीक योजना, अर्थव्यवस्था, आन्तरिक व्यवसाय, र मानव संसाधनको विकास जस्ता क्षेत्रहरूमा व्यवसायिक सीपको विकास गर्दछन्। कक्षा समय भरीमा हार्वर्ड म्यानेज्मेन्ट अपडेट, बिजनेस विक, सामान्य लेख तथा केस स्टडीका साथै हालका मिडियाका साधनहरूको प्रयोग गरिन्छ।
  • (स्तर 7 पूरा गरेको अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको र कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्छ।) सानो कक्षाका विद्यार्थीहरू शैक्षिक निर्देशकको विशेष अनुमति प्राप्त गरेर मात्र यस कक्षामा प्रवेश गर्न पाउँछन्।
  • थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।

(1) नोट:

कृपया यस कुरामा ध्यान दिनुहोस् कि विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रमहरू कम्तिमा पनि पाँच जना भर्ना भएमात्र सञ्चालन गरिन्छ। (NESE ले जनवरी, जुलाई र अगस्ट सत्रमा यी पाठ्यक्रमहरूमा भर्ना लिदैन - कानुनी अङ्ग्रेजी पाठ्यक्रममा भर्ना नभइकन नै ती तीन वटै सत्रहरूमा पढ्न पाइन्छ।) विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रमका लागि अतिरिक्त शुल्क लाग्छ जुन NESE को आवेदन फारमNESE को अनलाइन आवेदन फारममा उल्लेख गरिएको छ।

ऐच्छिक पाठ्यक्रम तथा विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रमहरू

ऐच्छिक पाठ्यक्रमहरू 8 र 9 स्तर (NESE को इन्टेन्सिभ तथा सेमि-इन्टेन्सिभ कार्यक्रम) का विद्यार्थीहरू तथा सोभन्दा माथि इन्टेन्सिभ TOEFL® वा व्यवसायिक अङग्रेजीमा ध्यान केन्द्रित गर्न चाहने विद्यार्थीहरूका लागि उपलब्ध छन्। विद्यार्थीहरू आफ्नो आवश्यकता अनुसारको कार्यक्रम सिर्जना गर्नका लागि ऐच्छिक पाठ्यक्रमहरूलाई शैक्षिक पाठ्यक्रमहरूसँग संयोजन गर्न सक्छन्। यी पाठ्यक्रमहरूका लागि अतिरिक्त शुल्क लाग्ने छैन।

विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रम NESE ले विद्यार्थीहरूको रोजाइ अनुसार उनीहरूका लागि अतिरिक्त शुल्कमा प्रदान गर्ने नन-इन्टेन्सिभ पाठ्यक्रमहरू हुन्। कानुनी अङ्ग्रेजी बाहेकका हरेक कक्षा हप्तामा दुई पटक 90 मिनेटको हुनेछ। कानुनी अङ्ग्रेजी कक्षा हरेक हप्ताको चार दिन 90 मिनेटको हुनेछ।

विद्यालय समय सकिएपछि पढाइने पाठ्यक्रमहरूको बारेमा थप जानकारीका लागि कृपया यहाँ क्लिक गर्नुहोस् (1)

विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रमहरू

उच्चारण शैली

यो पाठ्यक्रम विद्यार्थीहरूलाई अतिरिक्त अभ्यास तथा औपचारिक तथा अनौपचारिक अवस्थाहरूमा कुरा गर्ने आत्म-विश्वास प्रदान गर्नका लागि बनाइएको हो। यस कक्षामा विद्यार्थीहरूको आत्म-विश्वास बढाउन विद्यार्थीहरूलाई शब्दको सही उच्चारण गर्न, भ्वाइस्ड तथा अन्भ्वाइस्ड व्यञ्जन, ब्लेण्ड, र क्रियाको बारेमा सिकाइन्छ। यस पाठ्यक्रम मार्फत विद्यार्थीहरूले चाँडै उच्चारण-शैली सिक्नेछन्। यो कक्षा यस समूका विद्यार्थीहरूका आवश्यकता पूरा गर्नका लागि बनाइएको हो।

(यसका लागि कुनै न्यूनतम स्तर अनिवार्य छैन)

कानुनी अङ्ग्रेजी

यस पाठ्यक्रममा, विद्यार्थीहरूलाई अमेरिकी न्याय तथा वैधानिक प्रणालीहरूको बारेमा सिकाइन्छ। विद्यार्थीहरूले कानुनी शब्दहरूको बारेमा, केस स्टडीको अवलोकन गर्न, र कानुनी कागजातहरू कसरी तैयार पार्ने आदि कुराहरू सिक्छन्। यसका साथै, विद्यार्थीहरूले प्रत्यक्ष रूपमा अदालतमा गएर अथवा भिडियो हेरेर वास्तविक न्यायीक प्रक्रियाहरूको बारेमा थाहा पाउन सक्छन्।

( स्तर 7 पूरा भएको अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट भएको हुनुपर्छ।)

थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।

विश्वविद्यालयको लागि तैयारी पाठ्यक्रम

यस पाठ्यक्रममा संयुक्त राज्यको मापदण्ड पूरा गर्नका लागि विद्यार्थीहरूलाई अन्वेषण सम्बन्धी तथा टेक्निकल पेपर, थेसिस तथा विवरण कसरी तैयार पार्ने भनी सिकाउँछ। यस पाठ्यक्रमबाट विद्यार्थीहरूले अन्वेषण उदेश्यका लागि विश्वविद्यालयको पुस्तकालयको उचित प्रयोग कसरी गर्ने भनी सिकाउँछ र यी सीपहरूले तिनीहरूलाई कक्षामा फुटनोट तथा बिब्लियोग्राफी सहितको अन्वेषण पेपर तयार पार्न मद्दत गर्नेछ।

( स्तर 7 पूरा भएको अथवा स्तर 8 मा प्रारम्भिक प्लेसमेन्ट भएको हुनुपर्छ।)

कार्यस्थानमा आवश्यक सञ्चार सम्बन्धी सीप

विद्यार्थीहरूको वर्तमान, तथा भविष्यको पेशालाई ध्यान दिए बिना, उनीहरूलाई संयुक्त राज्यमा व्यवसाय गर्न तथा यहाँका संस्थाहरूमा काम गर्नका लागि आवश्यक व्यवहारिक सीप तथा तरिकाहरू (र अङ्ग्रेजी) सिकाइन्छ। अर्को शब्दमा भन्नुपर्दा, कार्यस्थलमा आवश्यक सञ्चार सम्बन्धी सीप पाठ्यक्रम संयुक्त राज्यको कार्यस्थलमा काम गर्दा आवश्यक हुने शिष्टाचार सम्बन्धी पुस्तिका हो।  विद्यार्थी वकिल, वैज्ञानिक, व्यवसायी, कलाकलार, वा दर्शनशास्त्री (वा अझै विश्वविद्यालयमा पढ्ने) जुनसुकै पेशासँग सम्बन्धित भएतापनि, यस पाठ्यक्रमले संयुक्त राज्य भित्रका अथवा कुनैपनि संस्थामा काम गर्न आवश्यक सीपहरू सिकाउँछ। यस पाठ्यक्रम भित्र निम्न कुराहरूको मूल्याङ्कन गरिन्छ:

  • व्यवसायिक शिष्टाचार
  • “राजनीतिक शुद्धता” को महत्व
  • व्यवस्थापकीय रणनीति
  • गोपनीयता तथा बौद्धिक सम्पत्ति सम्बन्धी विषय-वस्तु
  • इलेक्ट्रोनिक तथा लिखित सञ्चार
  • मौखिक प्रस्तुति
  • कार्यस्थलमा कसरी सफल हुने भन्ने बारे

( स्तर 6 पूरा भएको अथवा स्तर 7 को प्रारम्भिक प्लेसमेन्ट भएको हुनुपर्छ।)

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।