NESE मा जीव

LIfe at NESE

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

अङ्ग्रेजी भाषाका साथसाथै अन्य कुराहरू सिक्न तयार हुनुहोस्

अमेरिकी संस्कृतिको अनुभव प्राप्त गर्नुहोस्

NESE Extra-curricular Activities

अमेरिकीहरूसँगको भेटघाट

हामीले धेरै जसो सुन्ने गरेको विभीन्न प्रश्नहरू मध्ये एउटा “म अमेरिकीहरूलाई कसरी भेट्न सक्छु?” पनि हो NESE ले यो कुरा बुझेको छ कि तपाईंले अङ्ग्रेजी पढ्न संयुक्त राज्य छनौट गर्नुको कारण तपाईंका लागि अमेरिकीहरूलाई भेट्न तथा उनीहरूको जीवन शैलीको अनुभव गर्नु अङ्ग्रेजी भाषा सिक्नु जत्तिकै महत्वपूर्ण छ। NESE ले हाम्रा अथितिहरूसँगको “सडक” कुराकानी तथा समुदायिक स्वयंसेवक कार्यक्रम मार्फत, अमेरिकीहरूसँग तपाईंको सम्पर्क गराउन तथा तपाईंलाई पूर्ण रूपमा उनीहरूको संस्कृतिमा घुलमिल हुने गरी पाठ्यक्रम तयार पारेको हुन्छ।

NESE - Student Clubs
विद्यार्थीका क्लबहरू

क्लबमा गरिने क्रियाकलापहरू हप्तामा एकपटक शिक्षकको संलग्नता गरिन्छ। हरेक महिनामा फरक-फरक क्लबमा लगिन्छ। यहाँ क्लबमा सहभागी भएवाफत कुनै पनि शुल्क लाग्दैन, सङ्ग्रालय र अन्य कार्यक्रमहरू शुल्क विद्यार्थीहरूले आफैले तिर्नुपर्नेछ। जस्तै:

  • आर्ट हिस्टोरी क्लब
  • बास्केटबल क्लब
  • क्याफे एण्ड कन्भर्सेसन क्लब
  • सिनेमा क्लब
  • क्रिएटिभ राइटिङ क्लब
  • डिनर क्लब
  • फ्राइडे नाइट क्लब
  • हिस्टोरी क्लब
  • मेडिटेसन क्लब
  • मुभी क्लब
  • म्युजियम क्लब
  • ओपन टक क्लब
  • पिङ्ग पोङ्ग क्लब
  • प्रोफेसनल क्लब
  • सपिङ्ग क्लब
  • सकर क्लब
NESE - Guest Speaker Program
NESE - Language Partner Program
गेस्ट स्पिकर कार्यक्रम

NESE का विद्यार्थीहरूलाई अमेरिकीहरू र उनीहरूको संस्कृतिमा बढी घुलमिल गराउन, NESE ले विभिन्न शीर्षकहरूमा कुरा गरेर विद्यालयमा गेस्ट स्पिकरहरूलाई आमन्त्रण गर्दछ।  NESE को प्रचलित लेक्चरहरू मध्ये हार्वर्डका विद्यार्थी समूहद्वारा संयुक्त राज्यको संस्कृति तथा हालका कार्यक्रमहरूको बारेमा कन्भर्सेसन फोरम प्रस्तुत गर्नु पनि हो। यस कुराकानीको दौरान, सबै जना आ-आफ्ना विचार साझा गर्ने, साथीहरू बनाउने, र अङ्ग्रेजी बोल्ने गर्दछन्। अन्य प्रचलित लेक्चरहरू व्यवसाय, विज्ञान, सरकारी तथा कला सम्बन्धी पेशाकर्मी आदि पर्दछन्।

लेङ्ग्विज पार्टनर कार्यक्रम

यस कार्यक्रमले NESE का विद्यार्थीहरूलाई उनीहरूको मूल भाषा सिक्न रूचि भएका अमेरिकीहरूसँग भेट गराउँछ। विद्यार्थीहरू अमेरिकीहरूलाई आफ्नो मूल भाषा सिकाउँछन् र यसको सट्टा अमेरिकीहरूले पनि उनीहरूलाई अङ्ग्रेजी भाषा सिकाउँछन्। लेङ्ग्विज पार्टनर कार्यक्रम विद्यार्थीहरूका लागि उनीहरूको कुराकानी गर्ने शैलीको अभ्यास गर्न तथा अमेरिकीहरूलाई भेट्ने एउटा मुख्य माध्यम बनेको छ। पार्टनर खोज्नका लागि सामान्यता 1 देखि 2 हप्ता लाग्न सक्छ।   तर विद्यार्थीको मूल भाषाको आधारमा यसका लागि अझ बढी समय पनि लाग्न सक्छ।

NESE मा उपलब्ध फिटनेस सम्बन्धी क्रियाकलापहरू

NESE Students can use MIT’s Fitness Center
NESE Fitness Activities
NESE का विद्यार्थीहरूले MIT को फिट्नेस सेन्टरमा जान सक्छन्।

अमेरिकी विद्यार्थी तथा पेशाकर्मीहरूलाई भेट्न तथा उनीहरूसँग मिलेर अभ्यास गर्नुहोस्।

NESE का विद्यार्थीको ID कार्डले, विद्यार्थीहरू थोरै शुल्कमा MIT को जेसिगर खेल तथा फिट्नेस केन्द्रमा सहभागी हुन सक्छन्। MIT संयुक्त राज्यका ख्याति प्राप्त विश्वविद्यालय मध्ये एक हो, र NESE ले MIT सँग गरेको व्यवस्थापनले विद्यार्थीहरूलाई फिट रहन मात्र नभइ , उनीहरूलाई हालका अमेरिकी विद्यार्थीहरूसँग भेट्ने अवसर प्रदान गरी अङ्ग्रेजी अभ्यास गर्न मद्दत गर्दछ। NESE बाट एउटा रेल स्टेसन पर (र ग्रीन हल नजिकै) रहेको जेसिगर स्पोर्ट एण्ड फिट्नेस सेन्टर उच्च गुणस्तरीय सुविधा प्रदायक संस्था हो।

जेसिगरमा निम्न सुविधाहरू उपलब्ध छन्:

25 वटा लेन भएको 50 मिटरको पूल, ट्रेडमिल, एलिप्टिकल ट्रेनर, साइकल, स्टेयर क्लाइम्बर, रवर, र फिट्नेस सम्बन्धी सामग्री, बास्केटबल खेल्ने कोर्ट, भलिबल, सकर, इन-लाइन स्क्याटिङ, स्क्वस, र फ्लोर हकी, पानीमा खेलिने खेलहरूका लागि सामुहिक अभ्यास कक्षा, स्टेप एरोबिक्स, साइकिलिङ, योगा, र हृदय सम्बन्धी व्यायाम,CPR र प्राथमिक उपचार सम्बन्धी कक्षाहरू, र व्यक्तिगत प्रशिक्षकहरू।

हार्वर्ड क्षेत्रमा रहेको वेलब्रिज एथ्लेटिक क्लबमा विशेष सदस्यता

NESE का सम्पूर्ण विद्यार्थीलगायत यहाँका सम्पूर्ण पेशाकर्मीहरू MIT फिट्नेस सेन्टरमा सामेल हुन सक्छन्, NESE का पेशाकर्मी विद्यार्थीहरू वेलब्रिज एथ्लेटिक क्लबमा सहभागी हुनुका अन्य विकल्पहरू पनि छन्।

वेलब्रिज हार्वर्ड जोन एफ. केन्नेडी स्कूल अफ गभरमेन्ट नजिक NESE बाट हिँडेर 3 मिनेटको दूरीमा छ। वेलब्रिजमा भर्ना हुनका लागि शुल्क लाग्ने भए तापनि NESE का पेशाकर्मीहरूका लागि विशेष छुटको व्यवस्था हुन्छ भनी जानिराख्नुहोस्।

वेलब्रिजमा निम्न सुविधाहरू उपलब्ध छन्:

स्वीमिङ पूल, शारीरिक सुगठनको तालिम गर्ने उपकरण, नि: शुल्क तौलको मापन, हृदय प्रशिक्षण उपकरण, TV, व्यायाम कक्षाको स्टुडियो, साइकलिङ स्टुडियो, पूर्ण-सेवा सहित कलर भएको कोठा, स्थायी लकरहरू, हट टब, तातो कोठा, तौलियाको व्यवस्था, पौष्टिक खानेकुरा सम्बन्धी परामर्श, वजन व्यवस्थापन कार्यक्रम, मसाज थेरापी, व्यक्तिगत प्रशिक्षण, फिजिकल थेरापी र कम्प्युटरको माध्यमद्वारा फिट्नेस कार्यक्रम।

NESE - Activities for Professionals
पेशाकर्मीहरूका लागि अतिरिक्त क्रियाकलापहरू

कक्षा सकिएपछि, NESE ले पेशाकर्मीहरूका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू तथा उनीहरूको रूचि अनुसारको ठाउँ घुम्न लैजाने गर्दछ।

NESE का विभिन्न क्रियाकलापहरू अन्तर्गत “पेशाकर्मीका लागि मात्र” बनाइएको क्लब पनि पर्दछ। यो क्लब पेशाकर्मीहरूलाई एउटै विचार भएका कक्षाका साथीहरूसँग भेट्न, बैठकहरूमा उपस्थित हुन र स्थानीय व्यवसायिक स्थानहरूको भ्रमण गर्ने अवसर प्रदान गर्नका लागि बनाइएको हो। यस क्लब मार्फत, पेशाकर्मीहरू हार्वर्डको लेक्चरमा सहभागी हुनुका साथै बुस्टनका विभिन्न सामाजिक कार्यक्रमहरूमा सहभागी हुने गर्छन्।

NESE का ट्रिपहरू

NESE Trips

NESE का विद्यार्थीहरू हामीले ह्वेल देखाउन लैजादा सधैँ ह्वेलको आकार तथा सुन्दरता र प्लेमाउथ वाटिका (संयुक्त राज्यको सुरूवातको एउटा गाउँ) को सुन्दरता देखेर सधैँ अचम्म पर्ने गर्छन्। उनीहरू यस सहरको प्रसिद्ध बुस्टन रेड सक्स तथा बुस्टन सेल्टिक्स खान तथा New England को स्कि रिसोर्टहरूमा स्नोबोर्डिङ खेल्न निकै उत्साहित हुन्छन्।

बुस्टन क्षेत्रमा ट्रिप

NESE ले भ्रमणका लागि विद्यार्थीहरूलाई प्राय बुस्टनको म्युजियम, विश्वविद्यालय लेक्चर, थिएटर, र खेलकुद कार्यक्रमहरू लगायत प्रसिद्ध ऐतिहासिक ठाउँ र स्थानीय व्यवसायिक क्षेत्रहरूमा लैजाने गर्छ।

हप्तामा एक दिन ट्रिप

NESE ले समय-समयमा हप्तामा एक पटक ट्रिपको व्यवस्था गर्छ। विद्यार्थीहरूले वासिङ्टन डी.सी र वसन्त ऋतुमा न्यू योर्क सहर, मोन्ट्रेलको सुन्दरताको भ्रमण, वसन्त ऋतुमा क्यानडा, र ग्रिष्म ऋतुमा अकेडिया नेश्नल पार्कमा रहेको पोलिक्रोमेटिक फोलिएज हेर्ने, र यी बाहेकका अन्य थुप्रै स्थानहरू जाने योजना बनाएका छन्। यी सबै ट्रिपहरूबाट, विद्यार्थीहरूले संयुक्त राज्य, यहाँका मानिसहरू, र New England को क्षेत्रीय संस्कृतिको बारेमा धेरै कुराहरू सिक्नेछन्।

NESE Weekend Trips

NESE का अतिरिक्त क्रियाकलापहरू

NESE मा, हामी तपाईंलाई नयाँ ठाउँहरूको बारेमा थाहा पाउन, नयाँ मानिसहरूसँग कुरा गर्न, र नयाँ कुराहरू गर्ने प्रयास गर्ने प्रोत्साहन प्रदान गर्दछौं। NESE का अतिरिक्त क्रियाकलापहरूमा हप्तामा एकपटक मुभी पार्टी, क्लब (जस्तै, NESE को प्रचलित “ओपन टक क्लब”(1)) NESE लेङ्ग्विज पार्टनर कार्यक्रम, र बुस्टन सङ्ग्रालय, थिएटर, र

विश्वविद्यालयहरू तथा खेलकुद कार्यक्रमका साथै, प्रख्यात ऐतिहासिक स्थान, विश्वविद्यालय, तथा स्थानीय संस्थाहरूको भ्रमण आदि पर्दछन्।  NESE ले हप्तामा एक पटक न्यू योर्क, नाइजेरिया फल्स तथा अन्य प्रचलित ठाउँहरूमा घुम्न लैजान्छ।

(1) नोट:

Samuel Odamah, NESE का अद्भुत तथा प्रीय व्यक्ति जुन ओपन टक क्लबका लिडर हुन्, उहाँलाई हालै “हार्वर्ड हिरो” को उपाधिद्वारा सम्मानित गरिएको थियो। हार्वर्डमा यस उच्च स्तरीय पुरस्कारद्वारा जम्मा 05 % योग्य कर्मचारीहरूलाई मात्र सम्मानित गरिएको छ। Samuel लाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि गरेको उत्कृष्ट कामका लागि सम्मानित गरिएको हो। हामी तपाईं सबैलाई एकचोटि यस क्लबमा आउन भन्छौं, र तपाईंले त्यसपछि हार्वर्डले किन उहाँलाई छनौट गरेको भनी बुझ्नुहुनेछ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।