NESE Programs

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

NESE मा
पेशाकर्मीहरूका लागि

मेनु

NESE मा, तपाईं यस कार्यक्रममा शिक्षकसँग एक्लै बसेर शिक्षा लिइ

दुई शैक्षिक वातावरणबाट अधिकतम लाभ प्राप्त गर्न सक्नुहुन्छ

Nese - Private Instruction
निजी शिक्षाका लागि कति शुल्क लाग्छ?

निजी शिक्षाका लागि प्रति घण्टा $90.00 शुल्क लाग्छ।

 

यदि मैले बीचमै कक्षा रद्द गरे भने के हुन्छ?

यदि तपाईंले तपाईंले सुरू गरेको सात दिन वा योभन्दा कम दिनमा रद्द गर्नुहुन्छ भने, तपाईंलाई निजी शिक्षाका लागि दुई घण्टाको शुल्क ($170.00) बराबरको रकम तिर्नुपर्नेछ। तपाईंले निजी शिक्षा सुरू गरेपछि, यदि तपाईं निजी कक्षा रद्द गर्न अथवा समय परिवर्तन गर्न चाहनुहुन्छ भने NESE लाई 24 घण्टा पहिले सूचना दिनुपर्छ। यदि तपाईंले 24 घण्टाभन्दा कम समयमै रद्द गर्नुभयो भने, तपाईंले छुटेका कक्षाहरूको शुल्क तिर्नुपर्नेछ।

 

मलाईं कस्तो शिक्षकले पढाउनुहुनेछ?

तपाईंको शिक्षक विशेष रूपमा तपाईंको निश्चित उदेश्यहरू पूरा गर्नका लागि छनौट गरिएको अनुभव प्राप्त शिक्षकले पढाउनुहुनेछ। NESE का केही शिक्षकहरूले समूहमा पढाउनेछन् भने केहीले निजी कक्षामा पढाउनेछन्।

के म सामुहिक कक्षामा बसेर पनि पढ्न सक्छु?

NESE ले विद्यार्थीहरूलाई सामुहिक तथा निजी कक्षा दुबैमा सहभागी हुन सिफारिस गर्दछ। यसो गर्नाले, तपाईंले दुबै शैक्षिक वातावरणबाट अधिक लाभ लिन सक्नुहुन्छ तथा दुई भिन्ना-भिन्नै कार्यक्षेत्रमा अङ्ग्रेजीको प्रयोग गर्ने अवसर प्राप्त गर्नुहुन्छ।

 

मेरो निजी कक्षा दिनमा कति घण्टाको हुन्छ?

NESE ले विद्यार्थीको निजी कक्षा एक दिनमा 6 घण्टाभन्दा बढी समयका लागि हुनुहुँदैन भनी सुझाव दिन्छ। दिनमा 6 घण्टाभन्दा बढी समय पढ्नाले विद्यार्थी पूर्ण रूपमा थाकेर ढिलो सिक्ने हुन सक्छ।

 

अझै मैले जान्नैपर्ने केही कुरा छ?

NESE ले तपाईंलाई सधैँ उत्कृष्ट शिक्षक उपलब्ध गराउनेछ। कृपया हामीलाई आफ्नो बारेमा अझ बढी जानकारी दिनुहोस् र तपाईंले ट्युटरिङ आवेदन फारम भरेपछि तपाईंको उदेश्यहरू पूरा हुने सम्भावना बढ्नेछ। तपाईं NESE मा आउँदा, तपाईंले NESE प्लेसमेन्ट परीक्षा दिनुपर्नेछ यसले गर्दा तपाईंको निजी शिक्षकलाई तपाईं ठ्याक्कै कुन स्तरमा हुनुहुन्छ भनी थाहा पाउन सजिलो हुन्छ र उहाँले यसै अनुसार उहाँले निजी कक्षाहरूको योजना बनाउन सक्नुहुन्छ।

यदि तपाईं निजी कक्षाहरू लिन चाहनुहुन्छ भने, कृपया यहाँबाट ट्युटरिङ आवेदन फारम डाउनलोड गर्नुहोस् र [email protected]
मा पठाउनुहोस्।

निजी शिक्षा भनेको के हो?

निजी शिक्षा भनेको शिक्षकसँग एक्लै बसेर शिक्षा प्राप्त गर्नु हो जसले तपाईंलाई आफ्नो विशेष उदेश्यमा ध्यान दिने अवसर प्रदान गर्दछ, जस्तै उदाहरणका लागि व्यवसायिक शब्द सम्बन्धी जानकारी, इन्टेन्सिभ TOEFL शिक्षा वा तपाईंलाई अङ्ग्रेजीमा पहिलोपटक पाठ पढ्ने अवसर प्रदान गर्दछ। निजी शिक्षा भित्र, तपाईंले इन्टेन्सिभ प्रशिक्षण प्राप्त

गर्नुका साथै तपाईंलाई सुधार गर्न भनी फिडब्याक प्राप्त गर्नुभएको क्षेत्रमा अभ्यास गर्न सक्नुहुन्छ। यसरी पढाई गर्दा तपाईं एउटा मात्र विद्यार्थी हुने भएकाले शिक्षकको पूरा ध्यान तपाईं माथि हुने भएकाले उहाँलाई तपाईंको बारेमा सबै कुरा थाहा हुन्छ, जसले गर्दा उहाँले सकेसम्म छिटो तपाईंलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्छ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।