मेनु
NESE को बारेमा
NESE मा पेशाकर्मीहरूका लागि
NESE मा जीवन
NESE नै किन
संसाधनहरू
हामीलाई सम्पर्क गर्ने
समाचार
प्रतिनिधिहरू
NESE मा भर्ना:
भाषा
NESE मा शैक्षणिक अनुसन्धानबाट पहिचान गरिएका आधारभूत तत्वहरू सम्मिलित गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य प्राथमिकता हो। NESE को शैक्षिक कार्यक्रमको सबै आयामहरू विद्यार्थीलाई पढाइमा सहायता गर्ने अनुकूल वातावरण सिर्जना हुने तरिकाले नियोजित गरिएका छन्। जस्तै, कक्षाकोठामा डेस्कहरूलाई समेत विद्यार्थीले उपलब्धि हासिल गर्ने अधिकतम अवसर पाउने वातावरण सिर्जना हुने तरिकाले मिलाएर राखिएका छन्।
यसको उत्कृष्टताको कारणले, NESE लाई विभिन्न सङ्गठनहरूले मान्यता प्रदान गरेका छन्। तर, हाम्रो लागि, हाम्रा विद्यार्थीहरूले हरेक वर्ष विद्यालयमा पठाउने सयौं प्रसंशापत्रहरूभन्दा बढी सम्मानको कुरा अरू केही छैन। तिनीहरू मध्ये केही पढ्न यहाँ क्लिक गर्नुहोस्।
हाम्रो कक्षामा औसतमा 12 जना विद्यार्थीहरू हुन्छन्। कक्षामा विद्यार्थीको सङ्ख्या थोरै हुनुले छलफलहरू जीवन्त हुनुका साथै विद्यार्थीहरूको सहभागिता वृद्धि हुन्छ र विद्यार्थी र शिक्षकको बीचमा गहन अन्तरक्रियाको वातावरण सिर्जना हुन्छ। शैक्षणिक अनुसन्धान अनुसार कक्षामा थोरै विद्यार्थी हुँदा सो कक्षाको विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पर्ने देखिएको छ। NESE मा हामी कक्षाकोठामा विद्यार्थीले आफ्नो क्षमताको पूर्ण उपयोग गरी सफलता हासिल गर्न सहायता गर्ने प्रभावकारी वातावरण सिर्जना गर्ने प्रयास गरिरहँदा, कक्षामा विद्यार्थीको सङ्ख्या सीमित गर्ने कुरामा पनि ध्यान दिन्छौं।
NESE सँग काम गर्ने व्यक्तिको योगदानले गर्दा नै यो विद्यालय अङ्ग्रेजी सिक्ने उत्कृष्ट विद्यालय बनेको हो। NESE मा शिक्षकहरू देखि लिएर कर्मचारीहरूसम्म सबैजना विद्यालयमा विद्यार्थीलाई चुनौतीपूर्ण, रमाइलो तथा आवश्यक सहायता उपलब्ध भएको अतुलनीय वातावरण सिर्जना गर्न प्रतिबद्ध छन्।
NESE को पृथक अवधारणा NESE को संस्थापक (तथा हालका अध्यक्ष) ले हार्वर्ड युनिभर्सिटीको ग्रेजुएट स्कुल अफ एजुकेसनमा आफ्नो ग्रेजुएट डिग्री पूरा गर्दा गर्नुभएको विश्लेषणात्मक शैक्षणिक अनुसन्धानमा आधारित छ। विद्यालय र कक्षाकोठाको प्रभावकारी वातावरणको विषयमा गर्नुभएको शोध अध्ययनको आधारमा उहाँले NESE स्थापना गर्नुभयो।
यो विद्यालय कक्षाकोठामा उत्कृष्टता हाँसिल गर्ने प्रतिबद्धता, सबै मानिसहरूको सम्मान, प्रत्येक विद्यार्थी सफल बन्न सक्छ भन्ने विश्वास र प्रत्येक विद्यार्थीका निश्चित आवश्यकता र लक्ष्यहरूले उसको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यतामा चलेको छ।
यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।
प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।