संसाधनहरू

मेनु

NESE मा अङ्ग्रेजी भाषा अध्ययन सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूको उत्तर थाहा पाउनुहोस। थप जानकारीका लागि, अथवा यदि तपाईंलाई मद्दत चाहिन्छ भने, कृपया हामीलाई [email protected]. मा सम्पर्क गर्नुहोस्।

  • सामान्य जानकारी
    • NESE मा भर्ना हुनका लागि मेरो उमेर कति हुनुपर्छ?
    • 16.
    • के ट्युसन शुल्कसँगै किताबहरू पनि पाइन्छ?
    • होइन, हरेक सत्रमा किताबको छुट्टै $140 शुल्क लाग्छ।
    • NESE मा बिदा कहिले हुन्छ?
    • NESE मा हरेक वर्ष सात दिन सार्वजनिक बिदा हुन्छ। हरेक वर्षको अप्रिल र अगस्ट सत्रको एक-एक हप्ता र दिसम्बर सत्र पछिको दुई हप्ता गरेर चार हप्ता विद्यार्थी बिदा दिइन्छ। NESE का प्रशासनिक कर्मचारीहरू, NESE को बिदाको दौरान पनि काम गर्न आउनेहुँनेछ। त्यसैले विद्यार्थीहरू NESE बिदाको दौरान, कम्प्युटर चलाउन अथवा चलचित्रहरू हेर्नका लागि दैनिक विद्यालय आउन सक्छन्। बिदाको दौरान, NESE छात्रावासमा बस्न चाहने विद्यार्थीहरूले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। NESE को बिदा सम्बन्धी जानकारीका लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
    • के NESE मा जिमको सुविधा छ?
    • NESE हार्वर्ड स्क्वायरको बीचमा अवस्थित छ र यहाँ ठाउँ सीमित भएको कारण यसको आफ्नै जिम छैन। NESE को MIT सँग राम्रो सम्बन्ध भएकाले, विद्यार्थीहरू त्यहाँको जिममा जान सक्छन्, वा त्यस क्षेत्रमा भएका अन्य जिमहरूमा पनि सामेल हुन सक्छन्।
    • सामान्यतया बुस्टनमा कस्तो खाले मौसम हुन्छ?
    • वसन्त ऋतुको समयमा यहाँको औसत तापक्रम 10°C, गर्मी मौसममा 22°C, ग्रिष्म ऋतुमा 13°C, र जाडो मौसमा -1°C सम्म हुन्छ। गर्मी मौसममा अधिकतम 37° र जाडो मौसममा -18°C सम्मको तापक्रम हुन्छ।

     

  • होमस्टे
    • विद्यार्थीको होमस्टे अनुभव कसरी राम्रो बनाउन सकिन्छ?
    • विद्यार्थीहरूको अनुभव उनीहरूले विदेशमा बस्दा गरेको अपेक्षा अनुसार फरक-फरक हुन्छ। अमेरिका घुम्न जानेहरूले आफ्नो देश र यहाँको संस्कृतिमा सजिलै फरक छुट्याउन सक्छन्। अमेरिकी परिवारसँग बस्दा यी भिन्नताहरूको बारेमा अझ राम्ररी थाहा पाउन सकिन्छ। जस्तै उदाहरणका लागि, खाना, खाना खाने समय तथा खाना खाँदा अथवा पकाउँदा अपनाइने “सर-सफाई” पनि फरक हुनेछ। तर यहाँको परिवारसँग पनि तपाईंको घरको जस्तै राम्रो सम्बन्ध बन्नेछ। समग्रमा भन्नुपर्दा, विद्यार्थीले होमस्टेमा खुशी रहनका लागि, विद्यार्थीले यो कुरा बुझेको हुनुपर्छ कि सुरूका दिनहरूमा फरक संस्कृतिका कारण यस सम्बन्धी समस्याहरू आउन सक्छन्।
    • विशेष नोटः विद्यार्थीहरूले अमेरिकी खाना खान सक्ने हुनुपर्छ -यहाँको खानेकुरा विद्यार्थीले खाने गरेकोभन्दा निकै फरक हुन सक्छ।
    • होमस्टेमा एउटै समयमा कति जना विद्यार्थीहरू हुनेछन्?
    • केही परिवारले एक समयमा एक जना विद्यार्थी मात्र राख्ने गर्छन भने कुनै-कुनै परिवारहरूले एकभन्दा धेरै राख्न सक्छन्। यदि कुनै परिवारले एकभन्दा धेरै विद्यार्थी राख्न चाहन्छ भने, NESE ले सकेसम्म एउटै होमस्टेमा फरक-फरक भाषा अथवा फरक संस्कृतिका विद्यार्थीहरू राख्ने प्रयास गर्दछ।
    • खाना सम्बन्धी के-कस्तो सुविधा हुनेछ?
    • संयुक्त राज्यमा हेरक बिहान नास्ता दिइन्छ तर यहाँ पकाउनु नपर्ने अथवा चाँडो पाक्ने हल्का खाले नास्ता पाइन्छ। विद्यार्थीहरूलाई पकाएको नास्ता दिइने छैन, र यदि यसो गरिन्छ भने, खाना पकाउनमा विद्यार्थी स्वयंले मद्दत गर्नु पर्दछ। विद्यार्थीलाई यस बारेमा थाहा हुनुपर्छ कि होमस्टे बेलुका बाहिर गएको बेलामा उनीहरूको लागि खाना फ्रिजमा राखेर जानेछन्। विद्यार्थीहरूले परिवारसँगै मिलेर खाना खाएको दिन, चाँडै खानुपर्नेछ, जस्तै लगभग बेलुका 6 बजेसम्म।
    • अमेरिकी होमस्टेमा कस्तो प्रकारको खाना पाइन्छ?
    • अमेरिकीहरू धेरै जस्तो देशहरूमा गरेझैं खाना डाइनिङमा राखेर खान आवश्यक ठान्दैनन्। खाना जतिसक्दो छिटो पकाउने, चाँडो खाने प्रयास गरिन्छ र यहाँको खाना तपाईंले खान बानी परेको खानाभन्दा फरक हुनसक्छ। यहाँको खाना तथा परम्परा तपाईंकोभन्दा फरक भएतापनि, खाना खाने समय तपाईं बस्ने अमेरिकी परिवारसँगै बसेर अथवा कुराकानी गर्नाले छिट्टै अमेरिकीहरूको जीवन शैलीको बारेमा थाहा पाउँनुहुनेछ।  नास्तामा कहिलेकाहीँ चिसो खाना तथा ब्रेड पनि खानुपर्ने हुन सक्छ, र शायद कहिलेकाहीँ तपाईंले एक्लै बसेर पनि खानुपर्नेछ। अमेरिकीहरू प्राय जसो छिटै (लगभग बेलुका 6 वा 6:30 मा) खाना खाने गर्छन् भनी जानेको हुनुपर्छ।
    • के धुम्रपान गर्न पाइन्छ?
    • संयुक्त राज्य, हरेक वर्ष धुम्रपान निषेधित बन्दै गएको छ। यसकारण, NESE मा केही होमस्टेले मात्र विद्यार्थीलाई घरमा धुम्रपान गर्न अनुमति दिन्छन्। केही होमस्टेहरूले धुम्रपान सेवन गर्ने विद्यार्थीलाई घरमा बस्ने अनुमति दिए पनि विद्यार्थीहरूले घर बाहिर गएर मात्र खानुपर्ने हुनसक्छ। विद्यार्थीले धुम्रपान गर्ने बानी छ भनी भनेमा खाली ठाउँ सहितको होमस्टेको व्यवस्था गरिन्छ भने झूटो बोलेमा विद्यार्थीलाई घरबाट निकाल्न सकिन्छ तथा $250 जरिवाना तिर्नुपर्नेछ।
    • होमस्टे NESE बाट कति टाढा छ?
    • विद्यालय र होमस्टेसम्मको दुरि जतिसक्दो कम हुनुपर्छ भनी NESE ले बुझेको छ त्यसैले NESE ले सकेसम्म विद्यार्थीहरूका लागि विद्यालयको नजिकै राम्रो खाले होमस्टे खोज्ने प्रयास गर्दछ। हार्वर्ड विश्वविद्यालयहरू भएको क्षेत्र हुनाले, तत्काल यहाँ नजिक सजिलै उपयुक्त होमस्टे पाउन अलि गाह्रो हुन्छ। विद्यार्थीहरूले सार्वजनिक यातायातबाट NESE पुग्न लगभग 30 मिनेट जति लाग्न सक्छ भनी बुझेको हुनुपर्छ।  यहाँ प्राय बस तथा भूमिगत भूमिगत रेल चल्ने गर्दछन्। धेरै जसो NESE होमस्टेहरू बुस्टन र क्याम्ब्रिजको न्युटन, सोमरभिले, बेल्मोन्ट, अर्लिङटोन तथा ब्रोकलाइन जस्ता स्थानहरूमा अवस्थित छन्।
    • विद्यार्थीले होमस्टे शुल्क कसलाई दिनुपर्छ?
    • विद्यार्थीहरूले होमस्टे सम्बन्धी सबै शुल्कहरू NESE लाई दिनुपर्छ, र NESE ले आयोजक परिवारलाई तिर्नेछ। NESE ले आयोजक परिवारलाई विद्यार्थीहरूसँग व्यक्तिगत रूपमा कुनै पनि प्रकारको शुल्क सम्झौता नगर्न अनुरोध गर्दछ।
    • विद्यार्थीले कुनै विशेष अनुरोध गर्न सक्छ?
    • NESE ले सकेसम्म विद्यार्थीको हरेक अनुरोध पूरा गर्ने प्रयास गर्छ तर पनि कहिलेकाहीँ विद्यार्थीका सबै माग पूरा गर्न नसकिने पनि हुन सक्छ। जस्तै उदाहरणका लागि हरेक दिन एक घण्टा पियानो सिक्न दिने परिवार, कोषेर खाना, निजी TV प्रदान गर्ने परिवार, NESE नजिकै बस्ने परिवार, अथवा स-साना बालक भएको परिवार जस्ता अनुरोधहरू पूरा गर्न गाह्रो पर्न सक्छ।
    • घर कतिको नयाँ (आधुनिक) हुनेछ?
    • बुस्टनका धेरै जसो घरहरू कम्तिमा पनि 100 वर्ष पुराना छन् र धेरै जसो काठले बनेका छन्। यद्दपि यहाँका घरहरू आधुनिक डिजाइनका नभएतापनि, यहाँका सबै घरहरूमा आधुनिक स्वास्थ्य सुविधाहरू उपलब्ध छन्। अझ भन्नुपर्दा, बुस्टनमा बस्ने धेरै जसो मानिसहरूको पुरानो घरहरू राम्रो हुन्छन् भन्ने मान्यता छ। यसका साथै, धेरै जसो परिवारहरूले आफ्नो घर सजाउँदा पेशेवर इन्टेरियर डेकोरेटर प्रयोग गर्दैनन्। यदि तपाईं गर्मी महिनामा NESE मा आउने योजना बनाउँदै हुनुहुन्छ भने, कृपया जानिराख्नुहोस् कि धेरै जसो आयोजक परिवारमा एयर कन्डिसनरको सुविधा उपलब्ध छैन। धेरै जसो आयोजक परिवारमा इन्टरनेटको सुविधा भएता पनि सबै परिवारमा यो सुविधा उपलब्ध हुने छैन।
    • मैले बस्ने होमस्टे कतिको सफा हुनेछ?
    • होमस्टे सफा र संयुक्त राज्यको मापदण्ड अनुसार बस्न उपयुक्त हुने खाले हुनेछन्। याद राख्नुहोस् कि यी मापदण्डहरू तपाईंको देशका मापदण्डहरूभन्दा फरक हुन सक्छन्। तपाईंले धेरै जसो घरहरूमा सर-सामानहरू (किताब, कागज, जुता तथा खेलौना जथाभावि भुँइमा फैलाइएको) जथाभावि फैलिएको देख्न सक्नुहुन्छ। अर्को शब्दमा, घर सफा हुन्छ, तर सामानहरू मिलाएर राखेको हुँदैन। आयोजक परिवारमा घर सफा गर्न तथा सामानहरू मिलाउनका लागि काम गर्ने नहुँने भएकाले घरका सदस्यहरूले स्वयं घर सफा तथा व्यवस्थित राख्नुपर्नेछ।
    • मेरो आयोजक परिवारमा कस्तो खाले वातावरण हुनेछ?
    • धेरै जसो आयोजक परिवार काम गर्नमा व्यस्त हुन्छन् अथवा निम्न स्तरका हुन्छन्। अमेरिकी आयोजक परिवारमा एक वा दुई जना काम गर्ने वयस्क र/वा अवकाश प्राप्त बुढो सदस्यहरू हुन्छन्। बुस्टन विविधता भएको सहर भएको हुनाले यहाँको परिवारमा उनीहरूको आफ्नै बालबालिका नभएर अन्य कुनै जाति अथवा धर्मको हुन पनि सक्छन्। आयोजक परिवारमा घर पालुवा जनावरहरू हुन्छन्। धेरै जसो परिवारमा एकभन्दा धेरै विद्यार्थीहरू बस्ने गर्दछन्।
    • यहाँको परिवारले आफ्नो घरमा विदेश विद्यार्थीहरूलाई किन राख्छ?
    • आयोजक परिवार विदेशी विद्यार्थीहरूलाई आफ्नो घरमा स्वागत गर्न तथा ती विद्यार्थीहरूको माध्यमद्वारा विभिन्न भाषा, संस्कृतिको बारेमा जान्न पाउँदा खुशी महसुस गर्छन्। यसका साथै यहाँको मानिसहरूले विदेशी विद्यार्थीहरूलाई घरमा राखेर अतिरिक्त आम्दानी आर्जन गर्न चाहन्छन्।
    • मैले बस्ने घरको सदस्यहरूले म प्रति कस्तो व्यवहार गर्नेछन्?
    • हाम्रो आयोजक परिवारले तपाईंलाई स्वागत गर्नुका साथै तपाईंको बारेमा जान्न चाहनुहुनेछ। उनीहरूले तपाईंले पनि संयुक्त राज्यमा आम मानिने केही कुराहरूको पालना गर्न तथा खाना खाने समय परिवारको नियमको पालना गर्न, पानीको सही प्रयोग गर्न, बिजुली खपत गर्न आदि (जस्तै संयुक्त राज्यमा दैनिक दुई-तीन चोटि नुहाउनुभन्दा प्रायः एकचोटि मात्र नुहाउने गरिन्छ) अपेक्षा गर्नेछन्। तपाईंको आयोजक परिवारले तपाईंलाई परिवारको अन्य सदस्यहरू, साथीहरूसँग पनि परिचित गराउनेछ र उनीहरूसँग समय बिताउँदै जाँदा तपाईंले बिस्तारै संयुक्त राज्यको बारेमा थाहा पाउँनुहुँनेछ। त्यहाँबाट गइसकेपछि पनि तपाईं र आयोजक परिवार बीच राम्रो सम्बन्ध रहनेछ।
    • म अभिभावक हुँ र मरो बच्चा NESE आउँदैछ। के आयोजक परिवारले पनि मेरो बच्चाको ध्यान मैले राखे जस्तै गरी राख्नेछ?
    • संयुक्त राज्यमा, वयस्क व्यक्तिहरूलाई स्वतन्त्र राखिन्छ र उनीहरूलाई पनि स्वतन्त्र जीवन बिताउन दिइनेछ। त्यसकारण, यदि तपाईं आफ्नो बच्चाको आवास गृहको बारेमा चिन्तित हुनुहुन्छ भने, आयोजक परिवारले खाली समयमा तपाईंको बच्चाले के गर्छ-कहाँ जान्छ आदि कुराको जानकारी आवश्यक ठान्दैन। तपाईंको बच्चालाई आयोजक परिवारले विद्यालय पुर्‍याउने तथा विद्यालयबाट घर ल्याउन मद्दत गर्नेछैन त्यसैले तपाईंको बच्चा आफैले सार्वजनिक यातायात मार्फत NESE जाने आउने गर्नुपर्नेछ। यदि तपाईंको बच्चा राति ढिलो (राति 11 बजे पछि) घर आउँछ भने त्यति बेलासम्म आयोजक परिवार ब्युझैं बस्नेछैन, विद्यार्थीले आफ्नो आधारभूत आवश्यकताहरूको आफै ध्यान राख्नुपर्नेछ। यदि तपाईं आफ्नो बच्चालाई अमेरिकी परिवारसँगै बस्न पठाउँदै हुनुहुन्छ भने, बुस्टनमा बस्दा तपाईंको बच्चाले आफ्ना लागि सही निर्णय लिनेछ भनी विश्वास गर्नुपर्छ।

     

  • NESE विद्यार्थी आवास गृह
    • NESE को विद्यार्थीले बस्ने आवास गृहहरू (छात्रावास) कस्ता हुनेछन्?
    • NESE ले आफ्ना विद्यार्थी तथा पेशाकर्मीहरूका लागि सकेसम्म NESE नजिकै आरामदायक, सुरक्षित, र विद्यार्थीको आर्थिक क्षमता अनुसारको आवासको व्यवस्था गर्नेछ। प्रत्येक कोठा बेड, डेस्क, दराज र अलमारीले सजाएको हुनेछ। उनीहरूले नि: शुल्क WIFI सेवा प्रदान गर्नुका साथै हरेक दिन नास्ता तथा खाना प्रदान गर्नेछन्। कृपया यस कुरामा ध्यान राख्नुहोस् कि, संयुक्त राज्यका अन्य छात्रावासहरू जस्तै ती आवास गृहहरूमा पनि होटेल छैनन्।
    • म छात्रवासमा कहिले आउन सक्छु?
    • तपाईंले भर्ना हुने दिनभन्दा अघि आइतबार बिहान 8 बजेदेखि रातिको 9 बजेसम्म आउन सक्नुहुन्छ। यदि तपाईं रातिको 9 बजे आइपुग्दै हुनुहुन्छ भने, तपाईंले बुस्टन पुग्नु अघि विशेष तयारी गरिएको हुनेछ।
    • के मैले त्यहाँ आइपुग्दा मलाईं लिन कोही आउनेछ?
    • छात्रावास व्यवस्थापकले तपाईं पुग्नु अघि बुस्टनमा तपाईंको फ्लाइट आइपुग्ने समयको जानकारी गराउँनेछ र तपाईंले छात्रावासमा तपाईंको स्वागतका लागि प्रतिक्षामा हुनेछन्। यदि तपाईंको फ्लाइट रद्द तथा ढिला हुन्छ भने कृपया NESE को 617-864-7170 नम्बरमा फोन गरेर छात्रावास व्यवस्थापकलाई जानकारी गराउनुहोस्।
    • के म छिटो/ढिला आउन सक्छु?
    • यदि तपाईं भर्ना अघि कुनैपनि दिन पुग्न चाहनुहुन्छ भने, तपाईंले NESE आवासीय संयोजकसँग सम्पर्क गर्नुपर्नेछ। कृपया यो कुरा थाहा पाउनुहोस् कि सधैँ छात्रावासमा छिटो आउन पाइने छैन, यदि तपाईंले यसो गर्नुहुन्छ भने, तपाईंले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। •     यदि तपाईं कक्षा सकेर शनीबार 11 बजे भन्दा अघि कुनैपनि समय बाहिर जान चाहनुहुन्छ भने, तपाईंले NESE आवासीय संयोजकसँग सम्पर्क गर्नुपर्नेछ। यदि तपाईं दैनिक छात्रावासमा बस्न पाउने समयभन्दा बढी बस्नुहुन्छ भने, तपाईंले अतिरिक्त शुल्क तिर्नुपर्नेछ।
    • के लगेज मेरो कोठासम्म पुर्‍याउन कसैले मद्दत गर्नेछ?
    • NSSE छात्रावासका व्यवस्थापकहरूले विद्यार्थीहरूलाई उनीहरूको लगेज बोक्नमा मद्दत गर्ने छैनन्। संयुक्त राज्यको कानुन अनुसार यो नियम लगाइएको हो र यसका लागि हामी क्षमा प्राप्ति छौं।
    • के ओढ्ने, बिछाउने लुगा मैले आफैले ल्याउनुपर्छ?
    • NESE छात्रावासले विद्यार्थीहरूलाई तन्ना, ओढ्नका लागि कम्बल र तकियाका साथै नुहाउनका लागि तथा हातमुख सफा गर्नका लागि छुट्टा-छुट्टै तौलियाको व्यवस्था गर्नेछ। तपाईंले ओढ्ने, बिछाउने लुगाहरू आफैले ल्याउनु पर्दैन।
    • के मेरो कोठा सफा गरिदिने सुविधा छ?
    • NESE छात्रावासमा कोठा सफा गर्नका लागि हाउसकिपरहरू राखिएका छन् जसले सोमबार, बुधबार र शुक्रबार तीन दिन तपाईंको कोठा सफा गर्नेछन्। बिहीबारको दिन हासउकिपरले तपाईंको तन्ना र तौलिया फेर्नेछन्। हाउसकिपरहरूले कोठा सफा गर्दा तपाईंको सामान चलाउने छैनन् भनी ढुक्क हुनुहोस्। कृपया आफ्नो कोठा सफा राख्नुहोस् जसले गर्दा हाउसकिपरहरूलाई पनि राम्रोसँग कोठा सफा गर्न सजिलो होस्।
    • लुगा धुनका लागि मैले कहाँ जाने अथवा के गर्ने?
    • NESE छात्रावासमा लुगा धुने अथवा लुगा सुकाउने मेशीनको व्यवस्था गरिन्छ। तर विद्यार्थीले लुगा धुने सावुन आफैले ल्याउनु पर्नेछ।
    • छात्रावासमा खानाको के-कस्तो व्यवस्था छ?
    • तपाईंको छात्रावासमा सोमबार देखि शुक्रबारसम्म नास्ता र रातिको खानाका साथै हप्तामा एक दिन खाजा र खानाको व्यवस्था गरिन्छ। नास्तामा गेडागुडी, टोस्ट, दही, ताजा फलफूल, दुध, कफी र जुस पाइनेछ जुन आफैले हालेर खानुपर्छ। ब्रन्चमा पनि आफैले हालेर खाने व्यवस्था गरिएको हुन्छ जसमा माथि उल्लेख गरिएका नास्ता परिकारसँगै वफल, अण्डा, आलु चिप्स आदि परिकारहरू हुन्छन्।
    • के म त्यहाँ गएर आफै खाना पकाउन सक्छु?
    • यहाँको स्थानीय नियम कानुन अनुसार विद्यार्थीहरूलाई NESE छात्रावासमा खाना पकाउने अनुमति छैन। यसका लागि हामी क्षमा प्राप्ति छौं। माइक्रोवेभमा तयार गरिने खानाका लागि प्रत्येक विद्यार्थीको कोठामा माइक्रोवेभ (अथवा यदि तपाईं ग्रीन हलमा बस्नुहुन्छ भने सुट) को व्यवस्था गरिएको हुन्छ।
    • के मेरा साथीहरू मलाईं भेट्न छात्रावासमा आउन सक्छन्?
    • भेटघाटका लागि भनी छुट्याइएको समयमा तपाईंका साथीहरू तपाईंलाई भेट्न छात्रावासमा आउन सक्छन्। छात्रावास भित्र आउने अतिथिहरूले भित्र आउँदा तथा बाहिर जाँदा हस्ताक्षर गर्नुपर्नेछ।
    • के मेरा साथीहरू/परिवारका सदस्यहरू मसँग राति छात्रावासमा बस्न सक्छन्?
    • ली हल (Lee Hall) तथा पपेट हल (Poppet Hall) को सिङ्गल कोठामा बस्ने विद्यार्थीहरूले NESE को आवास गृह सम्बन्धी कार्यालयको अनुमति लिएर आफ्नो अतिथिहरूलाई राति आफैसँग बसाउन सक्छन्। कृपया ध्यान दिनुहोस् कि अतिथि आउनुभन्दा कम्तिमा पनि एक हप्ता पहिले नै यसको व्यवस्था गर्नुपर्नेछ, र तपाईंको कोठामा अन्य मानिस बसे वाफत तपाईंले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। जुनसुकै समयमा पनि तपाईंको अतिथिहरूलाई छात्रावासमा बस्ने सुविधा प्रदान गरिने छैन।
    • के मलाईं छात्रावास भित्र मेल वा प्याकेजहरू पठाउन सकिन्छ?
    • सम्पूर्ण मेल तथा प्याकेजहरू सिधै NESE मा पठाउनु पर्नेछ। यसका लागि कृपया निम्न ठेगाना प्रयोग गर्नुहोस्:
    • The New England School of English
      36 John F. केनेडी सडक
      तेस्रो तला
      क्याम्ब्रिज, MA 02138
    • म कहिलेसम्म छात्रावासमा बस्न पाउँछु?
    • तपाईंको हाउजिङ रिजर्भेशन समय शनिबार बिहान 11 बजे तपाईंको अन्तिम कक्षासँगै समाप्त हुन्छ।
    • मलाईं NESE मन पर्‍यो र मेरो रिजर्भेशन समयभन्दा अझ बढी समय बस्न चाहन्छु! के म आफ्नो हाउजिङ रिजर्भेशन समय बढाउन सक्छु?
    • NESE  को हाउजिङ रिजर्भेशन सीमित भएको हुनाले, यदि तपाईं आफ्नो योजनाभन्दा बढी समय बस्न चाहनुहुन्छ भने कृपया आवास गृह सम्बन्धी कार्यालयमा सम्पर्क गर्नुहोस्। यदि यसो गर्न सम्भव भएमा, NESE को आवास गृह सम्बन्धी संयोजकले तपाईंको रिजर्भेशन समय बढाउनु हुनेछ। छात्रावास पूर्ण रूपमा रिजर्भ भएकाले, हामीले तपाईंको रिजर्भेशन समय बढाउन सकेनौ भने, तपाईंको नाम तपाईंले अनुरोध गर्नुभएको सत्रका लागि सूचिमा राखिनेछ तथा तपाईंसँग अन्य वैकल्पिक उपायहरूको बारेमा कुरा गरिनेछ।
  • शैक्षिक जानकारी
    • NESE मा कुन-कुन स्तरको पढाई हुन्छ?
    • NESE मा 10 स्तरसम्म पढाई हुन्छ, र यसका साथै व्यवसायिक अङग्रेजी र TOEFL तैयारी कक्षा मध्ये कुनै एउटा छनौट गर्न पाइन्छ।
    • एउटा कक्षा कति समयको हुन्छ?
    • NESE मा सबै कक्षाहरू ठीक समयमा सुरू हुन्छन्, र एउटा कक्षा लगातार 90 मिनेट (डेढ घण्टा) को हुन्छ।
    • प्रत्येक NESE स्तर पूरा गर्न कति समय लाग्छ?
    • हरेक विद्यार्थी छुट्टा-छुट्टै प्रकृतिका हुन्छन् र उनीहरूका आ-आफ्ना आवश्यकताहरू र उदेश्यहरू हुन्छन् भनी NESE ले बुझेको हुन्छ र यही यसको खास विशषेता हो। प्रत्येक सत्र (4 हप्ता) मा विद्यार्थीहरूलाई न्युन स्तरबाट अर्को स्तरमा पठाइनेछ। केही विद्यार्थीहरूलाई लक्षित सीप सम्बन्धी उपाधि हासिल गर्नका लागि केही समय बढी लाग्न सक्छ, र यस्ता विद्यार्थीहरूलाई NESE ले पाठ्यक्रमका लागि छुट्टै सुविधा प्रदान गर्नेछ।
    • के म जुनसुकै सोमबार देखि पनि NESE को पाठ्यक्रम सुरू गर्न सक्छु?
    • NESE मा प्रत्येक समूहका लागि भाषा निर्देशन सम्बन्धी 10 वटा स्तर उपलब्ध हुन्छ, र यी 10 स्तर मध्ये प्रत्येक स्तर आ-आफ्नो छुट्टा-छुट्टै मितिमा सुरू भएर 4 हप्तामा समाप्त हुन्छन्। प्रत्येक स्तरको आ-आफ्नै पाठ्यक्रम हुन्छ, र विद्यार्थीहरूले प्रत्येक सत्रको पहिलो दिन देखि नै उक्त स्तरका लागि निर्धारित कुराहरू सिक्न सुरू गर्छन्। यदि विद्यार्थी सत्र सुरू हुने समयभन्दा ढिला आउँछ भने, उक्त विद्यार्थीले पहिले पढाएका कुराहरू छुटाउनेछ, जसले उसलाई नयाँ भाषाको उपाधि पूरा गर्न कठीन बनाउन सक्छ। भाषा सिक्नु भनेको पिरामिड तयार पार्नु जस्तै हो, र NESE मा यसको सुरूवात भइसकेको छ। विद्यार्थीले कक्षामा अनुपस्थित भएमा हरेक दिन धेरै नयाँ कुराहरू छुटाउनेछ। केही ESL विद्यालयहरूले विद्यार्थीहरूलाई जुनसुकै सोमबारबाट पनि उनीहरूको कार्यक्रम सुरू गर्ने अनुमति दिदैन भनी NESE लाई थाहा छ। NESE को शैक्षिक मापदण्डहरू अनुसार, हामी पनि यसको लागि अनुमति दिदैनौं।
    • के मलाईं NESE मा गृहकार्य दिइनेछ?
    • NESE विश्वका शीर्ष विद्यालयहरू भित्र पर्ने भएकाले यसको आफ्नै छुट्टै प्रतिष्ठा छ। यसले शिक्षण सम्बन्धी तथा विद्यार्थी सहायताका लागि विशिष्ट सेवाहरू प्रदान गरेको हुनाले, र विद्यार्थीको राम्रो कार्य-सम्पादनको कारण उच्च प्रतिष्ठा प्राप्त गरेको हो। विद्यार्थीहरूले हरेक दिन कक्षामा उपस्थित भएर, समयमा कक्षामा आएर, कक्षाका कार्यक्रमहरूमा सहभागी भएर, र दैनिक गृहकार्य गरेर विद्यालयलाई सहयोग गर्न अपेक्षा गरिएको छ। यसो गर्नाले, NESE का विद्यार्थीहरूले छिट्टै सफलता प्राप्त गर्नेछन् र यी क्रियाकलापहरू गर्दा यसको आनन्द लिनुहोस्।

     

  • भिसा सम्बन्धी जानकारी
    • के म F-1 (विद्यार्थी) भिसामा गएर आशिंक विद्यार्थीको रूपमा पढ्न सक्छु?
    • सक्नुहुन्न। संयुक्त राज्यको कानुन अनुसार विद्यार्थी भिसामा संयुक्त राज्यमा प्रवेश गर्ने सम्पूर्ण विद्यार्थीहरूले पूर्ण-कालीन विद्यार्थीको रूपमा पढ्नु पर्नेछ। यसका साथै, कृपया यस कुरामा पनि ध्यान दिनुहोस् कि कानुनी रूपमा आवश्यक सबै कागजातहरू विद्यालयमा पेश नगर्दासम्म NESE ले I-20 जारी गर्न सक्दैन। संयुक्त राज्यको आप्रवासी सम्बन्धी नियमको बारेमा थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।

     

  • हार्वर्ड (Harvard) तथा MIT
    • के NESE हार्वर्ड विश्वविद्यालयको एउटा भाग हो?
    • NESE का संस्थापक र अध्यक्ष, डाइरेक्टर, यस विद्यालयका शैक्षिक निर्देशकका साथै यस विद्यालयका सञ्चालक समितिका केही सदस्यहरू तथा यहाँका केही कर्मचारीहरूले हार्वर्डबाट डिग्री हासिल गरेको भएता पनि, NESE औपचारिक रूपमा हार्वर्डसँग सम्बन्धित छैन। NESE हार्वर्ड विश्वविद्यालय भएकै स्थानमा अवस्थित छ, यसको वरिपरि हार्वर्ड विश्वविद्यालय छ, र विद्यार्थीहरू यस्तो ख्याति प्राप्त विश्वविद्यालयको नजिकै भएको आनन्द लिन्छन्।
    • के म हार्वर्ड अथवा MIT मा पढ्न सक्छु?
    • हार्वर्ड र MIT दुबै विश्वकै निकै ख्याति प्राप्त विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयहरू डिग्री कार्यक्रममा स्वीकृति प्राप्त विद्यार्थीहरूले उनीहरू शैक्षिक स्तरमा निकै प्रतिभाशाली छन् र यहाँ पढ्नका लागि रूचि भएका विद्यार्थीहरू हुन् भनी प्रदर्शन गर्न सक्नुपर्दछ। हार्वड जस्तै तर हार्वर्डसँग प्रतिष्पर्धामा नरहेका हार्वर्डका शिक्षकहरूद्वारा पढाई हुने र यी विश्वविद्यालयहरूका विभिन्न संसाधनहरूको पहुँच भएका संयुक्त राज्यका विभिन्न कलेज र विश्वविद्यालयहरूमा पढाई गर्न सक्छन्। हार्वर्डमा, यस कार्यक्रमलाई हार्वर्ड एक्स्टेन्सन स्कूल भनिन्छ, र शुल्क लगायतको जानकारी यस ठेगानामा प्राप्त गर्न सकिन्छ: www.extension.harvard.edu। हार्वर्ड युनिभर्सिटी एक्स्टेन्सन स्कूल NESE को भवनभन्दा एक घर मात्र पर छ।
    • हार्भर्ड र MIT ले विभिन्न लेक्चर तथा विभिन्न कार्यक्रमहरू सर्वसाधारणका लागि खुला गरिन्छ। यसको अतिरिक्त, उनीहरूको सङ्ग्रहालय, विश्वविद्यालयको लेक्चर, प्यानेल छलफल, कन्सर्ट र अन्य कार्यक्रमहरू आदि खुला गरिएको छ। NESE मा पढाई गर्दा तपाईंले हार्वर्डमा के-के गर्न सक्नुहुन्छ भनी जान्नका लागि कृपया http://news.harvard.edu/gazette/harvard-events/events-calendar and http://events.mit.edu for MIT मा क्लिक गर्नुहोस्।
    • हार्वर्ड र MIT का केही भवनहरू सर्वसाधारणका लागि खुला गरिएका छन् (जसले गर्दा तपाईं त्यहाँ गएर आफ्नो NESE को गृहकार्य गर्न सक्नुहुन्छ)। सर्वसाधारणका लागि खुला गरिएका भवनहरूको सूचि भएको लिङ्क यहाँ छ।

     

  • पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक अङ्ग्रेजी पाठ्यक्रम
    • NESE को पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक अङ्ग्रेजी पाठ्यक्रम भनेको के हो?
    • NESE को पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक पाठ्यक्रममा निम्न दुई ओटा ऐच्छिक कक्षाहरू छन्: पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक बोलाई र सुनाई तथा पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक पठन र लेखाई शिक्षा। यी दुबै कक्षाहरू दुई छुट्टा-छुट्टै सत्रमा सञ्चालन हुन्छन् जसमा विद्यार्थीको बोल्ने शैली, सुद्धता तथा व्यवसायिक भाषा तथा यससँग सम्बन्धित कुराहरूको बारेमा जानकारी गराउनका लागि विशेष पाठ्यक्रम समावेश गरिएको छ।
    • के यी कक्षाहरूका लागि अतिरिक्त शुल्क लाग्छ?
    • लाग्दैन। NESE को नियमित इन्टेन्सिभ र सेमि-इन्टेन्सिभ कार्यक्रमहरूमा समावेश गरिएका पाठ्यक्रमहरू बाहेक यी दुई पाठ्यक्रमहरू पनि चयन गर्न सकिन्छ। योग्य विद्यार्थीहरूले यी ऐच्छिक पाठ्यक्रमहरू मध्ये बोलाई र सुनाई तथा पठन तथा लेखाई शिक्षा अथवा दुबैका लागि छनौट गर्न सक्छन्।
    • यी कक्षाहरूमा कस्ता विद्यार्थीहरू सहभागी हुन सक्छन्?
    • NESE  का अनुसार यी कक्षाहरूमा सामेल हुने विद्यार्थीहरूको कम्तिमा पनि पाँच वर्षको पेशासँग सम्बन्धित अनुभव भएको र NESE को स्तर 8 वा योभन्दा माथिल्लो स्तरमा स्थान प्राप्त गरेको हुनुपर्छ। काम गरेको अनुभव र अङ्ग्रेजीमा राम्रो ज्ञान माग गर्नुका साथै, NESE  ले कक्षा कोठाहरूमा विश्व भरीका पेशाकर्मी साथीभाईहरूसँग घुलमिल हुन सक्ने खालको कलेजका लागि उचित तथा चुनौतीपूर्ण वातावरण बनाउँछ।
    • यी कक्षाहरूमा सहभागी हुनका लागि म के पनि व्यवसायी हुनुपर्छ?
    • होइन, पर्दैन। खासमा भन्नुपर्दा, अन्य विभिन्न पृष्ठभूमिबाट आएका पेशाकर्मीहरूले पनि यी कक्षाहरूबाट उत्तिकै लाभ लिएको हुन्छ। यी कक्षाहरूमा धेरै जसो व्यवसायीहरू नै सहभागी हुन्छन्, तर डाक्टर, प्रोफेशर, वैज्ञानिक, वकिल, अनुसन्धानकर्ता, र राजनितिज्ञहरू पनि सहभागी हुने गरेका छन् र उनीहरू अन्य व्यक्तिहरूका लागि उदाहरण बनेका छन्।
    • पेशाकर्मीहरूलाई चाहिने व्यवसायिक बोलाई र सुनाई शिक्षाबाट मैले के कुरा सिक्नेछु?
    • NESE को पेशाकर्मीहरूलाई चाहिने बोलाई र सुनाई पाठ्यक्रमले विद्यार्थीहरूलाई अभ्यास गर्न तथा विभिन्न खाले व्यवसायिक शीर्षकहरूमा छलफल गरेर व्यवसाय सम्बन्धी कुराकानी गर्ने शैलीमा अझ सुधार गर्न मद्दत गर्नेछ। यी शीर्षकहरूमा विश्वव्यापी बजार, निगोसिएसन, उद्दोग, कर्पोरेट स्टक्चर, ब्र्यान्ड म्यानेजमेन्ट, मूल्य र वस्तुहरू, संस्थागत मनोरञ्जन र व्यवसाय सम्बन्धी नयाँ खोज आदि पर्दछन्। यसको अतिरिक्त, शिक्षकहरूले पेशाकर्मी तथा कक्षामा सहभागी विद्यार्थीहरूको विशेष रूचिमा बढी ध्यान दिनेछ। काम, भनाई, र व्यवसायसँग सम्बन्धित शब्दहरू सिकेर, विद्यार्थीहरूले व्यवसायको बारेमा अझ बढी कुराहरू थाहा पाउँनुका उनीहरूको क्षमतामा विकास हुनेछ र व्यवसाय सम्बन्धी विभिन्न शीर्षकहरूमा स्पष्ट रूपमा आफ्नओ विचार प्रकट गर्न सक्ने क्षमतामा सुधार आउनेछ।
    • व्यवसायिहरूलाई चाहिने व्यवसायिक बोलाई र सुनाई शिक्षामा के-कस्ता सामग्रीहरूको प्रयोग गरिनेछ?
    • सत्रको दौरान, विद्यार्थीहरूले विभिन्न केस स्टडी र व्यवसायिक प्रकाशनहरू लगायत हालैका लेख र DVD हरूको प्रयोग गर्नेछन्। यी सामग्रीहरूले व्यवसाय सम्बन्धी परम्परागत धारणामा सुधार ल्याउन, विभिन्न व्यवसायिक शीर्षकहरूमा छलफल गर्न, र विद्यार्थीहरूलाई व्यवसायिक शैक्षिक वादविवादमा सहभागी हुने अवसर प्रदान गर्दछ।
    • व्यवसायिहरूका लागि चाहिने व्यवसायिक पठन र लेखाई शिक्षामा मैले के कुरा सिक्नेछु?
    • व्यवसाय सम्बन्धी विद्यार्थीहरूको ज्ञान र विभिन्न कुराहरूको बारेमा सोचविचार गर्ने, अभिव्यक्ति गर्ने क्षमताको विकास हुनुका साथै विद्यार्थीहरूले व्यवसायिक पत्र-पत्रिका तथा दस्तावेजहरूमा प्रयोग हुने शब्दहरूको बारेमा सिक्नेछन्। यसका साथै, विभिन्न व्यवसायिक समस्याहरूसँग सम्बन्धित तर्कपूर्ण कुराहरूको बारेमा लेख्ने क्षमताको विकास हुनेछ र पेशाकर्मीको लेखन सम्बन्धी आधारभूत कुराहरूको बारेमा समीक्षा गर्नेछन्।  शब्दावली तथा पाठहरू व्यवसाय सम्बन्धी विषय-वस्तुबाट लिएतापनि, शिक्षकहरूले अङ्ग्रेजीमा सुधार गर्न चाहने सबै पेशाकर्मीहरूलाई समान सेवा प्रदान गर्ने कुरामा ध्यान दिनेछन्।
    • व्यवसायिहरूका लागि चाहिने व्यवसायिक पठन र लेखाई शिक्षामा के-कस्ता सामग्रीहरूको प्रयोग गरिनेछ?
    • NESE को व्यसायिकहरूका लागि चाहिने व्यसायिक पठन तथा लेखाई पाठ्यक्रमले विद्यार्थीहरूलाई व्यवसाय सम्बन्धी समकालीन सामग्री तथा लेखहरूको बारेमा बुझ्न तथा लेख्न मद्दत गर्ने कुरामा जोड दिन्छ। विद्यार्थीहरू व्यवसायको प्रवृत्ति तथा यसलाई व्याख्या गर्न प्रयोग गरिएका अङ्ग्रेजी शब्दहरू बुझ्न सक्ने क्षमताको विकास गर्न उनीहरूले बिजनेसवीक तथा अन्य व्यवसायिक पत्र-पत्रिकाहरूबाट केस स्टडी तथा लेखहरू सङ्कलन गर्नेछन्।

     

  • कानुनी अङ्ग्रेजी
    • कानुनी अङ्ग्रेजी पाठ्यक्रम के सम्बन्धी हो; कानुनी अङ्ग्रेजी पाठ्यक्रम के सम्बन्धी होइन।
    • कानुनी अङ्ग्रेजी विद्यार्थीहरूलाई अमेरिकाको न्यायिक तथा वैधानिक प्रणालीको बारेमा जानकारी प्रदान गर्नका लागि तैयार पारिएको हो। यसले संयुक्त राज्यको कानुनी प्रणालीमा प्रयोग हुने शब्दावलीहरूमा जोड दिन्छ। विद्यार्थीहरू विभिन्न कानुनी विभागको बारेमा छलफल गर्ने, लेण्डमार्क केसहरूको अध्ययन गर्नुका साथै कानुनी प्रक्रियाहरूको बारेमा थाहा पाउन स्थानीय अदालतको भ्रमण गर्नेछन्। कानुनी अङ्ग्रेजी कुनै कानुनी शिक्षाको पाठ्यक्रम होइन, त्यसैले शिक्षकले कानुनी शब्दहरूमा जोड दिने र संयुक्त राज्यको कानुनको बारेमा विस्तारमा भन्नुभन्दा सामान्य रूपमा जानकारी प्रदान गर्नुपर्दछ।
    • कानुनी अङ्ग्रेजी कसले पढाउछ?
    • कानुनी अङ्ग्रेजी अनुभव प्राप्त अङ्ग्रेजी भाषा सिकाउने शिक्षकद्वारा पढाइन्छ। यो पाठ्यक्रम कानुनी शिक्षाबाट नआएको व्यक्तिले पनि पढाउन सक्छ, यो पाठ्यक्रम कानुनी शब्दहरूको बारेमा विद्यार्थीहरूलाई बुझाउन सक्ने क्षमता भएको NESE को दक्ष शिक्षकले पढाउनु हुनेछ।
    • म आफ्नो देशमा वकिल हुँ। कानुनी अङ्ग्रेजी पढ्नु मेरा लागि ठीक हुन्छ कि हुँदैन?
    • यस कक्षाका शिक्षकले कानुनी शिक्षा पढ्नुभएको होइन, त्यसैले तपाईंलाई कानुन सम्बन्धी उहाँभन्दा बढी ज्ञान हुन सक्छ। तपाईं संयुक्त राज्यको कानुनमा प्रयोग हुने शब्दहरू तथा केसहरूको बारेमा छलफल गर्न तपाईंलाई रमाइलो लाग्नेछ। कानुनी अङ्ग्रेजी कानुनी शिक्षा सम्बन्धी पाठ्यक्रम होइन तर पनि यो भविष्यमा कानुनी शिक्षा पढ्न चाहने व्यक्तिहरूका लागि उपयुक्त छ।
    • कानुनी अङ्ग्रेजीमा भर्ना हुनका लागि के गर्नुपर्छ?
    • यस पाठ्यक्रममा भर्ना हुनका लागि, NESE को भर्ना सम्बन्धी कार्यालयमा जानुहोस्। कृपया यस कुरामा ध्यान दिनुहोस् कि,  NESE को जनवरी, जुलाई र अगस्ट सत्र बाहेक, अन्य सत्रमा कक्षा सञ्चालनका कम्तिमा पनि पाँच विद्यार्थी हुनैपर्छ अन्यथा कक्षा सञ्चालन गरिनेछैन। NESE को जनवरी, जुलाई, र अगस्ट सत्रको दौरान, जतिसुकै विद्यार्थी भएपनि कानुनी अङ्ग्रेजी कक्षा सञ्चालन गरिन्छ। यदि कुनै कारणले कक्षा सञ्चालन हुँन सक्दैन भने पूर्ण रकम फिर्ता गरिनेछ। कृपया यस कुरामा ध्यान दिनुहोस् कि, यस पाठ्यक्रमको अध्ययनका लागि स्तर 7 वा NESE को स्तर 8 मा प्लेसमेन्ट हुनु आवश्यक छ।

     

  • Cancellation Policy

    All refunds are given in the same form in which payment was made.

    If NESE rejects your application, or cancels a class, a full class refund will be made within 30 days. Please note that representatives may have refund polices that are different from those of NESE. Please consult NESE or your representative for further information.

    Cancellation Date:

    More than 2 Weeks before Session Starts

    Less than 2 Weeks before Session Starts

    After Session Starts

    Application Fee

    0%

    0%

    0%

    Tuition Deposit

    0%

    0%

    0%

    Tuition Payment

    100%

    100%

    0%

    Housing Deposit Guarantee

    100%

    100%

    100%

    Housing Payment

    100%

    0%

    0%

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।