About NESE

NESE
को बारेमा

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

NESE लाई यहाँका विद्यार्थीहरू किन मन पराउँछन्?

तपाईंले हामीलाई भन्नुभएको थियो!

Alice Macedo
विद्यार्थी, ब्राजील

Gulnara Ilyassova
वकिल, कजकस्तान

“NESE मा मैले विद्यार्थी साथीहरू मात्र नभएर, कर्मचारी साथीहरू पनि बनाए। यिनीहरूले मलाईं हरेक दिन निकै खुशी दिए!”

“NESE सबैभन्दा उत्कृष्ट विद्यालय हो!!! यदि तपाईं अङ्ग्रेजी विषय पढ्न चाहनुहुन्छ र विश्वविद्यालयमा ग्रेजुएट वा अण्डर ग्रेजुएट कार्यक्रमको लागि आवेदन गर्दै हुनुहुन्छ भने, NESE ले यसका लागि उत्कृष्ट अवसर प्रदान गर्दछ!”

Eva Du
डर्माटोलोजिस्ट, चाइना

Bander Alnogaithan
वकिल, साउँदी अरेबिया

“NESE हार्वर्ड क्षेत्रको निकै राम्रो स्थानमा अवस्थित भएकाले यहाँका विद्यार्थीहरू विश्वविद्यालय नजिकका धेरै जस्तो कार्यक्रमहरूमा सजिलैसँग सहभागी हुन सक्छन्।”

“मैले पहिले पनि अङ्ग्रेजी सिक्न चाहने विद्यार्थीहरूलाई NESE मा जान सिफारिस गरिसकेको छुँ र अबका दिनहरूमा पनि त्यहीँ जान सिफारिस गर्नेर्छु!”

Alex Sandro Dos Santos Bastos
IT पेशाकर्मी, ब्राजील

Ece Gundogan,
सिविल इन्जिनियरिङ विद्यार्थी, टर्की

“NESE ले शिक्षा क्षेत्रमा समर्पित दक्ष शिक्षकहरू र तपाईंलाई मद्दत गर्ने मुख्य उदेश्य भएको प्रशासनिक समूह सहित प्रभावशाली शिक्षा प्रणाली प्रदान गर्दछ।”

“शिक्षक तथा प्रशासनमा कार्यरत कर्मचारीहरू निकै राम्रा र धैर्य छन्। NESE का कर्मचारीहरू स्नेही स्वभावका भएकाले यहाँ कुनै पनि कुराको लागि डराउनु पर्दैन”।

Karem Ivette Lora Kesie,
वकिल, कोलम्बिया

Heinz Hawreliuk,
व्यवसायी, जर्मनी

NESE अङ्ग्रेजी सिकाउने विशिष्ट प्रतिभाका कारण अन्य शैक्षिक संस्थाहरूमा पनि परिचित छ। यसको एउटा उदाहरणका रूपमा NESE का सञ्चालक, Martha Hall लाई पठाएको एउटा पत्र तल उल्लेख गरिएको छ।

प्रीय Martha,

अभिवादन! मेरो नाम Molly Young हो, र म क्याम्ब्रिज कलेजमा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी सहायक सञ्चालकको रूपमा कार्यरत छुँ।\ म आज तपाईंलाई यस कुराको बारेमा जानकारी गराउनका लागि यो पत्र लेख्दै छुँ कि, म तपाईंको विद्यालयका कर्मचारी, यहाँको संकाय, र हार्वर्ड क्षेत्रमा अवस्थित New England School of English को समग्र क्रियाकलाप प्रति निकै प्रभावित छुँ।

2013 को शरदमा हामीकहाँ एउटा अङ्ग्रेजीमा निकै कमजोर विद्यार्थी आएको थियो। तर उ पनि अर्को ESL कार्यक्रम मार्फत हामीसँगै पास भएको थियो, र अण्डर ग्रेजुएट पाठ्यक्रमको लागि पूर्णकालीन सेमेस्टरमा अध्ययन गर्दै थियो। उसलाई हाम्रो पाठ्यक्रममा सहभागी हुनु पूर्व अङ्ग्रेजीमा सुधार होस् भनेर हामीले उसलाई NESE मा आवेदन भर्नमा मद्दत गर्‍यौ।

जब उ 8 महिनासम्म NESE मा पूर्णकालीन विद्यार्थीको रूपमामा अध्ययन गरेर हामीकहाँ फर्कियो, उसले निकै राम्रो तथा शुद्ध अङ्ग्रेजी बोल्न थालेको थियो। अब उसलाई मैले भनेको तथा प्रोफेसरहरूले भन्नुभएको कुनै पनि कुरा बुझ्न गाह्रो लाग्दैन, र उसले कुनै कठिनाई बिना नै अङ्ग्रेजीमा राम्रोसँग कुरा गर्न सक्छ।

यो यसै शरद ऋतु (2014) को कुरा हो। हाम्रो कार्यक्रममा थुप्रै सङ्ख्यामा चिनियाँ विद्यार्थीहरू थिए र उनीहरू अङ्ग्रेजीमा निकै कमजोर थिए। वास्तविक कुरा यो होइन। विगतका विद्यार्थीहरूको सफलताको आधारमा, हामीले यी चिनियाँ विद्यार्थीहरूलाई पनि NESE जान सिफारिस गर्‍यौ।

NESE ले हामीलाई (विद्यार्थीहरूलाई आवेदन भर्नमा कुनै पनि समस्या भोग्नु नपरोस भनेर) चिनियाँ भाषामा आवेदन प्रदान गरेर, चाँडै आवेदन प्रक्रिया पूरा गर्न, र पहिलो दिनमा सुव्यवस्थित तथा मैत्रीपूर्ण अभिमुखीकरण सहित विद्यार्थीहरूको स्वागत कार्यक्रममा मद्दत गर्‍यो।

पाँच महिना पढिसकेपछि त्यस समूहका आधा जति विद्यार्थीहरू हाम्रो शैक्षिक पाठ्यक्रमको अध्ययन गर्नका लागि तैयार भइसकेका छन् र बाँकी अन्य विद्यार्थीहरू यस ग्रिष्मसम्म हाम्रो पाठ्यक्रमका लागि तयार हुनेछन्। सबै विद्यार्थीले सबैभन्दा पहिले सम्पर्क गर्ने व्यक्ति Lindsay Costa हुन्, र उहाँ निकै प्रतिभाशाली हुनुहुन्छ; उहाँको धैर्यता र यो संस्था उहाँका लागि आशिर्वाद नै हो, र म पहिला उहाँसँग कुरा गर्न डराउँथे तर मैले सकरात्मक अनुभव प्राप्त गरे।

म यस कुराको लागि निकै खुशी छुँ कि हाम्रो क्याम्ब्रिज कलेज नजिकै शैक्षिक क्षेत्रमा प्रचलित संस्था छ। म मेरो कलेजमा अध्ययनरत विद्यार्थीहरू र तिनीहरूका साथी/परिवारका सदस्यहरूलाई भविश्यमा NESE जान सिफारिस गर्छुँ।

न्यानो अभिवादन,

Molly Elise Young, एम.एड

सहायक सञ्चालक, अन्तर्राष्ट्रिय मामिला सम्बन्धी अधिकारी

PDSO, अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालय

क्याम्ब्रिज कलेज

“NESE मा अङ्ग्रेजी भाषाको अध्ययन गर्नु मेरा लागि अहिलेसम्मकै सबैभन्दा राम्रो व्यवसाय सम्बन्धी, शैक्षिक तथा व्यक्तिगत अनुभव थियो।”

“यदि तपाईं अङ्ग्रेजी सिक्न चाहनुहुन्छ भने, यसका लागि NESE सबैभन्दा उत्तम स्थान हो। यहाँ तपाईं आफूले चाहको कुरा प्राप्त गर्न सक्नुहुन्छ।”

NESE को लागि “प्रेम पत्र"

यसको स्थापना 1990 मा भएको थियो, र स्थापना देखि नै NESE ले विद्यार्थी, परिवार तथा हामीकहाँ अध्ययन गर्नका लागि छनौट गरिएका कम्पनीहरूबाट लगातार निकै राम्रो प्रतिक्रिया प्राप्त गर्दै आएको छ। प्रत्येक वर्ष, अङ्ग्रेजीमा सुधार गर्नुका साथै नयाँ जीवनको अनुभव, नयाँ साथी तथा आफ्नो भविश्य प्रति नयाँ अपेक्षाका साथ घर फर्किएका

हाम्रो विद्यार्थीहरूबाट स्नेपूर्ण सन्देश प्राप्त गर्न पाउँदा हामी निकै खुशी छौं। हामी यी सन्देशहरूलाई “NESE को प्रेम पत्रहरू” भन्छौ, र हामीले NESE, यहाँका कर्मचारी, र शिक्षकहरू प्रति देखाउनु भएको माया तथा सम्मानको लागि विद्यार्थीलाई धन्यवादको रूपमा ती मध्ये केही पत्रहरू प्रकाशन गरेका छौं।

The NESE's "Love Letters"

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।