NESE नै किन

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

NESE को वैयक्तिक भाषा सिकाई विधि

तपाईंको अङ्ग्रेजी भाषा सिकाई सम्बन्धी SAFETY NET

यस विधिका निम्न चार चरणहरू तल दिइएका छन्ः

 

NESE ले हरेक विद्यार्थीको सिकाई सम्बन्धी छुट्टा-छुट्टै शैली, उदेश्य र चुनौतीहरू पत्ता लगाइ, ती भिन्नताहरूलाई ध्यानमा राख्दै विद्यार्थीको सिकाई स्तरमा वृद्धि गर्ने प्रयास गर्दछ। जस्तै उदाहरणका लागि, प्लेसमेन्टको नतीजाले तपाईं लेख्नुभन्दा पनि राम्ररी बोल्न सक्नुहुन्छ भन्ने कुराको संकेत गर्न सक्छ। यदि यसो भएमा, तपाईंलाई बोलाई सम्बन्धी शिक्षाका लागि उच्च स्तरमा र लेखाई शिक्षाका लागि न्युन स्तरमा राखिनेछ, र तपाईं र तपाईंको शिक्षकले तपाईंले आफ्नो पूर्ण रूचिका साथ अध्ययन गर्नाले मात्र तपाईं आफ्नो वैयक्तिक गतिमा NESE को 10 स्तर पूरा गर्नसक्नुहुन्छ भनी निर्धारण गरेपछि मात्र तपाईं अर्को स्तरमा प्रवेश गर्नुहुनेछ। प्रत्येक विद्यार्थीका लागि वैयक्तिक कार्यक्रम सिर्जना गर्न यसै अनुसारको शिक्षण तथा पाठ्यक्रम उपलब्ध गराउने NESE को क्षमता NESE का सम्पूर्ण विद्यार्थीहरूका लागि शैक्षिक सफलताको आधार बनेको छ, र NESE लाई सम्मानित बनाउने विभिन्न कारणहरू मध्ये एउटा यो पनि हो।

 

 

 

वैयक्तिक गति

 

 

 

 

प्रत्येक विद्यार्थीले NESE मा पहिलो पटक आउँदा, उनीहरूको सीपको स्तर निर्धारण गर्नका लागि विद्यार्थीको परीक्षा लिइन्छ। यसपछि यदि NESE ले विद्यार्थीको सीपको स्तर अनुसार विद्यार्थीलाई छिटो अङ्ग्रजी सिक्न सक्ने वातावरण भएको शैक्षिक स्तरमा प्लेसमेन्ट गरिनेछ। यसका लागि, NESE मा सञ्चालन हुने सम्पूर्ण कक्षाहरूलाई विद्यार्थीको उमेर अनुसार उप-विभाजन गरिन्छ। आफ्नो आवश्यकता अनुसार शान्त वातावरणमा पढ्न चाहने एउटै उमेर समूहका पेशाकर्मीहरूका लागि NESE मा छुट्टै कक्षाको व्यवस्था गरिनेछ। यसै गरेर NESE मा पढ्ने स-साना विद्यार्थीहरूलाई उनीहरूको आवश्यकता तथा उनीहरूले घरभन्दा टाढा बस्दा सामना गर्नुपर्ने चुनौतीहरू अनुसार सेवाको व्यवस्था भएको छुट्टै कक्षामा राखिन्छ।

 

 

 

 

NESE को सीप मूल्याङ्कन विधि

 

 

 

 

NESE ले लिने प्लेसमेन्ट सम्बन्धी परीक्षा मान्य, सही, तथा व्यापक माध्यम भएतापनि, प्लेसमेन्ट परीक्षाका साथै, हरेक विद्यार्थीको छुट्टा-छुट्टै क्षमता तथा सीप अनुसार नतीजा प्रकाश गर्नुपर्दछ। जस्तै उदाहरणका लागि, यदि शैक्षिक निर्देशकसँग कुरा गर्दा विद्यार्थीमा आत्म-विश्वास देखिदैन भने, उक्त विद्यार्थीलाई न्युन स्तरमा राख्न सकिन्छ। त्यसैगरि, कुनै विद्यार्थीले कक्षामा आफ्नो शिक्षक तथा शैक्षिक निर्देशकसँग आफ्ना उदेश्यहरूका बारेमा नडराइकन आरामले कुरा गर्न सक्छ भने, उक्त विद्यार्थीलाई उसको प्रारम्भिक न्युन स्तरको प्लेसमेन्टको सट्टा उच्च स्तरमा राख्न सकिन्छ। शैक्षिक निर्देशक तथा निर्देशकको कार्यालय विद्यार्थीको मद्दतका लागि सधैँ खुला रहनेछ। NESE र यहाँका विद्यार्थीहरूको एउटै साझा उदेश्य सिकाई शैलीको विकास गर्नु हो।

 

 

 

अन-गोइङ स्तर रीभ्यालुएसन

 

 

 

 

यदि तपाईं आफ्नो कक्षा स्तर, आवास गृह अथवा कार भाडामा लिने वा डेन्टिस्टको बारेमा जस्ता व्यवहारिक कुराहरूको बारेमा कुरा गर्न चाहनुहुन्छ भने, NESE का कर्मचारीहरू जुनसुकै समय पनि तपाईंको मद्दतका लागि उपलब्ध हुन्छन्। NESE को सिद्धान्त स्नेहपूर्ण तथा सहायताजनक वातावरणमा विद्यार्थीहरूका लागि बौद्धिक रूपमा चनुौतीपूर्ण गुणस्तरीय कार्यक्रम प्रदान गर्नु हो। तपाईंले कक्षाकोठा भित्र तथा बाहिर सहायताजनक तथा सुरक्षित वातावरण रहेको कुरा महसुस नगर्दासम्म यस्तो खाले वातावरणको सिर्जना गर्न सम्भव छैन्। NESE मा, हामी तपाईंको मद्दतका लागि सधैँ उपलब्ध छौं।

 

 

 

24 सै घण्टा परामर्श सेवा

 

 

 

NESE मा, हाम्रो उदेश्य हरेक विद्यार्थीको सिकाई क्षमतामा विकास हुने वातावरण सिर्जना गरेर NESE का सबै विद्यार्थीहरूलाई शैक्षिक स्तरमा सफल बनाउनु हो।

उत्कृष्ट विद्यालयहरूले जस्तोसुकै शैक्षिक क्षमता भएका विद्यार्थीहरूलाई पनि उनीहरूको उदेश्य हाँसिल गर्न सक्षम बनाउँछ। उत्कृष्ट विद्यालयहरूले सम्पूर्ण विद्यार्थीहरूलाई आ-आफ्ना बलिया पक्षहरूको विकास गर्न प्रोत्साहित गर्दछ। यसका साथै, NESE ले गुणस्तरीय पाठ्यक्रम तथा दक्ष शिक्षकहरू उपलब्ध गराउन बढी जोड दिन्छ, हामी यस कुरामा विश्वास गर्छौं कि हरेक विद्यार्थीहरूको लक्ष्य पूरा गर्न मद्दत गर्नका लागि हामीले आगामी दिनहरूमा पनि यी कुराहरूमा विशेष रूपमा ध्यान दिनुपर्छ। यसकारण, NESE ले हरेक विद्यार्थीलाई

उनीहरूको सिकाईको पृथक तरिका, उनीहरूको आवश्यकता तथा उदेश्य अनुसार एउटा छुट्टै व्यक्तिको रूपमा चिनाउने प्रणालीको रूपमा NESE वैयक्तिक भाषा सिकाई विधिको विकास गरेको छ।

स्तर, संस्कृति, उमेर, अथवा आवश्यकतालाई ध्यान दिए बिना, NESE वैयक्तिक भाषा सिकाई विधिले हरेक विद्यार्थीलाई चाँडोभन्दा चाँडो तथा प्रभावकारी तरिकाले अङ्ग्रेजी सिक्न तथा अमेरिकी संस्कृतिको बारेमा बुझ्न आवश्यक सहायता प्रदान गर्दछ।

NESE’s Personalized Language Acquisition Method

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।