NESE मा जीव

LIfe at NESE

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

Different Types of Housing for Different Types of Students

आवासको छनौट गर्न पाइने

तपाईंको आवश्यकता पूरा गर्न तैयार पारिएको

होमस्टेको बसाई

अमेरिकी परिवारिक जीवनको अनुभव
Living in a Homestay
An American Family Life Experience

NESE को अमेरिकी होमस्टे कार्यक्रम तपाईंलाई स्नेहपूर्ण तथा सहयोगी वातावरणमा अमेरिकी परिवारिक जीवनको अनुभव प्रदान गर्नका लागि बनाइएको हो। यो तपाईंको घर जस्तै हो। तपाईंको होमस्टे परिवारले तपाईंसँग मित्रतापूर्ण व्यवहारमा पेश आउनुका साथै तपाईंको ध्यान राख्छ र तपाईंले जानेको अङ्ग्रेजी बोल्ने तथा अमेरिकी संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

NESE ले होमस्टे परिवारहरू चयन कार्यमा पूर्ण सावधानी अपनाउँछ, र हामीले चयन गरेका परिवारहरूलाई विदेशी विद्यार्थीहरूको बारेमा राम्रो अनुभव छ। यहाँ, केही रीति रिवाज तथा चालचलनहरू संयुक्त राज्य भरी नै आम भए तापनि, एउटा “आदर्श अमेरिकी परिवार” को बारेमा वर्णन गर्न सकिदैन। संयुक्त राज्यको जीवन शैलीमा निकै विविधता पाइन्छ, र NESE ले यी विविधता हुनुका साथै NESE का विद्यार्थीहरूलाई आफ्नो परिवारमा राख्न चाहने होमस्टे प्रदान गर्दछ।

वास्तवमा भन्नुपर्दा, होमस्टेले व्यवहारिक रूपमा अमेरिकी संस्कृतिको अनुभव प्रदान गर्नुका साथै हामीलाई हाम्रा विद्यार्थीहरूका विभिन्न प्रकारका आवश्यकताहरू पूरा गर्न सक्षम बनाउँछ। जस्तै उदाहरणका लागि, NESE को होमस्टेमा एकल अभिभावक, अथवा आमा-बुवा दुबै, बालबालिका भएको अथवा नभएका, घर पालुवा जनावर (विशेष रूपमा बिरालो र कुकुर) भएका, धुम्रपान गर्न अथवा नगर्न दिने र विभिन्न जाति तथा धर्मका मानिसहरू हुन सक्छन्। अर्को शब्दमा भन्नुपर्दा, एउटा आदर्श होमस्टेले आजको संयुक्त राज्यको विशेषता झल्काउँछ।

हाम्रो परिवारहरूले विद्यार्थीहरूलाई नयाँ-नयाँ गतिविधिहरूको बारेमा सिकाउँछ। तपाईंले मैन बिचमा वाटर-स्कि, केप कोल्डमा समुद्री यात्रा, अथवा भर्मोन्टमा स्की सिक्न सक्नुहुन्छ। तपाईं वा तपाईंको परिवारको New England मा जे-जस्तो अनुभव गरेको भए तापनि, तपाईं आगामी दिनहरूमा पनि तपाईंको बीचमा राम्रो सम्बन्ध कायम रहनेछ भनी ढुक्क हुनुहोस्।

होमस्टेले निम्न सुविधाहरू प्रदान गर्नेछ
  • सफा, व्यवस्थित बस्ने वातावरण
  • ओछ्यान, डेस्क, बत्ति, लुगा राख्ने ठाउँ भएको (विद्यार्थीले मिलेर बस्ने नभन्दासम्म) एउटा निजी कोठा
  • हप्तामा सातै दिन नास्ता र खाना तथा हप्ताको एक दिन खाजाको सुविधा
  • हप्ताको एक पटक तन्ना तथा तौलिया फेर्ने
  • होमस्टेको लन्ड्री मेशीन प्रयोग गर्ने अनुमति (यदि होमस्टे परिवारमा मेशीन छ भने)
  • टेलिफोन (स्थानीय कल नि: शुल्क) र आन्सरिङ्ग मेशीनमा पहुँच
  • आरामदायक, सहयोगी वातावरण
होमस्टेले शायद निम्न सुविधाहरू प्रदान गर्न सक्दैन
  • सेविका सेवा
  • लन्ड्री सेवा
  • निजी TV/DVD/VCR
  • यातायात
  • विद्यार्थीलाई भेट्न आउने साथी तथा आफन्तहरूलाई सुत्ने व्यवस्था
  • विद्यालय खाजा लैजाने व्यवस्था
  • घरमा धुम्रपान गर्ने ठाउँ
NESE ले विभिन्न प्रकारका विद्यार्थीहरूका लागि निम्न तीन प्रकारको आवास गृहको व्यवस्था गरेको छ:

ग्रीन हल

पपेट हल

ली हल

30 वर्षभन्दा कम उमेरका विद्यार्थीहरूका लागि तैयार पारिएको

औषत उमेरका विद्यार्थीहरूका लागि तैयार पारिएको

अधिकारी तथा पेशाकर्मीहरूका लागि तैयार पारिएको

ग्रीन हलमा विद्यार्थीहरूलाई एक्लै तथा साथीसँग मिलेर बस्ने विकल्प सहित मनोरम आवास सुविधा प्रदान गर्दछ। प्रत्येक कोठामा टेलिभिजन, DVD प्लेयर, माइक्रोवेभ, र रेफ्रिजेरेटरको व्यवस्था छ। प्रत्येक कोठामा निजी टेलिभिजन, प्रत्येक विद्यार्थीका लागि छुट्टा-छुट्टै डेस्क,ड्रेसर, अलमारी, र समान राख्ने छुट्टै ठाउँको व्यवस्था छ। छात्रावासमा विद्यार्थीहरूलाई सेविका सुविधा, कोइनद्वारा सञ्चालित लण्ड्री सुविधा र विद्यार्थी प्रयोजनका लागि अन्य सुविधाहरू प्रदान गरिन्छ। छात्रावास शुल्कमा हरेक दिन नास्ता र खाना पनि सम्मिलित गरिएको हुन्छ।

ग्रीन हल विभिन्न सुविधाहरू सहित क्याम्ब्रिजको MIT (मासाचुसेट्स इन्सिट्युट अफ टेक्नोलोजी) नजिकै अवस्थित छ। यसको नजिकै किराना पसल तथा विभिन्न राम्रा-राम्रा रेष्टुरेन्टहरू छन्। यो सार्वजनिक यातायात पाइने स्थान नजिकै छ, हार्वर्ड क्षेत्रबाट बस अथवा रेलद्वारा कम्तिमा 15 मिनेट लाग्छ।

पपेट हल ऐतिहसिक शैलीमा बनेको आवासीय स्थान हो जसले विद्यार्थीहरूलाई खुला, स्नेहपूर्ण तथा शान्त वातावरण प्रदान गर्दछ।  सडकको किनार सुन्दर घर तथा पसलहरू छन् र पपेट हल हार्वर्ड विश्वविद्यालयको ल स्कूल नजिकै भएकाले, यो स्थान विद्यार्थी तथा परिवारका सदस्यहरू सबैका लागि परिचित छ। पपेट हल हार्वर्ड क्षेत्रबाट हिँडेर 25 मिनेट र सार्वजनिक यातायात मार्फत 15 मिनेट लाग्छ, यहाँ विद्यार्थीहरूले क्याफे, रेष्टुरेन्ट, किताबपसल, बार तथा सिनेमाहरूको आनन्द लिन सक्छन्।

ओछ्यान, ड्रेसर, डेस्क, बिछाउने लुगाका साथै हरेक कोठामा टेलिफोन, माइक्रोवेभ, रेफ्रिजेरेटर, TV, र DVD प्लेयर राखिएको छ र हाउसकिपरले दैनिक सामान्य ठाउँ तथा सुत्ने कोठा सफा गर्छन्। पपेट हलमा विद्यार्थीको लागि आरामदायक वातावरण प्रदान गरिन्छ जसमा विद्यार्थीहरू आरामले बस्नका साथै शान्तले पढाइ गर्न सक्छन् र बुस्टन तथा NESE मा रमाउन सक्छन्।

ली हल “पेशाकर्मीहरूका लागि मात्र” (30 वर्षभन्दा माथिका पेशाकर्मीहरूका लागि) बनाइएको हो। यो हल क्याम्ब्रिजको ऐतिहासिक जिल्लाको एउटा शान्त क्षेत्रमा अवस्थित छ। यहाँका सुन्दर घरसँगै सडकको किनारमा भएका रूखहरूले पेशाकर्मीहरूलाई बस्न तथा पढ्नका लागि मनोरम वातावरण प्रदान गर्दछ। यसका साथै, हार्वर्डबाट यहाँ पुग्न हिँडेर 12 मिनेट मात्र लाग्छ र यहाँबाट सजिलैसँग सार्वजनिक यातायात पाउन सकिन्छ।

ली हलमा डबल र सिङ्गल गरी दुबै खाले कोठाहरू छन्, र हरेक कोठामा छुट्टा-छुट्टै बाथरूम जोडिएको छ। यसका साथै, हरेक कोठामा एउटा टेलिफोन, एउटा माइक्रोवेभ, एउटा फ्रीज, एउटा TV र एउटा DVD प्लेयर राखिएको छ। यसको अतिरिक्त, भवन भरी नै तारविहीन इन्टरनेटको सुविधा पनि छ। ली हल पेशाकर्मीहरूका लागि उपयुक्त वातावरण सहित ठूलो र आरामदायक छ।

ग्रीन एक्जक्युटिभ सेन्टर

अधिकारी तथा पेशाकर्मीहरूका लागि तैयार पारिएको

ग्रीन एक्जक्युटिभ सेन्टर “पेशाकर्मीहरूका लागि मात्र” (30 वर्ष वर्षभन्दा माथिका पेशाकर्मीहरूका लागि) मात्र हो र यो NESE को ग्रीन हलमा छ।  यो मासाचुसेट्स इन्स्टि्युट अफ टेक्नोलोजीको वरिपरि फैलिएको छ र यसको नजिकै निकै राम्रा रेष्टुरेन्ट तथा स-साना किराना पसलहरू छन्। यसको अतिरिक्त, यहाबाँट बुस्टन सहरमा रहेको चार्ल्स नदी पुग्न हिँडेर पाँच मिनेट मात्र लाग्छ, र तपाईं बसद्वारा (वा हिँडेर) कम समयमै आफूले भनेको ठाउँमा पुग्नसक्नुहुन्छ, जस्तै बुस्टनको किनमेल गर्ने ठाउँ, न्युबरी सडक। ग्रीन एक्जक्युटिभ सेन्टर हार्वर्ड क्षेत्रबाट बस वा रेलद्वारा 15 मिनेट अथवा हिँडेर 20-25 मिनेट लाग्छ।

ग्रीन एक्जक्युटिभ सेन्टरमा पेशाकर्मी विद्यार्थीरूलाई एक अर्कालाई भेट्ने प्रोत्साहन दिनका लागि यहाँका कोठाहरूलाई उनीहरूका लागि उपयुक्त हुने गरी विभिन्न शैलीमा सजाइएको छ।  हरेक कोठामा एउटा टेलिफोन, एउटा माइक्रोवेभ, एउटा फ्रीज, एउटा TV र एउटा DVD प्लेयर राखिएको छ, र हाउसकिपरले दैनिक सामान्य ठाउँ तथा सुत्ने कोठाको सफाई गर्छन्। यसको अतिरिक्त, भवन भरी नै तारविहीन इन्टरनेटको सुविधा पनि छ। ग्रीन एक्जक्युटिभ सेन्टर पेशाकर्मीहरूका लागि उपयुक्त वातावरण सहित ठूलो र आरामदायक छ।

विद्यार्थी निवासको बसाई

साथीहरू बनाउनुहोस् र बुस्टनको जीवन शैलीको अनुभव प्राप्त गर्नुहोस्

वर्ष भरी नै, तपाईं छात्रावासमा बस्न सक्नुहुन्छ। तपाईं छात्रावासमा बस्नुहुन्छ भने, यहाँ तपाईंले आफ्नै उमेर समूहका अन्य साथीहरू बनाउनुका साथै बुस्टनको जीवन शैलीको बारेमा थाहा पाउने एउटा छुट्टै अवसर प्राप्त गर्नुहुनेछ। छात्रावासमा बस्ने विद्यार्थीहरूले पिजा नाइट, भिडियो नाइट, चार्ल्स नदी नजिक पिकनिक आदिको आनन्द लिन सक्छन्। छात्रावास निवासी भएकाले, तपाईंले विभिन्न थरिका तथा आफूले चाहेका व्यक्तिहरूसँग यी कार्यक्रमहरूमा सहभागी हुन सक्नुहुन्छ।

सबै छात्रावासहरू हार्वर्ड र MIT को नजिकै NESE बाट 15 मिनेटको दुरिमा अवस्थित छन्। सबै छात्रवासमा विद्यार्थीहरूलाई कोठामा ओछ्यान सहित सिङ्गल तथा डबल कोठाको छनौट गर्न सक्छन्, र हप्तामा हरेक दिन कोठाको सफाई, नास्ता तथा खानाको सुविधा प्रदान गरिन्छ।

विभिन्न प्रकारका विद्यार्थीका लागि विभिन्न प्रकारको आवास व्यवस्था

NESE लाई थाहा छ कि विभिन्न विद्यार्थीहरूको आवास सम्बन्धी फरक-फरक रोजाइ हुन्छ।  NESE लाई यो कुरा पनि थाहा छ कि यदि विद्यार्थी आफूले बसेको आवासमा आरामदायक छैन भने, उक्त विद्यार्थीले कक्षामा पढाईमा ध्यान दिन सक्दैन। यसको परिणामस्वरूप, हामी विद्यार्थीहरूलाई उनीहरूको रोजाइ अनुसार आवास प्रदान गर्ने प्रयास गर्दछौं।  त्यसैले, NESE ले अमेरिकी होमस्टे (छुट्टै कोठा, नास्ता तथा खानाको व्यवस्था सहित), पेशाकर्मी तथा विद्यार्थीहरूका लागि छुट्टा-छुट्टै छात्रावास (विद्यार्थीको रोजाइ अनुसार एक्लै बस्ने तथा दुई जना मिलेर वस्ने व्यवस्था, नास्ता र खाना सहित) को सुविधा प्रदान गर्दछ।

यी विकल्पहरू विद्यार्थीलाई घरभन्दा टाढा होमस्टेमा बस्दा प्रदान गरिने सुविधाहरू सम्बन्धी

मापदण्डहरू पूरा गर्नका लागि बनाइएका हुन्। NESE अवस्थित स्थान सरह, NESE को आवास पनि आकर्षक तथा वरिपरि छिमेकीहरू भएको, सार्वजनिक यातायातको नजिक तथा बुस्टनका निकै आकर्षक क्षेत्रहरूमा अवस्थित छ।

NESE ले विद्यार्थीले आफ्नो देश छोड्नुभन्दा पहिले नै आवास सम्बन्धी सम्पूर्ण व्यवस्था गरेको हुन्छ। जसले गर्दा उनीहरू छिटो आउन सक्छन् र एयरपोटबाट सिधै आ-आफ्नो आवासमा जान सक्छन्। भर्ना हुनका लागि, NESE मा पहिलो दिनदेखि नै उनीहरूले बुस्टन क्षेत्र निकै राम्रो र आरामदायक छ भनेर बुझ्नेछन्।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।