About NESE

NESE
को बारेमा

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

Anna Shine, Ed.M., Harvard University
Founder & President of NESE

NESE लाई अङ्ग्रेजी भाषा सिक्नका लागि उपयुक्त स्थान बनाउनमा शिक्षकहरूको महत्वपूर्ण योगदान छ।

त्यसैले हामी चाहन्छौं कि तपाईंलाई पनि उहाँहरूको बारेमा केही कुराहरू थाहा हुनुपर्छ।

Martha Hall, Ed.M., Harvard University
Director of NESE
NESE Teachers
NESE Staff
NESE का शिक्षकहरू

NESE को एउटा आफ्नै छुट्टै इज्जत छ जसले गर्दा हार्वर्ड, याले तथा कोलम्बिया लगायतका संयुक्त राज्यका नाम चलेका विश्वविद्यालयबाट ग्रेजुएट अथवा एड्भान्स डिग्री प्राप्त गरेका शिक्षकहरूलाई आफूप्रति आकर्षण गर्न सक्षम छ।

NESE का शिक्षकहरूको आफ्नै देश भित्रको तथा विदेशी शिक्षण अनुभव सहितको निकै राम्रो शैक्षिक पृष्ठभूमि छ।  उनीहरू पर्याप्त शिक्षण अनुभव सहित निकै प्रतिभाशाली छन् र उनीहरूलाई NESE मा पढाउनका लागि चयन गर्नुको कारण उहाँहरूको दक्षता र शिक्षा प्रतिको समर्पण हो।

हाम्रो विद्यालयका शिक्षकहरू निकै सम्मानित अथवा दक्ष भएकाले उनीहरूलाई अन्य अङ्ग्रेजी शिक्षकहरूलाई प्रशिक्षण दिने गर्दछन्।

NESE का कर्मचारी

NESE स्थापना भएदेखि नै यसले विशेष पेशाकर्मीहरूलाई आफूप्रति आकर्षण गर्न सफल भएको छ, र यसका लागि यहाँका हरेक कर्मचारीहरूको ठूलो योगदान छ जसले अङ्ग्रेजी भाषा सिक्नका लागि NESE लाई अरूभन्दा भिन्न बनाएका छन्। हाम्रो केही कर्मचारीहरू 15 वर्षदेखि NESE मा कार्यरत छन् भनी भन्न पाउँदा निकै गर्व महसुस गर्छौं।

NESE मा जो जतिसुकै समयदेखि कार्यरत भएतापनि, हाम्रा सबै कर्मचारीहरू NESE सँग संलग्न सबै व्यक्तिहरूका लागि उपयुक्त वातावरणको सिर्जना गरेर विद्यालयलाई मद्दत गर्न तथा यहाँका विद्यार्थीहरूलाई जतिसक्दो धेरै ज्ञान प्रदान गर्नका लागि समान रूपमा प्रतिबद्ध छन्।

तपाईंको अङ्ग्रेजी सिक्ने सपना साकार पार्ने उदेश्यले NESE मा तपाईंलाई अहिलेसम्मकै सबैभन्दा राम्रो अनुभव प्रदान गर्नका लागि हाम्रो विद्यालय कठीन मेहनत गर्दछ भन्ने कुरा तपाईं यस विद्यालयको रिसेप्सन डेस्कमा प्रवेश गरेदेखि नै महसुस गर्नुहुनेछ।

“म लगभग 20 वर्षअघि शैक्षिक निर्देशकको रूपमा NESE मा नियुक्त हुँदा, मेरो पोजिसन केही समयको लागि भएपनि एकदमै चुनौतीपूर्ण तथा मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण चरण हुनेछ भनी मलाईं थाहा थियो। जबकि त्यो समयमा मलाईं लागेको थिएन कि म NESE मा पढ्न तथा काम गर्नका लागि निकै सक्रिय तथा विशिष्ट खाले वातावरण प्राप्त गर्छु होला भनी सोचेकी थिइन तर अहिले यहाँको यही वातावरणले गर्दा मलाईं यतिका वर्षसम्म यहीँ रहन बाध्य बनायो। मैले NESE मा काम गर्न सुरू गर्नु अघि नै, अन्य नाम चलेका इङ्गलिस स्कूलहरूमा काम गरेर अनुभव प्राप्त गरिसकेकी थिए; NESE मा मेरो नयाँ पोजिसन मेरो शिक्षक बन्ने लक्ष्य बन्नेछ भनी मैले कल्पना पनि गरेकी थिइन। आज, यस संस्थाको सञ्चालकको रूपमा, मेरो एउटा उदेश्य NESE का विद्यार्थीहरू तथा यहाँका कर्मचारीहरूका लागि यस्तै स्नेहपूर्ण तथा उत्प्रेरणादायक वातावरण बनाइराख्ने हो, जसले गर्दा NESE लाई अङ्ग्रेजी सिक्नका लागि पृथक तथा उत्कृष्ट स्थानको रूपमा परिचित गराउँछ।”

“मैले NESE स्थापना गर्दा मैले अङ्ग्रेजी भाषा सम्बन्धी उच्च गुणस्तरको कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीहरूले अङ्ग्रेजीका साथै अन्य भाषाहरू पनि सिक्न सक्ने वातावरणको सिर्जना गर्ने उदेश्य राखेकी थिए; म यहाँ स्नेपूर्ण, सहनशीलता, र एक-अर्का प्रति सहानुभूतिको भावना भएको वातावरण सिर्जना गर्न चाहन्थे। NESE स्थापना गरेदेखि, मैले NESE को लक्ष्य पूरा गर्नका लागि कठीन मेहनत गरेकी छुँ। Edgerton को प्रख्यात मिल्क ड्रप फोटोमा देखाए जस्तै, मैले पनि NESE मा हाम्रो विद्यार्थीहरूको अधिकतम लाभका लागि दक्ष कर्मचारी तथा शिक्षकहरू राखेकी छूँ। NESE मा 15 वर्ष सेवा गरिसकेका यहाँका कर्मचारीहरू, मैले NESE को लक्ष्यको बारेमा कुराकानी गरेका सम्पूर्ण व्यक्तिहरूको सहायताले, NESE ले आफ्नो एउटा छुट्टै ख्याति प्राप्त गरेको छ। यसकारण, NESE पनि एउटा छुट्टै, विश्वस्तरीय शैक्षिक संस्था बनेको छ जहाँ विद्यार्थीहरू विभिन्न कुराहरू सिक्न, विकास गर्न तथा आजीवन सम्बन्ध बनाउन गर्न सक्छन्। तपाईंलाई हाम्रो यस संस्थामा स्वागत गर्ने प्रतिक्षामा छुँ।”

Anna Shine, Ed.M., हार्वर्ड विश्वविद्यालय
NESE का संस्थापक तथा अध्यक्ष

Anna Shine, एउटा सफल तथा ख्याति प्राप्त शिक्षाकर्मी हुनुहुन्छ, उहाँले हार्वर्ड विश्वविद्यालयबाट शिक्षा संकायबाट स्नातकोत्तर र मिचिगन विश्वविद्यालयबाट मनोविज्ञानबाट स्नातक गर्नुभएको हो। हार्वर्डमा अध्ययनरतको समय, Ms. Shine ले विद्यालयलाई कसरी सफल बनाउने तथा प्रभावकारी सिकाईको विशेषताहरू के-के हुन् भन्ने बारेमा अध्ययन गर्नुभएको थियो।  NESE स्थापना गरेर उहाँलाई सिद्धान्तहरूलाई प्रयोगमा ल्याउने अवसर प्राप्त भयो, र यही कारणले, उहाँले NESE को स्थापना गर्नुभएको हो, एउटा यस्तो विद्यालय जुन यसको विशिष्ट सुविधाहरूको कारण यसलाई अन्यभन्दा भिन्न बनाएको छ।

Ms. Shine ले संयुक्त राज्य तथा युरोप दुबैमा अङ्ग्रेजी भाषा शिक्षण तथा अङ्ग्रेजी भाषा सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको छ। उहाँले प्रतिष्ठित मासाचुसेट्स (Massachusetts) अस्पतालमा अङ्ग्रेजी भाषा सम्बन्धी कार्यक्रमको विकास तथा सञ्चालन गर्नुभएको थियो। हालै, Ms. Shine लाई NESE सञ्चालन गरेवाफत बुस्टन कलेजद्वारा, “Top 100 Women-Led Massachusetts Organizations” पुरस्कारद्वारा सम्मानित गरिएको थियो। Ms. Shine ती 100 जना मध्ये 11औं स्थानमा पर्नुभएको थियो, र यो पुरस्कार प्राप्त गर्ने उहाँ एउटा मात्र शिक्षक हो।

Ms. Shine ब्रिटिस हुन् तर उहाँ संयुक्त राज्य (हवाई, केन्टकी, मिचिगन, न्युयोर्क, म्यासाचुसेट्स), युरोप (जर्मनी, फ्रान्स, बेलायत, स्कटलेण्ड, वेल्स), दक्षिण अमेरिका (अर्जेन्टिना, ब्राजिल) र दक्षिण एट्लान्टिक महासागर (सेन्ट हेलेना) मा बस्नुभएको छ। जसले गर्दा, उहाँले पनि एउटा विदेशी विद्यार्थीले भोग्नुपर्ने भाषा तथा संस्कृति सम्बन्धी समस्या भोग्नुभएको छ। र कुनै पनि भाषा सिक्नका लागि उक्त देशको संस्कृतिको बारेमा पनि थाहा पाउनु किन आवश्यक छ भनी उहाँ बुझ्नुहुन्छ। उहाँको दक्षता, अनुभव, र अनुभूतिले गर्दा उहाँले NESE को स्थापना गर्नुभयो, जसलाई उत्कृष्ट शिक्षा प्रदायक विद्यालयको रूपमा चिनिन्छ र यो विद्यालय यस क्षेत्रमा सबैभन्दा अग्र स्थानमा छ।

Martha Hall, Ed.M., हार्वर्ड विश्वविद्यालय
NESE का सञ्चालक

Martha Hall हार्वर्ड विश्वविद्यालयको प्रख्यात विद्यालय ग्रेजुएट स्कूल अफ एजुकेसनबाट प्रशिक्षण लिनुभएको हो। उहाँ स्कटलेण्डको सेन्ट एन्ड्रू विश्वविद्यालयमा दोस्रो भाषाको रूपमा अङ्ग्रेजी भाषाको प्रशिक्षणको दौरान अझ बढी चिनिनु भयो। हालै, Ms. Hall लाई उहाँको विशिष्ट प्रतिभाको कारण, उहाँलाई सबैभन्दा प्रचलित तथा सबैभन्दा बढी बिक्री हुने ESL व्याकरण माला तथा अण्डरस्ट्यान्डिङ एण्ड युजिङ इङ्गलिस ग्रामर बाइ बीटि एजर (Understanding and Using English Grammar by Betty Azar) व्याकरण मालामा शिक्षकका लागि गाइड लेख्न तथा सम्पादन गर्नका लागि नियुक्त गरिएको छ।

Ms. Hall को शैक्षिक पृष्ठभूमि र 20 वर्षभन्दा बढी समय अङ्ग्रेजी दोस्रो भाषा कार्यक्रममा उहाँको मुख्य भूमिकाले उहाँले दोस्रो भाषाको सिकाई तथा पाठ्यक्रमको विकास बारे अधिक ज्ञान हासिल गर्नुभएको छ। समग्रमा, Ms. Hall को अन्तर्राष्ट्रिय अनुभवले गर्दा उहाँलाई नविन तथा प्रभावकारी पद्दतिहरूमा पहुँच गराएको छ। जसले गर्दा,  Ms. Hall NESE का सम्पूर्ण विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूका लागि प्रशंसाको पात्र बन्नुभएको छ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।