About NESE

NESE
को बारेमा

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

The New England School of English

एउटा उत्कृष्ट विद्यालय

NESE को धारणामा निम्न कुराहरू उल्लेख गरिएको हुन्छ:

  • उत्कृष्ट कक्षाकोठाको प्रतिबद्धता
  • पाठ्यक्रमलाई चुनौतीपूर्ण तथा उत्प्रेरक बनाउने व्यवस्था
  • NESE मा आउने हरेक विद्यार्थीको एउटा आफ्नै छुट्टै दक्षता, आवश्यकता, र उदेश्य हुन्छ भन्ने पहिचान भएको
  • स्नेहपूर्ण तथा सहायताजनक सिक्ने वातावरणको महत्वको बारेमा राम्रो ज्ञान भएको
  • हरेक विद्यार्थी सफल हुन्छ भन्ने विश्वास भएको
  • स्नेहपूर्ण तथा सहानुभूतिको भावना भएको
  • आफूले सिकिरहेको भाषाको सभ्यताको (1) बारेमा थाहा नपाउँदासम्म पूर्ण रूपमा भाषा सिक्न सकिदैन भन्ने सचेतना
  • अङ्ग्रेजी भाषा सिक्नका लागि विशेष अवसर सिर्जना गर्ने अभिलाषा भएको

NESE का विशेष गुणहरू:

नियोजित रूपमा एउटा मात्र स्थानमा अवस्थित
सबैलाई सम्मान

एउटा मात्र NESE अवस्थित छ (हार्वर्ड क्षेत्रमा), शिक्षाकर्मीहरूको कारण यस विद्यालयको वातावरण अन्यभन्दा पृथक तथा विशिष्ट प्रकारको छ, र यसै अनुसार यसको सम्बोधन गर्नुपर्छ भनी हामी बुझ्छौं। सम्पूर्ण क्रियाकलापहरू एउटै स्थानमा सञ्चालन गरेर, हामी हाम्रा विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न सक्छौं। शैक्षिक अनुसन्धानले एउटा मात्र स्थानमा अवस्थित यस विद्यालयको हालको प्रतिभाशाली सञ्चालकको महत्वलाई दर्शाउछ र NESE का संस्थापकले विद्यालयको सम्पूर्ण जिम्मेवारी लिएको छ र NESE ले दैनिक रूपमा शैक्षिक मापदण्डहरूको पालना गरेको छ कि छैन भनी सुनिश्चित गर्दछ।

NESE मा विश्वका 100 भन्दा बढी देशका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू अध्ययनरत तथा कार्यरत छन्। उनीहरू विभिन्न धर्म, भिन्ना-भिन्नै जातिय समूहबाट हुँनुका साथै, सक्षम र असक्षम दुबै प्रकारका व्यक्तिहरू सम्मिलित छन्। संयुक्त राज्यमा विभिन्न जाति, धर्म बिच भिन्नता भएतापनि, NESE पहिले देखि नै सबैलाई समान रूपमा अङ्ग्रेजी सिकाउने कुरामा प्रतिबद्ध छ - हामी एक-अर्का बिचको घृणा, असहिष्णुता, र भेदभाव हटाउने कुरामा प्रतिबद्ध रहनेछौं। विद्यार्थीहरूले NESE मा पढाई पूरा गरेपछि, विद्यार्थीहरू उनीहरूको अङ्ग्रेजीमा सुधार भएको भनी सुनिश्चित हुनुका साथै, हामी एउटै मानविय जाती अन्तर्गत पर्दछौं, र एक-अर्का प्रति सम्मान सहित एकसाथ छौं भन्ने भावनाको विकास हुन्छ।

समग्रमा भन्नुपर्दा, संस्थापकको उदेश्य उत्कृष्ट कक्षाकोठाको प्रतिबद्धता, हरेक विद्यार्थी सफल हुन्छ भन्ने आत्म-विश्वास विकास गर्ने, प्रत्येक विद्यार्थीको विशेष प्रकारको आवश्यकता तथा उदेश्यहरू उसको सफलताको अत्यधिक महत्वपूर्ण भाग हो र स्नेह तथा सहानुभूतिमा यसको विश्वास भएको र सबै मानिसहरूलाई समान सम्मानको भावना भएको वातावरणको सिर्जना गर्ने थियो। अर्को शब्दमा भन्नुपर्दा, उनको उदेश्य अङ्ग्रेजी भाषा सिकाउन उत्कृष्ट सेवा प्रदान गर्ने तथा संस्कृति सम्बन्धी प्रशिक्षण प्रदान गर्ने र अङ्ग्रेजी सिक्नका लागि अतिेरिक्त अवसरहरूको सिर्जना गर्ने थियो।

(1) नोटः

 हामी यससँग सम्बन्धित निम्न दुई उदाहरणहरूद्वारा स्पष्ट पार्न पाउँदा खुशी छौं:

  1. संयुक्त राज्यमा, “सर तपाईं मलाईं मद्दत गर्न सक्नुहुन्छ”, वाक्य व्याकरणिय रूपमा रूपमा सही मानिन्छ, तर यसलाई यहाँका निवासीहरूले यसरी बोल्दैनन्।  यसको सट्टा हामी व्यक्तिको नाम प्रयोग गर्दछौं।  जस्तै यसलाई, “जोन, तपाईं मलाईं मद्दत गर्न सक्नुहुन्छ” भनिन्छ।
  2. अझ बेलायतमा यसलाई पनि गलत मानिन्छ किनभने बेलायतमा हरेक कुरामा प्रायः “कृपया” शब्दको प्रयोग गरिन्छ। संयुक्त राज्यमा, “जोन, तपाईं मलाईं मद्दत गर्नसक्नुहुन्छ” सही मानिन्छ, तर बेलायतमा “सर, कृपया तपाईं मद्दत गर्न सक्नुहुन्छ” भन्नैपर्छ।

NESE लाई भिन्न तथा विशिष्ट बनाउने धारणा

New England School of English अन्तर्राष्ट्रिय धारणा भएको शिक्षाकर्मीहरूद्वारा स्थापना गरिएको हो, एउटा यस्तो धारणा जसले NESE को दैनिक कार्यक्रमहरूलाई मार्गदर्शन गरेर तथा विद्यालयमा एउटा छुट्टै विशेष वातावरण सिर्जना गरेर यस विद्यालयलाई सञ्चालन गरेको हुन्छ।

विद्यार्थीहरूले NESE मा प्रवेश गरेदेखि नै यहाँको यस स्नेहपूर्ण वातावरणको अनुभव गर्नेछन्

र उनीहरूले यस विद्यालयमा गरेका हरेक क्रियाकलापले पछि विद्यालय छाडेर जाँदा भावुक बनाउँनेछ।

विद्यालयलाई अरूभन्दा भिन्न तथा विशिष्ट बनाउन विद्यार्थीहरूले पालना गर्नुपर्ने शैक्षिक मापदण्डहरू अनुसार विशेष वातावरण सिर्जना गरिन्छ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।