NESE Programs

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

NESE मा
पेशाकर्मीहरूका लागि

मेनु

उत्कृष्ट विद्यालयहरूले सबै विद्यार्थीहरूलाई उनीहरूको उदेश्य पूरा गर्न सक्रिय बनाउँछन्

उत्कृष्ट विद्यालयहरूले विद्यार्थीहरूलाई सफलताका लागि प्रेरणा प्रदान गर्छ

Nese English Courses for Students
Nese - Courses divided by level
Nese - Courses Divided by age
किनकि विद्यालयले फरक-फरक सीप अनुसार फरक-फरक स्तरको व्यवस्था गर्दछ (जस्तै उदाहरणका लागि):
  • स्तर 6 का लागि व्याकरण, स्तर 6 का लागि स्पिकिङ एण्ड लिस्टिङ र स्तर 6 का लागि पठन तथा लेखन
  • स्तर 6 का लागि व्याकरण, स्तर 4 का लागि स्पिकिङ एण्ड लिस्टिङ र स्तर 5 का लागि पठन तथा लेखन
  • स्तर 6 का लागि व्याकरण, स्तर 8 का लागि स्पिकिङ एण्ड लिस्टिङ र स्तर 8 का लागि पठन तथा लेखन
किनकि विद्यालयले तपाईंको रोजाइ अनुसार आवासको व्यवस्था गर्दछ
  • अमेरिकी परिवारसँग बस्न चाहने विद्यार्थीहरूका लागि होमस्टेको सुविधा
  • स्वतन्त्र भएर बस्न चाहने विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था - (उमेर समूह अनुसार छुट्याइएको छात्रावास पनि)
किनकि विद्यालयले NESE भित्र विद्यार्थीहरूका लागि उपयुक्त वातावरण कायम राख्छ
  • विद्यार्थीलाई विश्रामको लागि लकर, सोफा, र जम्बो स्क्रिन TV सहित विद्यार्थी लज बनाइएको हो।
  • विद्यार्थीहरूका ठूलो कम्प्युटर लज
  • माथि उल्लेखित कुराहरूको अतिरिक्त, NESE ले इन्टेन्सिभ TOEFL® तैयारी पाठ्यक्रम, विश्वविद्यालयका लागि आवश्यक तैयारी कक्षा, र हरेक सत्र संस्थागत TOEFL® परीक्षा आदि सुविधा प्रदान गर्दछ।
किनकि विद्यालयलाई थाहा छ कि उमेर समूह अनुसार कक्षा विभाजन गर्नु आवश्यक छ(1)
  • हरेक विद्यार्थीलाई प्रत्येक विषयमा 1 देखि 10 स्तरमा राखिनेछ
  • हरेक वियषको कक्षा उमेर समूह अनुसार विभाजन गरिन्छ
  • विद्यार्थीहरू आफ्नै उमेर समूहका विद्यार्थीहरूसँग बसेर पढ्नेछन्
  • विद्यार्थीहरू उनीहरूको उमेर समूहमा पढाइने शिक्षण विधिमा विशेज्ञता प्राप्त गरेका शिक्षकहरूद्वारा पढाइनेछ
किनकि यस विद्यालयले विभिन्न प्रकारका क्रियाकलापहरू छनौट गर्ने अवसर प्रदान गर्दछ
  • दैनिक ट्रिप
  • हप्तामा एक दिन ट्रिप
  • विद्यार्थीका लागि उपयुक्त क्लब
NESE को विश्वविद्यालयमा प्लेसमेन्ट सम्बन्धी सेवाहरू (NUPS) को कारण
  • एक्टेन्सिभ शैक्षिक परामर्श
  • विश्वविद्यालयको स्रोत पुस्तकालय
  • भविष्यमा संयुक्त राज्यमा पढाई गर्ने उदेश्य भएका विद्यार्थीहरूको मद्दतका लागि विभिन्न कार्यशालाहरू
  • विभिन्न विश्वविद्यालयसँग विशेष सम्बन्ध, जसले औपचारिक TOEFL को अङ्क बिना नै NESE का योग्य विद्यार्थीहरूलाई भर्ना गर्दछ।
किनकि विद्यालयले हरेक सत्रमा संस्थागत TOEFL® परीक्षा लिन्छ

NESE संस्थागत TOEFL® परीक्षामा सहभागी हुनाले NESE का विद्यार्थीहरूलाई धेरै कुराहरूमा फाइदा पुर्‍याउँछ। सम्पूर्ण ETS परीक्षाहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छन्, NESE ले यो परीक्षा हरेक 4 हप्तामा लिने गर्दछ, NESE का विद्यार्थीहरूले आफ्नो उपलब्धि सजिलैसँग बाहिर प्रदर्शन गर्न सक्छन्। हरेक सत्रमा यस परीक्षामा सहभागी हुनाले, विश्वविद्यालयसँग आवद्ध NESE का विद्यार्थीहरूलाई उनीहरूले छनौट गरेको संस्थामा आवश्यक मानिने औपचारिक TOEFL® परीक्षाका लागि अभ्यास गराउँछ। जबकि, भाग्यवश, NESE का NUPS साझेदार संस्थाहरूले औपचारिक TOEFL® को सट्टा NESE को संस्थागत TOEFL® परीक्षालाई मान्यता दिएको छ। विद्यालयले लामो समय देखि TOEFL® पाठ्यक्रम पढाइ रहेको हुनाले तथा संस्थागत परीक्षा प्रदान गरिरहेको हुनाले, NESE का विद्यार्थीहरूलाई यसबाट फाइदा हुनेछ र यस क्षेत्रमा हाम्रो अनुभवको कारण, NESE का विद्यार्थीहरू सफलताका लागि सधैँ तयार रहनेछन्।

(स्तर 5 पूरा गरेको अथवा स्तर 6 मा प्रारम्भिक प्लेसमेन्ट पूरा भएको हुनुपर्छ)

पूर्णतया भाषिक तथा सांस्कृतिक भिन्नता भएको

NESE मा विद्यार्थीले एकभन्दा धेरै भाषाहरू सिक्छन्; उनीहरूले भाषा सिक्नुका साथै अमेरिकाको संस्कृतिको बारेमा पनि सिक्दछन्। विद्यार्थीहरूले कक्षामा उपस्थित हुनु पूर्व आवश्यक किताबहरू अनिवार्य रूपमा ल्याउनुपर्छ, र ती किताबहरूबाट नै गृहकार्य दिइने भएकाले विद्यार्थीहरूले राम्रो तैयारी गर्नुपर्छ। कक्षामा, उनीहरूले पत्र-पत्रिका तथा म्यागजीनहरू पढ्ने, DVD हेर्ने, अभिनय गर्ने, कम्प्युटर प्रयोगशालामा जाने र अमेरिकीहरूसँग कुराकानी गर्ने जस्ता क्रियाकलापहरू गर्नेछन्। NESE ले विद्यालयमा अङ्ग्रेजी मात्र बोल्ने नियम लगाएको छ, जसले गर्दा विद्यार्थीहरूलाई हरेक क्षण तथा हरेक दिन अङ्ग्रेजीमा सुधार गर्न मद्दत गर्छ। NESE को इन्टेन्सिभ कार्यक्रमले विद्यार्थीहरूलाई अमेरिकी अङ्ग्रेजी बोल्न तथा यहाँको संस्कृतिको बारेमा सिकाउँछ, विद्यार्थीहरूलाई जतिसक्दो चाँडो भाषा सिक्ने वातावरण प्रदान गरिनेछ।

NESE निम्न कारणहरूले गर्दा एउटा उत्कृष्ट विद्यालय मानिन्छ:

किनकि यो विद्यालय शिक्षकद्वारा नै स्थापना तथा व्यवस्थित गरिएको थियो

NESE ले यो कुरा बुझेको हुन्छ कि विद्यार्थीहरूको आ-आफ्नै छुट्टै आवश्यकता तथा उदेश्यहरू हुन्छन् जुन पेशाकर्मीहरूभन्दा फरक छन्। यसका साथै, दुई जना विद्यार्थीहरूको एउटै हुँदैनन्, उनीहरूको आ-आफ्नै सिकाइ शैली, उदेश्य, बलियो पक्ष तथा आ-आफ्नै कमजोरीहरू

हुन्छन्। यी व्यक्तिगत भिन्नताहरूलाई ध्यानमा राखी सेवा-सुविधा प्रदान गर्नु नै NESE को खास विशेषता हो, जसले गर्दा NESE का विद्यार्थीहरूले आफूलाई राम्रो सहायता प्राप्त भएको महसुस गर्दछन्।

आफ्नो लागि उपयुक्त कार्यक्रम छनौट गर्न

इन्टेन्सिभ कार्यक्रम

हरेक हप्ताको पाँच दिन बिहान 9 बजेदेखि दिउँसो 3:15 सम्म

NESE को 10 स्तर सहितको इन्टेन्सिभ कार्यक्रम संयुक्त राज्यमा सिकाइ सम्बन्धी विभिन्न अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि उपयुक्त छ। यो कार्यक्रम चुनौतीपूर्ण भएतापनि विद्यार्थीहरूले छिटै सिक्छन्। विद्यार्थीहरूलाई एउटा उत्कृष्ट इन्टेन्सिभ कार्यक्रम प्रदान गर्न प्रत्येक कक्षा कुनै नियोजित अन्तराल बिना 90 मिनेटको हुन्छ। हरेक विद्यार्थीले समयमा कक्षामा उपस्थित हुन, गृहकार्य गर्न, र विद्यालय क्षेत्र भित्र अङ्ग्रेजी बोल्न अपेक्षा गरिएको छ।

सेमि-इन्टेन्सिभ कार्यक्रम

हरेक हप्ताको पाँच दिन बिहान 9 बजेदेखि दिउँसो 12:30 सम्म

NESE को 10 स्तर सहितको सेमि-इन्टेन्सिभ कार्यक्रम खासमा अङ्ग्रेजीमा सुधार गर्न चाहने विद्यार्थीहरूका लागि हो तर जीवनका अन्य विभिन्न पक्षहरूमा पनि संयुक्त राज्यमा यसको महत्व त्यति नै छ। यो कार्यक्रम दैनिक आधा दिनसम्म मात्र हुने भएकाले, विद्यार्थीहरूसँग आफूलाई इच्छा भएका अन्य कामहरू पूरा गर्ने समय हुन्छ। सेमि-इन्टेन्सिभ कार्यक्रममा सहभागी हुने NESE का विद्यार्थीहरूलाई छात्रावास अथवा होमस्टे मध्ये एउटा छनौट गर्ने, हप्तामा एकपटक घुम्न जाने, विद्यार्थी क्लबमा सहभागी हुने तथा निः शुल्क इ-मेल तथा इन्टरनेट जस्ता NESE का सुविधाहरू प्राप्त गर्नेछन्। यस कार्यक्रममा सहभागी हुने विद्यार्थीहरू कक्षा समयभन्दा अन्य खाली समयमा पढाई गर्न, अङ्ग्रेजी प्रशिक्षण सम्बन्धी  CD हरू सुन्न, अथवा NESE मा भएका भिडियोहरू हेर्नका लागि यहाँ आउन सक्छन्।

(1) नोट:

यदि कक्षामा थोरै मात्र विद्यार्थीहरू छन् भने, कक्षा उमेर समूह अनुसार विभाजित गरिने छैन।

Nese - Complete Linguistic and Cultural Immersion

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।