NESE नै किन

Why NESE - Curriculum

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

AT NESE, CLASSES ARE DIVIDED BY UNIQUE STUDENT PROFILES

कहिले पनि आफू गलत ठाउँमा भएको जस्तो महसुस नगर्नुहोस्

NESE मा, कक्षाहरू विद्यार्थीको पृथक प्रोफाइल अनुसार विभाजन गरिन्छ

सम्मानित शैक्षिक कार्यक्रम

Personalized Language Acquisition Method
Rigorous 90-Minutes Classes and Complete Linguistic and Cultural Immersion
वैयक्तिक भाषा सिकाई विधि

NESE को एउटा खास विशेषता भनेको यसको विद्यार्थी केन्द्रित शिक्षणको सिद्धान्त हो। यो सिद्धान्त विद्यार्थीले आफू आफ्ना निश्चित आवश्यकताहरू पूरा गर्ने कक्षामा पढिरहेको छु भनेर स्वयं आभास गर्दा उनीहरूलाई आफ्नो लक्ष्य हासिल गर्न सजिलो हुन्छ भन्ने बुझाइमा आधारित छ।

अधिकांश विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषामा आफू कुनै एउटा क्षेत्रमा अरूमा भन्दा कमजोर छु जस्तो लाग्छ (जस्तै, उनीहरूलाई आफू लेख्नमा भन्दा बोल्नमा राम्रो छु जस्तो लाग्न सक्छ)। यद्यपि, धेरैजसो अङ्ग्रेजी भाषा कार्यक्रमहरूमा, विद्यार्थीहरूको सीपको प्रारम्भिक मूल्याङ्कनको नतीजा वा विद्यार्थी स्वयंले पहिचान गरेका आफ्ना बलिया र कमजोर पक्षहरूलाई ध्यान दिए बिना, प्रत्येक भाषा सीपको लागि उनीहरूलाई उही स्तरमा राखिन्छ।

तथापि, NESE ले यसको विद्यार्थी केन्द्रित सिद्धान्त लागू गर्दै भाषिक सीपमा विद्यार्थीको निश्चित तथा प्रायः असमान बलिया तथा कमजोर पक्षहरूलाई ध्यानमा राखेर यसको प्लसमेन्ट परीक्षा र साथसाथै कार्यक्रमहरूलाई नियोजित ढङ्गले डिजाइन गरेको छ। वस्तुनिष्ठ मापनहरू र विद्यार्थी आफैले गरेको मूल्याङ्कनको नतीजालाई संयुक्त रूपमा प्रयोग गरेर प्रत्येक विद्यार्थीलाई वैयक्तिक भाषा सिकाई विधि निर्दिष्ट गरिन्छ। यो विधि उनीहरूको आवश्यकता अनुसार संरचित हुन्छ।

लामो 90 मिनेटका कक्षाहरू र पूर्ण भाषिक तथा सांस्कृतिक शिक्षण

NESE शैक्षणिक अनुसन्धानको आधारमा स्थापना भएको थियो। सो अनुसन्धानमा कक्षाको समय लामो हुँदा विद्यार्थीलाई फाइदा हुने देखिएको थियो।  त्यसकारण, 45 वा 50 मिनेटको कक्षा सञ्चालन गर्ने अधिकांश विद्यालयहरूभन्दा फरक,  NESE मा सबै कक्षाहरू नियोजित रूपमा 90 मिनेटको हुन्छन् र बीचमा कुनै विश्राम अवधि हुँदैन। यसले गर्दा विद्यार्थीहरूलाई भाषा सिक्नका लागि उपयुक्त वातावरण प्रदान गर्दछ।

NESE मा विद्यार्थीले एकभन्दा धेरै भाषाहरू सिक्छन्; उनीहरूले भाषा सिक्नुका साथै अमेरिकाको संस्कृतिको बारेमा पनि सिक्दछन्। विद्यार्थीहरूले कक्षामा उपस्थित हुनु पूर्व आवश्यक किताबहरू अनिवार्य रूपमा ल्याउनुपर्छ, र ती किताबहरूबाट नै गृहकार्य दिइने भएकाले विद्यार्थीहरूले राम्रो तैयारी गर्नुपर्छ। कक्षामा, उनीहरूले पत्र-पत्रिका तथा म्यागजीनहरू पढ्ने, भिडियो हेर्ने, अभिनय गर्ने, कम्प्युटर प्रयोगशालामा जाने र अमेरिकीहरूसँग कुराकानी गर्ने जस्ता क्रियाकलापहरू गर्नेछन्। NESE ले विद्यालयमा अङ्ग्रेजी भाषा मात्र बोल्ने नियम लगाएको छ, जसले गर्दा विद्यार्थीहरूलाई हरेक क्षण तथा हरेक दिन अङ्ग्रेजीमा सुधार गर्न मद्दत गर्छ। NESE को इन्टेन्सिभ कार्यक्रमले विद्यार्थीहरूलाई अमेरिकी अङ्ग्रेजी भाषा बोल्न तथा यहाँको संस्कृतिको बारेमा सिकाउँछ, विद्यार्थीहरूलाई जतिसक्दो चाँडो भाषा सिक्ने वातावरण प्रदान गरिन्छ।

NESE को वैयक्तिक भाषा सिकाई विधिको बारेमा थप जानकारीका लागि, कृपया यहाँ क्लिक गर्नुहोस्।

नोटः

(1) ऐच्छिक पाठ्यक्रमहरू - निः शुल्क (2) विद्यालय समय सकिएपछि पढाई हुने पाठ्यक्रमहरू - अतिरिक्त शुल्क लाग्छ

विद्यार्थीका कार्यक्रमहरू

NESE ले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक लक्ष्यहरू हासिल गर्न आवश्यक पर्ने सीप तथा मार्गदर्शन प्रदान गर्नमा विशेष जोड दिन्छ। तदनुसार, हाम्रो ऐच्छिक TOEFL® तयारी कक्षा र विद्यालयको समय सकिएपछि सञ्चालन हुने युनिभर्सिटी तयारी कक्षाको अतिरिक्तमा, NESE ले प्रत्येक महिना उच्चा तहका विद्यार्थीहरूको संस्थागत TOEFL® परीक्षा लिन्छ र युनिभर्सिटीमा पढ्ने योजना भएका विद्यार्थीहरूलाई मद्दत गर्न थुप्रै अतिरिक्त सेवा प्रदान गर्दछ।

विद्यार्थीहरू NESE को इन्टेन्सिभ कार्यक्रम (प्रत्येक दिन 9:00-3:15) वा सेमि-इन्टेन्सिभ कार्यक्रम (प्रत्येक दिन 9:00-12:00) मा पनि भाग लिन पाउँछन्। दुबै कार्यक्रमले 10 तहमा भाषा तथा संस्कृति सम्बन्धी प्रशिक्षण, NESE का सबै सुविधाहरूको पूर्ण पहुँच र विद्यालयको आवास गृह वा होम-स्टे व्यवस्थामा बस्ने विकल्प प्रदान गर्दछन्।

पेशाकर्मीका कार्यक्रमहरू

पेशाकर्मीहरूलाई NESE को इन्टेन्सिभ कार्यक्रम (प्रत्येक दिन 9:00-3:15) वा सेमि-इन्टेन्सिभ कार्यक्रम (प्रत्येक दिन 9:00-12:00) मा पनि भाग लिने विकल्प छ। यी दुबै कार्यक्रमले 10 तहमा भाषा तथा संस्कृति सम्बन्धी प्रशिक्षण प्रदान गर्दछन्।

यद्यपि, पेशाकर्मीले सामना गर्ने दुबै भाषिक तथा व्यवहारिक चुनौतीहरू तथा उनीहरूको विशेष आवश्यकताहरूलाई ध्यानमा राख्दै NESE ले वयस्कहरूका लागि विशेष संरचनाको प्रशिक्षण प्रदान गर्दछ। कक्षा, शिक्षक, गतिविधि, आवास, कम्प्युटर ल्याब र लाउन्ज क्षेत्रलाई पेशाकर्मीको सिकाई शैली, सीमित समय र व्यवहारिक आवश्यकताहरू पूरा हुने हिसाबले नियोजित ढङ्गले डिजाइन गरिएका हुन्छन्। यसका अतिरिक्त, NESE मा पेशाकर्मीहरूलाई आफ्ना निश्चित लक्ष्यहरू हासिल गर्न उपयुक्त कक्षाहरूमा मात्र भाग लिने विकल्प प्रदान गरिन्छ।

NESE को नियमित इन्टेन्सिभ र सेमि-इन्टेन्सिभ कार्यक्रमहरूको अतिरिक्तमा, पेशाकर्मीहरूका लागि व्यावसायिक अङ्ग्रेजी र निजी ट्युसन लगायत ऐच्छिक पाठ्यक्रमहरू पनि उपलब्ध छन्।

ऐच्छिक र विद्यालयको समय सकिएपछि हुने कक्षाहरू

NESE को शैक्षिक कक्षाहरूको अतिरिक्तमा, विद्यार्थी र पेशाकर्मीहरूले TOEFL® तयारी, व्यावसायिक अङ्ग्रेजी, कानुनी अङ्ग्रेजी, उच्चारण र युनिभर्सिटी तयारी कक्षाहरू लगायत ऐच्छिक (1) र विद्यालयको समय सकिएपछि हुने कक्षाहरू (2) चयन गर्न पाउँछन्। माथिल्लो स्तरका विद्यार्थीहरूले हार्वर्ड एक्स्टेन्सन स्कूल (2) र क्षेत्रका अन्य कजेलहरूमा आफ्नो रुचिको क्षेत्रसँग सम्बन्धित पाठ्यक्रमहरूमा पनि भाग लिन सक्छन्।

शैक्षिक अङ्ग्रेजी पाठ्यक्रमहरू

 

व्याकरण तथा भनाइहरू, बोलाई र सुनाई तथा पढाई र लेखाई भाषा शिक्षा

NESE का सबै विद्यार्थीहरूले तलको तालिकामा उल्लेख गरिएका शैक्षिक अङ्ग्रेजी पाठ्यक्रमहरू अध्ययन गर्न सक्छन्। हेरक पाठ्यक्रमका 10 स्तरहरू हुन्छन्, र विद्यार्थीलई एक स्तर पूरा गर्न एक महिना लाग्छ। त्यसैले, NESE मा आउने अङ्ग्रेजीमा निकै कमजोर भएका तथा अङ्ग्रेजी भाषाको बारेमा ज्ञान नभएका विद्यार्थीहरूले NESE को 10 स्तरको पाठ्यक्रम कम्तिमा 10 महिनामा पूरा गर्न सक्छन्।  10 स्तर पूरा गर्ने विद्यार्थीहरू राम्ररी अङ्ग्रेजी बोल्न सक्षम हुने भएकाले उनीहरूले व्यवसायिक तथा शैक्षिक वातावरणमा आफूले सिकेको अङ्ग्रेजी भाषाको प्रयोग गर्न सक्छन्।

NESE को अध्ययन सूचि

स्तर

4

5

8

9

पाठ्यक्रमहरू

1

2

3

6

7

10

 

 

 

  •  

इन्टेन्सिभ TOEFL को तैयारी

 

 

 

 

 

  •  

 

 

  •  
  •  

व्यवसायिक अङ्ग्रेजी

 

 

 

 

 

  •  

 

 

  •  
  •  

पेशाकर्मीलाई चाहिने अङ्ग्रेजी

 

 

 

 

 

  •  

 

 

  •  
  •  

कानुनी अङ्ग्रेजी

 

 

 

 

 

  •  

 

 

  •  
  •  

विश्वविद्यालयको तैयारी

 

 

 

 

 

  •  

 

 

  •  
  •  
  •  
  •  
  •  

संस्थागत TOEFL परीक्षा

 

 

 

  •  
  •  
  •  
  •  

उच्चारण सम्बन्धि सिक्षा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कम्प्युटर सहायक भाषा सिकाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शब्दावली सम्बन्धी शिक्षा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पढाई र लेखाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बोलाई र सुनाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्याकरण तथा भनाईहरू

  •  
  •  
  •  
  •  
  •  
  •  

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।