NESE Programs

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

NESE मा
पेशाकर्मीहरूका लागि

मेनु

NESE - A Program Created by Professionals for Professionals

पेशाकर्मीको रूपमा अङ्ग्रेजी भाषा सिक्ने कार्यक्रम...

तपाईंको आफ्नै छुट्टै आवश्यकता तथा उदेश्य छ भनी हामी बुझ्दछौं।

It Means Dividing Courses by Level and Further Sub-Dividing by Age
यसको अर्थ पाठ्यक्रम स्तर अनुसार विभाजन र उमेर अनुसार उप-विभाजन गर्नु हो

पेशाकर्मीले पहिलोपटक NESE आउँदा प्लेसमेन्ट परीक्षा दिनुपर्दछ, र यही परिक्षाको नतीजा अनुसार उहाँलाई सकेसम्म छिटो सिक्न सकिने खालको वातावरण भएको शैक्षिक स्तरमा पठाइन्छ। त्यसैले NESE मा सञ्चालन हुने सम्पूर्ण कक्षाहरूलाई विद्यार्थीको उमेर अनुसार उप-विभाजन गरिन्छ। यसो गर्नाले, आफ्नो आवश्यकता अनुसार शान्त वातावरणमा पढ्न चाहने पेशाकर्मीहरूका लागि NESE मा छुट्टै कक्षाको व्यवस्था गरिएको हुन्छ (1)। उनीहरूको प्लेसमेन्ट परीक्षाको आधारमा, पेशाकर्मीहरू NESE तथा बुस्टनमा हुने विशेष अभिमुखीकरण कार्यक्रममा सहभागी हुन्छन्। यो अभिमुखीकरण कार्यक्रम NESE का पेशाकर्मी विद्यार्थीहरूका लागि मात्र हो।

यसको अर्थ आफूलाई पायक पर्ने समयतालिका छनौट गर्नु हो

तपाईं व्यवसाय, विज्ञान, कानुन अथवा शिक्षा जुनसुकै क्षेत्रबाट भएतापनि NESE ले तपाईंलाई आफ्नै विशेष आवश्यकताहरू भएको एउटा पेशाकर्मी सरह सम्मान गर्नेछ। NESE ले पेशाकर्मीहरूलाई आफ्नो उदेश्य अनुसार निम्न समयतालिका छनौट गर्ने अवसर प्रदान गर्छः

  • हाम्रो दैनिक इन्टेन्सिभ अथवा सेमि-इन्टेन्सिभ कार्यक्रममा सहभागी हुन
  • व्यवसायिक अङ्ग्रेजी, कानुनी अङ्ग्रेजी, उच्चारण, र TOEFL® को तैयारी कक्षा जस्ता NESE का खास कार्यक्रमहरूमा सहभागी हुन
  • निजी कक्षा प्राप्त गर्ने
  • समूहमा पढाइने विशेष कक्षामा उपस्थित हुन
  • माथि उल्लेख गरिएका कार्यक्रम मध्ये कुनै दुईमा सहभागी हुन
यसको अर्थ व्यस्त पेशाकर्मीको आवश्यकताहरू प्रति सम्वेदनशील हुनु हो

कम्युटर प्रयोगशाला, लज तथा कार्यक्रमहरू पेशाकर्मीहरूका लागि मात्र हो

हाम्रो भवनभित्र NESE को एउटा विशेष कार्यकारी क्षेत्र छ। यहाँ NESE मा पढ्ने विद्यार्थीहरूका लागि उनीहरूले अध्ययन गर्ने विषय-वस्तुसँग सम्बन्धित विभिन्न शीर्षकहरूको बारेमा छलफल गर्नका लागि निजी लजको व्यवस्था गरिएको छ। यहाँ नि: शुल्क इ-मेल सहित निजी कम्प्युटर प्रयोगशालाको व्यवस्था गरिएको छ। आफ्नै ल्यापटप प्रयोग गर्न चाहने पेशाकर्मीहरूका लागि तारविहीन इन्टरनेटको सुविधा पनि छ।

कक्षा सकिएपछि, NESE ले पेशाकर्मीहरूका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू तथा उनीहरूको रूचि अनुसारको ठाउँ घुम्न लैजाने गरिन्छ। हामीले गर्ने विभिन्न क्रियाकलापहरू मध्ये “पेशाकर्मीहरूका लागि मात्र” बनाइएको क्लब पनि एउटा हो। यो क्लब पेशाकर्मीहरूलाई आ-आफ्नो रूचिको बारेमा कुरा गर्न, बैठकहरूमा उपस्थित हुन र बुस्टनमा भएका कम्पनीहरूमा भ्रमण गर्नका लागि कक्षाका सहपाठीहरूसँग भेट गराउने अवसर प्रदान गर्नका लागि बनाइएको हो। यस क्लब मार्फत, पेशाकर्मीहरू हार्वर्डको लेक्चरमा सहभागी हुनुका साथै बुस्टनका विभिन्न सामाजिक कार्यक्रमहरूमा सहभागी हुने गर्छन्।

पेशाकर्मीहरूका लागि अतिरिक्त कार्यक्रमहरू

यसका साथै, तपाईं आफ्नो उदेश्य तथा आवश्यकता अनुसार, ऐच्छिक पाठ्यक्रम तथा विद्यालय समय सकिएपछि हामीले उपलब्ध गरेका केही पाठ्यक्रमहरूमा उपस्थित हुन सक्नुहुन्छ।

निजी वन-टु-वन शिक्षण: व्यक्तिगत रूपमा तैयार पारिएको कार्यक्रम

निजी शिक्षण वन-टु-वन शिक्षण विधि हो र यसले विद्यार्थीलाई आफ्नो लक्ष्य प्रति गम्भीर हुन, गहन अभ्यास गर्न, र गल्ति सुधार्ने तथा फिडब्याक प्राप्त गर्ने अवसर प्रदान गर्दछ। यसो गर्दा तपाईं एउटा मात्र विद्यार्थी हुने भएकाले शिक्षकले सम्पूर्ण समय आफ्नो पूर्ण ध्यान तपाईं माथि नै लगाउनुहुनेछ, जसले गर्दा विशेष रूपमा तपाईंकै आवश्यकताहरूलाई ध्यानमा राखी सिर्जना गरिएको वातावरणमा अझ राम्ररी तथा छिटो सिक्न मद्दत गर्नेछ।

(1) फुटनोट:

कहिलेकाहीँ कक्षामा सिट नपुग्ने जस्ता समस्याहरू देखिन सक्छन्।

NESE मा पेशाकर्मी हुनुको अर्थ के हो?

यसको अर्थ पेशाकर्मीहरूले पेशाकर्मीहरूका लागि बनाएको कार्यक्रममा नामाङ्कन गर्नु हो

NESE मा, पेशाकर्मीहरू पेशाकर्मीहरूद्वारा नै सिक्न चाहन्छन् भनी हामी बुझ्दछौं। NESE को एउटा आफ्नै छुट्टै इज्जत छ जसले गर्दा हार्वर्ड, याले तथा कोलम्बिया लगायतका संयुक्त राज्यका नाम चलेका विश्वविद्यालयबाट ग्रेजुएट अथवा एड्भान्स डिग्री प्राप्त गरेका

शिक्षकहरूलाई आफूप्रति आकर्षण गर्न सक्षम छ। हाम्रा शिक्षकहरूले जुनसुकै विश्वविद्यालयबाट डिग्री हासिल गरेको भएतापनि उनीहरू पर्याप्त शिक्षण अनुभव सहित निकै प्रतिभाशाली छन् र उनीहरूलाई NESE मा पढाउनका लागि चयन गर्नुको कारण उहाँहरूको दक्षता र शिक्षा प्रतिको समर्पण हो।

NESE का पेशाकर्मी तथा कम्पनीहरू

NESE ले विभिन्न व्यवसाय, सरकारी, विज्ञान तथा उद्दोगका विभिन्न पदमा कार्यरत पेशाकर्मीहरूलाई भाषा प्रशिक्षण कार्यक्रम प्रदान गर्दछ। NESE का पेशाकर्मीहरूले काम गर्ने संगठन तथा संस्थाहरू यस प्रकार छन्ः

  • ABN AMRO Bank
  • Acesita S.A.
  • AGCO S.A.
  • AIG Colombia S.A.
  • AIG Colombia Seguros de Visa S.A.
  • Air Liquide Brasil Ltda.
  • Akebono Brake Industry Co., Ltd.
  • Almaty Technological University
  • Ar. Co Macchine Utensili S.p.A.
  • Arthur Andersen
  • Asagua
  • Baker Hughes
  • Banco do Brasil
  • Bank Boston
  • Bank of Tokyo - Mitsubishi Ltd.
  • Bayer S.A.
  • BJ Services S.R.L
  • BMS
  • Bosch
  • Brandy Brasil
  • Brasil Telecom of America, Inc.
  • Brons & Salas
  • Cable Centro S.A
  • Canon
  • Caracas Baseball Club
  • Carbones del Guasare S.A.
  • CBRE Residential Management K.K
  • Central Glass Co., Ltd.
  • Chiomenti Studio Legale
  • Clearevo Company
  • Clinica de Artroscopia
  • Colgate Palmolive
  • Concrete Solutions Ltda.
  • Coniron Corporation
  • CTC Laboratory Systems Corp.
  • Dai Nippon Printing Co., Ltd.
  • Daigeo Colombia
  • Daiichi Pharmaceutical Co., Ltd.
  • Daimler-Benz
  • Deloitte & Touche
  • Deloitte Touche Tohmatsu
  • Dentsu Inc.
  • Deutsche Bank
  • Dresdner Bank
  • Du Pont do Brasil S.A
  • Edival
  • Elevadores Otis Ltda.
  • Embassy of State of Kuwait
  • Embassy of State of Qatar
  • Embassy of the United Arab Emirates
  • Ernst & Young International
  • European Parliament
  • Fidelity
  • Franciscan Missionaries
  • Frito Lay
  • Fujita
  • Fujitsu Ten Limited
  • GE Capital
  • Gerdau S.A.
  • Gillette
  • Global Asset Products AG
  • Gtech Corporation
  • GOL
  • H.B Füller Brasil Ltda.
  • Haemotronic
  • Hans Turck GmbH & Co. KG
  • Harvard University’s International Tax Program
  • Hewlett-Packard
  • Hilton Hotel
  • Hitachi
  • Honda
  • Hotel Tamanaco C.A.
  • Humana Arrendmiento SA de CV
  • Huntsman - American Chemical Company
  • Hyundai
  • IBM
  • IESE Business School
  • ING Bank
  • Instituto Tecnologico Autonomo de Mexico
  • Itaú Bank - Brazil
  • Japan Polyethlene Corporation
  • Japan Trancity Corporation
  • Japanese Ministry of Economy, Trade and Industry
  • Jesuit Society
  • Johnson & Johnson
  • JSC Lancaster Group Kazakhstan
  • JSF Trust and Banking Co., Ltd.
  • Kazak Finance Ministry
  • KIC Limited
  • Kinki Coca-Cola Bottling Co., Ltd.
  • Kobayashi
  • Kodak Komatsu
  • KPMG AZUSA & Co.
  • KPMG – Brazil
  • Kraft Foods Peru S.A.
  • Kyocera Corporation
  • Lanxess Chemicals S.L.
  • Liberty Mutual
  • Lloyds TSB Bank
  • Macedo, Braz & Associados S/C
  • Marin, Mendez & Co. – Ernst & Young Int’l
  • Massachusetts General Hospital
  • Mercantil
  • Merck S.A.
  • Merck, Sharp & Dohme
  • Microsoft
  • Ministry of Defense, Royal Thai Government
  • Ministry of Economy, Trade and Industry - Japan
  • Ministry of Finance - Japan
  • Ministry of Foreign Affairs - France
  • Ministry of Information and Communication - Republic of Korea
  • MIT - Massachusetts Institute of Technology
  • Mitsui Chemicals, Inc.
  • Mitsubishi Pharma Corporation
  • Mizuho Securities Co., Ltd.
  • Monsanto do Brasil Ltda.
  • Mycoyen S.A. - Dow Chemicals
  • Nestlé
  • Network Solution
  • New Balance
  • Nguyentam Co., Ltd., Vietnam
  • Nike
  • Nikko Cordial Securities Inc.
  • Nippon Mining & Metals Co., Ltd.
  • Nivea
  • NTT Data Corporation
  • Oji Paper Co. Ltd.
  • Okasan Securities Co., Ltd.
  • Pernod
  • PetroVen
  • Pepsi Co.
  • Pfizer
  • Philips - Brazil
  • Pollet Advogados Associados
  • Polythylene Corporation
  • Price Waterhouse Coopers
  • Pride International, C.A.
  • Prudential Life Insurance Company
  • Qatari Diplomatic Training Mission
  • R.E. Phelon Co.
  • Raibobank
  • Repsol YPF Venezuela
  • Repuestos Alonso, S.A., Venezuela
  • Ruedes de Aluminio, C.A.
  • Rockwell Automation
  • Royal Embassy of Saudi Arabia
  • Saint-Gobain Ceramicas & Plasticos
  • Samsung Card Co., Ltd.
  • Samsung Electronic
  • Samsung Life Insurance Co.
  • Saoirse Corporation
  • Shell Oil
  • Shin Nihon Ernst & Young
  • Siderar, Argentina
  • Siemens
  • Sistemas & Servicios, S.A.
  • Sitrans
  • Sumitomo Osaka Cement Co., Ltd.
  • Swiss Bank
  • T.E.M., Inc.
  • T-Systems Schweiz AG
  • Taiyo Wire Cloth Co., Ltd.
  • Techint Co.
  • The Yasuda Waterhouse Co., Ltd.
  • Thyssenkrupp
  • Tokico, Ltd.
  • Tokyo Gas Co., Ltd.
  • Tokyo Stock Exchange Group, Inc
  • Tokyo University
  • Totani Corporation
  • Toyota
  • Tranco JCS
  • UNDP/El Salvador
  • Unibanco, S.A.
  • Unicef
  • Unilever
  • Universal Family Co. Ltd.
  • Verizon Wireless
  • Walmart
  • WHB do Brasil, Brady
  • 3M
यसको अर्थ आफ्नो लागि उपयुक्त कार्यक्रम छनौट गर्नु हो

इन्टेन्सिभ कार्यक्रम

हरेक हप्ताको पाँच दिन बिहान 9 बजेदेखि दिउँसो 3:15 सम्म

NESE को 10 स्तर सहितको इन्टेन्सिभ कार्यक्रम संयुक्त राज्यमा सिकाइ सम्बन्धी विभिन्न अवसर प्राप्त गर्न चाहने पेशाकर्मीहरूका लागि उपयुक्त छ। यो कार्यक्रम चुनौतीपूर्ण भएतापनि छिटै प्रगति हुन्छ। पेशाकर्मीहरूलाई एउटा उत्कृष्ट इन्टेन्सिभ कार्यक्रम प्रदान गर्न प्रत्येक कक्षा कुनै नियोजित अन्तराल बिना 90 मिनेटको हुन्छ। हरेक विद्यार्थीले समयमा कक्षामा उपस्थित हुन, गृहकार्य गर्न, र विद्यालय क्षेत्र भित्र अङ्ग्रेजी बोल्न अपेक्षा गरिएको छ।

सेमि-इन्टेन्सिभ कार्यक्रम

हरेक हप्ताको पाँच दिन बिहान 9 बजेदेखि दिउँसो 12:30 सम्म

NESE को 10 स्तर सहितको सेमि-इन्टेन्सिभ कार्यक्रम खासमा अङ्ग्रेजीमा सुधार गर्न चाहने पेशाकर्मीहरूका लागि हो तर जीवनका अन्य विभिन्न पक्षहरूमा पनि संयुक्त राज्यमा यसको महत्व त्यति नै छ। यो कार्यक्रम दैनिक आधा दिनसम्म मात्र हुने भएकाले, पेशाकर्मीलाई यात्रा गर्न, काम गर्न, तथा अन्य इच्छाहरू पूरा गर्ने समय हुन्छ। सेमि-इन्टेन्सिभ कार्यक्रममा सहभागी हुने NESE का पेशाकर्मीहरूले छात्रावास अथवा होमस्टेको छनौट, सप्ताह यात्रा, विद्यार्थी क्लबमा सहभागी हुन तथा निः शुल्क इ-मेल तथा इन्टरनेट जस्ता NESE का सुविधाहरू प्राप्त गर्नेछन्। यस कार्यक्रममा सहभागी हुने पेशाकर्मीहरू कक्षा समयभन्दा अन्य खाली समयमा पढाई गर्न, अङ्ग्रेजी प्रशिक्षण सम्बन्धी  CD हरू सुन्न, अथवा NESE मा भएका DVD हरू हेर्नका लागि यहाँ आउन सक्छन्।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।