मेनु

गोपनीयता नीति

यो गोपनीयता सूचनाले www.nese.edu को गोपनीयता सम्बन्धी अभ्यासहरूको बारेमा जानकारी दिन्छ। यो गोपनीयता सूचना यस वेबसाइटले सङ्कलन गर्ने जानकारीको हकमा मात्र लागू हुन्छ।

यो वेबसाइटमा अन्य साइटहरूको लिङ्क हुन्छ। हामी ती अन्य साइटहरूको गोपनीयता अभ्यासको सम्बन्धमा कुनै जिम्मेवारी वहन गर्दैनौं। हामी हाम्रा प्रयोगकर्ताहरूलाई त्यस्ता लिङ्क प्रयोग गरेर अन्य साइटहरूमा जाँदा सावधानी अपनाउन तथा तपाईंको पहिचानयोग्य व्यक्तिगत जानकारी सङ्कलन गर्ने कुनैपनि साइटको गोपनीयता कथन पढ्न प्रोत्साहन गर्दछौं।

 

जानकारीको सङ्कलन, प्रयोग र आदान-प्रदान

यस साइटमा सङ्कलन गरिएको जानकारीको मालिक हामी मात्र हौं। हामीलाई तपाईंले यस वेबसाइट वा इमेल मार्फत, वा प्रत्यक्ष रूपमा सम्पर्क गरेर आफ्नो स्वेच्छाले प्रदान गर्नुभएको जानकारीमाथि मात्र पहुँच छ र हामी त्यस्ता जानकारी मात्र सङ्कलन गर्छौं। हामी यो जानकारी कसैलाई बेच्दैनौं वा भाडामा दिदैनौं।

हामी तपाईंको जानकारी तपाईंले हामीलाई सम्पर्क गर्नुभएको विषयको सम्बन्धमा प्रतिक्रिया दिन प्रयोग गर्नेछौं। तपाईंको अनुरोध पूरा गर्न, जस्तै तपाईंको आवेदनको प्रक्रिया अगाडि बढाउन तपाईंको जानकारी प्रदान गर्न आवश्यक भएको अवस्थामा बाहेक, हामी तपाईंको जानकारी हाम्रो सङ्गठन बाहिरको तेस्रो पक्षलाई प्रदान गर्नेछैनौं। हामी तपाईंलाई भविष्यमा हाम्रा उत्पादन र सेवाहरूको बारेमा बताउन, वा गोपनीयता नीतिमा भएका कुराहरूको बारेमा जानकारी दिन इमेल मार्फत सम्पर्क गर्न सक्छौं। तपाईंले सम्पर्क नगर्न अनुरोध गर्नुभएको खण्डमा, हामी सम्पर्क गर्नेछैनौं।

विद्यार्थीहरूबाट शिक्षा शुल्क लिन हामी बाहिरी क्रेडिट कार्ड प्रोसेसिङ कम्पनीको सेवा लिन्छौं। यो कम्पनीले व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारी राख्ने, खुलासा गर्ने, भण्डार गर्ने वा तपाईंबाट भुक्तानी प्राप्त गर्नु बाहेक अन्य कुनैपनि प्रयोजनको लागि प्रयोग गर्दैन। यो कम्पनीले तपाईंको क्रेडिट कार्डको जानकारी हामीलाई पठाउनेछैन।

 

जानकारीमाथि तपाईंको पहुँच र नियन्त्रण

तपाईंले कुनैपनि समयमा भविष्यमा आफूलाई सम्पर्क नगर्न अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले तल दिइएको इमेल ठेगाना वा फोन नम्बरमा सम्पर्क गरेर निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • यदि छ भने, हामीले तपाईंको बारेका राखेको जानकारी हेर्न।
  • हामीसँग भएको तपाईंको जानकारी परिवर्तन गर्न वा सच्याउन।
  • हामीद्वारा तपाईंको जानकारीको प्रयोगको सम्बन्धमा कुनैपनि सरोकार व्यक्त गर्न।

 

सुरक्षा

हामी तपाईंको जानकारीको सुरक्षार्थ आवश्यक सावधानीहरू अपनाउँछौं। तपाईंले हाम्रो वेबसाइट मार्फत संवेदनशील जानकारी पेस गर्दा, तपाईंको जानकारी दुबै अनलाइन र अफलाइन सुरक्षित राखिन्छ।

हामीले संवेदनशील जानकारी सङ्कलन गर्दा, ती जानकारीलाई इन्क्रिप्ट गरी सुरक्षित तरिकाले प्रेषित गरिन्छ।

हामी तपाईंको जानकारीलाई अफलाइन पनि सुरक्षित राख्दछौं। कुनै विशेष काम (जस्तै, बिलिङ वा ग्राहक सेवा) गर्न जानकारीमाथि पहुँच चाहिने कर्मचारीहरूलाई मात्र व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीमाथि पहुँच प्रदान गरिन्छ। हामीले व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीलाई भण्डारण गर्ने कम्प्युटर/सर्भरहरूलाई सुरक्षित वातावरणमा राखिन्छ।

हामीले यो गोपनीयता नीतिको उल्लङ्घन गरेको जस्तो लागेमा, तपाईंले तुरुन्त (617) 864-7170 मा फोन गरेर वा इमेल मार्फत हामीलाई सम्पर्क गर्नुपर्छ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।