समाचार

मेनु

NESE का हालका शैक्षिक निर्देशक: Ashim Shanker, Ed.M., हार्वर्ड विश्वविद्यालय

NESE का हालका शैक्षिक निर्देशकले पहिलो बच्चा जन्माउने भएकाले NESE छोड्ने तैयारी गर्दैहुनुहुन्छ, उहाँको सट्टा Ashim Shanker आउँदै हुनुहुन्छ भनी घोषणा गर्न पाउँदा हामी निकै खुशी छौं।

Ashim Shanker ले हार्वर्ड विश्वविद्यालयबाट स्नाकोत्तर र पेन्सिलभेनिया स्टेट विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गर्नुभएको हो। उहाँले हार्वर्ड विश्वविद्यालयमा विभिन्न संस्कृतिका विद्यार्थीहरूको माझमा कक्षाकोठा कसरी प्रभावकारी बनाउने भन्ने रणनिती लगायत अन्तर्राष्ट्रिय शिक्षाको बारेमा अध्ययन गर्नुभएको थियो। यसका साथै, हार्वर्डमा हुँदा, प्रख्यात मनोवैज्ञानिक हाउवार्ड गार्डनर (Howard Gardner) र कग्निसन तथा एजुकेसनका प्रोफेसर John H. र Elisabeth A. Hobbs को सहायको रूपमा चयन हुँनुभएको थियो।

Mr. Shanker ले जापानमा बाह्र वर्षको बसाईको दौरान उहाँले विभिन्न शैक्षिक क्षेत्रहरूमा अनुभव प्राप्त गर्नुभएको थियो। उहाँ निकै राम्रो लेखक पनि हो, र उहाँले शैक्षिक पुस्तक तथा उपन्यासहरू प्रकाशन गर्नुभएको छ। उहाँले NESE लाई आफ्नो सबै अनुभव प्रदान गर्नुभएको छ, जसले NESE का शिक्षक तथा विद्यार्थीहरूलाई सर्वोत्तम सहायता प्रदान गर्दछ।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।