समाचार

मेनु

NESE 25औं वार्षिकोत्सव मनाउँदै छ!

हामी हाम्रो यस यात्रामा सहभागी हुनुभएका सबैलाई धन्यवाद दिन चाहन्छौं, एउटा त्यस्तो यात्रा जसमा हामी सबैले आफ्नो सहकर्मी प्रति स्नेह तथा सहानूभुतिका साथ मिलेर काम गर्न सिक्यौँ। तर तपाईं धेरैलाई थाहा भएको कुरा हो, NESE मा विश्वका 100 भन्दा बढी देशका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू अध्ययनरत तथा कार्यरत हुनुहुन्छ। हामी विभिन्न धर्म, भिन्ना-भिन्नै जातिय समूहबाट हुनुका साथै, सक्षम र असक्षम दुबै प्रकारका व्यक्तिहरू सम्मिलित छौं। संयुक्त राज्यमा विभिन्न जाति, धर्म बिच भिन्नता भएतापनि, NESE पहिले

देखि नै सबैलाई समान रूपमा अङ्ग्रेजी सिकाउने कुरामा प्रतिबद्ध छ - हामी एक-अर्का बिचको घृणा, असहिष्णुता, र भेदभाव हटाउने कुरामा प्रतिबद्ध रहनेछौं। विद्यार्थीहरूले NESE मा पढाई पूरा गरेपछि, विद्यार्थीहरू उनीहरूको अङ्ग्रेजीमा सुधार भएको भनी सुनिश्चित हुनुका साथै, हामी एउटै मानविय जाती अन्तर्गत पर्दछौं, र एक-अर्का प्रति सम्मान सहित एकसाथ छौं भन्ने भावनाको विकास हुन्छ। यस उपलब्धिको हिस्सा भन्नुभएको फेरि धन्यवाद,

Anna Shine - NESE का संस्थापक तथा अध्यक्ष

यस वर्षको जुनमा, NESE ले 25 वर्ष पूरा गर्‍यो, र हामीलाई लाग्छ तपाईं NESE का वर्षौ देखिमा विभिन्न कुराहरूको बारेमा जान्न तपाईंलाई रमाईलो लाग्नेछः

  • NESE स्थापना भएको पहिलो सत्रमा यहाँ 11 जना विद्यार्थीहरू मात्र थिए।
  • NESE ओबर्नडेलको लसेल कलेजको प्राङ्गणमा सुरू भएको थियो, बुस्टन बाहिरको ठाउँ।
  • यो खुलेको दुई महिनापछि, एक राती चोर आएर कम्प्युटर, कार्पेटका साथै टेबल तथा कुर्सी समेत भवनमा भएका सबै सामानहरू चोरेर लगे!
  • यस विद्यालयको प्रथम निर्देशक, शैक्षिक निर्देशक, आवास सम्बन्धी निर्देशक, मनोरञ्जनात्मक निर्देशक एउटै व्यक्ति हुनुहुन्थ्यो।
  • 1991 को जनवरीमा, NESE यसको हालको स्थान हार्वर्ड क्षेत्रमा सर्‍यो - त्यो समयमा हामीसँग तीन ओटा मात्र कक्षाकोठाहरू थिए।
  • NESE का धेरै विद्यार्थीहरूले बिहे गरे।
  • NESE का धेरै विद्यार्थीको बिहे शिक्षकहरूसँग भयो।
  • सेप्टेम्बर 11, 2001 पछि, आतङ्ककारीहरूले आक्रमण गरे र भिसा सम्बन्धी समस्या भयो, धेरै विद्यार्थीहरूले NESE छाडेर गए।
  • NESE ले लगभग 300, 000 जति अन्तिम परीक्षा सही गर्‍यो।
  • NESE मा भुटान, नाइजेरिया, टिब्बत, तथा मार्टिनिक लगायत 100 भन्दा बढी देशहरूका विद्यार्थीहरू उपस्थित भएका थिए।
  • केही कर्मचारीहरू NESE  मा 18 वर्षदेखि काम गर्दै आउनुभएको छ, र यी मध्ये धेरैले विद्यालयमा धेरै पोजिसनमा नियुक्त भइसकेका छन्।
  • अहिले NESE विश्वका विभिन्न उत्कृष्ट तथा सम्मानित शीर्ष विद्यालयहरूको सूचिमा पर्छ।
  • NESE  का केही विद्यार्थीहरू मुख्य राजनितिज्ञ, कलाकार, संगीतकार, तथा वैज्ञानिकका साथै कानुन, व्यवसाय, तथा चिकित्सा क्षेत्रमा लिडर बनेका छन् र पूर्व मिस युनिभर्स पनि यसै विद्यालयकै विद्यार्थी हुन्। NESE मा पढ्ने क्लिनर, जनिटर, क्यासियर तथा शरणार्थी जस्ता केही विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्दछन्। NESE का सम्पूर्ण विद्यार्थीहरू निकै राम्रा छन्।

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।