NESE को युनिभर्सिटी प्लेसमेन्ट सेवाहरू -
NUPS

के तपाईं राम्रो अङ्ग्रेजी भाषा विद्यालयको खोजीमा हुनुहुन्छ?

NESE नै किन त!

मेनु

तपाईंले NESE मा आउनु अघि
तपाईं NESE मा आएपछि

NESE विश्वविद्यालयको प्लेसमेन्ट सम्बन्धी सेवा (NUPS) ले निम्न सेवाहरू प्रदान गर्दछ:

  • तपाईंको शैक्षिक उदेश्य तथा आवश्यकताहरूको मूल्याङ्कन
  • यी उदेश्य तथा आवश्यकताहरू अनुसारको सिफारिस गरिएका कलेज तथा विश्वविद्यालयको सूचि
  • प्रत्येक केलज तथा विश्वविद्यालयको आवेदन फारम पूरा गर्नमा सहायता
  • यदि कसैलाई शसर्त स्वीकृति पत्र चाहिएको छ भने प्रदान गर्ने व्यवस्था
  • तपाईंको आवेदन प्रक्रिया दौरान तथा संयुक्त राज्यमा पढ्न आउनुको उदेश्यहरूलाई ध्यानमा राखी प्रदान गरिने काउन्सेलिङ सम्बन्धी विश्वविद्यालयको निर्णय गर्न तपाईं र विश्वविद्यालय बीच सेवा-सम्पर्क बढाउनु

कृपया, निम्न सामान्य निर्देशनहरूको पालना गर्नुहोस्:

1

तपाईंले आफ्नो देशबाट नै, NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदातालाई सम्पर्क गर्न सक्नुहुनेछ ([email protected]) to request a NUPS registration form।

2

NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदाताले तपाईंका उदेश्य तथा आवश्यकताहरूको मूल्याङ्कन गर्नुका साथै तपाईंलाई तपाईंको रोजाइ अनुसारको विश्वविद्यालय तथा कलेज पत्ता लगाउनमा मद्दत गर्दछ।

3

NESE ले तपाईंलाई तपाईंले आवेदन गर्ने प्रत्येक विश्वविद्यालय अथवा कलेजको आवेदन फारम उपलब्ध गराउनेछ र आवेदन प्रक्रियाको दौरान फोन तथा इमेल मार्फत तपाईंलाई मद्दत गर्नेछ।

4

तपाईंले आवेदन पूरा गरिसकेपछि, तपाईंले ती आवेदनहरू NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदातालाई पठाउनुहुनेछ जसले आवेदन पूरा भरेको छ तथा सही छ भनी सुनिश्चित गर्नेछन्।

5

तपाईंको आवेदनको अन्तिम समीक्षा पछि, NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदाताले ती आवेदनहरू तपाईंको तर्फबाट प्रत्येक विश्वविद्यालयमा पठाउनुहुनेछ।

6

NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदाताले तपाईंको आवेदन देखि विश्वविद्यालयको निर्णयसम्मका सबै कुराहरूका लागि तपाईं र विश्वविद्यालय बीच सेवा सम्पर्क बनाइ राख्छ।

धेरै जसो NESE का विद्यार्थीहरू आफ्नो देश छाडनु पूर्व नै NESE को विश्वविद्यालय सम्बन्धी प्लेसमेन्टको सेवाहरू (NUPS) को उपयोग गर्छन् भने, अन्य विद्यार्थीहरूले संयुक्त राज्यको कलेज तथा विश्वविद्यालयको प्रवेशिका परीक्षाको तैयारीका लागि NESE मा नआउँदासम्म पर्खिन्छन्। त्यसैले NESE ले विद्यार्थीहरूलाई उनीहरूको रोजाइ अनुसारको विद्यालयमा आवेदन गर्दा सजिलो होस् भनी विभीन्न प्रकारका पाठ्यक्रम, कार्यशाला तथा विभिन्न कार्यक्रमहरू प्रदान गरिन्छ।

NESE विश्वविद्यालय परामर्श सम्बन्धी सेवाहरू

विश्वविद्यालयका परामर्शदाता

NESE विद्यार्थीको रूपमा, तपाईंले NESE को विश्वविद्यालय सम्बन्धी परामर्शदातासँग आफ्नो इच्छा अनुसार अपोइमेन्ट बनाउन सक्नुहुन्छ। यस अपोइटमेन्टको दौरान, तपाईंले अमेरिकी शिक्षा प्रणालीको बारेमा जान्न, आफ्ना शैक्षिक उदेश्यहरूको बारेमा छलफल गर्न, र तपाईंले आवेदनका लागि रोज्नुभएको विद्यालयहरूका बारेमा थाहा पाउन सहायता प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले पूरा गर्नुभएको आवेदनको समीक्षा गर्नका लागि पनि अपोइटमेन्ट बनाउन सक्नुहुन्छ।

विश्वविद्यालयको स्रोत पुस्तकालय

NESE को स्रोत पुस्तकालमा तपाईंको प्रयोगका लागि हालका सयभन्दा बढी विश्वविद्यालयको सूचि अथवा गाइडहरू तथा अमेरिकी कलेजहरूको नाम भएको विशाल कम्प्युटर डाटाबेस उपलब्ध छ। यसका साथै, तपाईंले GMAT®, GRE®, SAT®, र LSAT® जस्ता मान्यता प्राप्त परीक्षाहरूका लागि धेरै गाइड तथा परीक्षा अभ्यास पुस्तिकाहरू प्राप्त गर्नुहुनेछ।

विश्वविद्यालयको भर्ना सम्बन्धी कर्मचारीहरू बीच जानकारी बैठकहरू

विश्वविद्यालयमा भर्ना सम्बन्धी अधिकारीहरू विद्यार्थीहरूसँग भेट गर्न तथा उनीहरूको प्रश्नहरूको उत्तर दिन सधैँ NESE मा आउन रूचि देखाउनुहुन्छ। परिणामस्वरूप, NESE ले सधैँ विश्वविद्यालय तथा कलेज बारे जानकारी सत्र छुट्याउँछ र यस सत्रमा अन्य विभिन्न विद्यालयहरूलाई आमन्त्रण गर्दछ। कलेज भेला तथा एक-एक गरी कलेज भ्रमण गर्नाले विद्यार्थीहरूलाई शैक्षिक विकल्पहरूको बारेमा जान्ने तथा विश्वविद्यालयका अधिकारीहरूसँग प्रत्यक्ष रूपमा प्रश्नहरू सोध्ने अवसर प्रदान गर्दछ।

विश्वविद्यालयका कक्षाहरूमा सहभागी

स्थानीय विश्वविद्यालय तथा कलेजहरूले NESE का विद्यार्थीहरूलाई उन्नत-स्तरको पाठ्यक्रम पढ्न आउँने अनुमति दिएको हुन्छ। यी पाठ्यक्रमहरूले विद्यार्थीहरूलाई अमेरिकी विश्वविद्यालयको जीवन शैलीको अनुभव गर्ने, अङ्ग्रेजी सुधार्ने, र अमेरिकी साथीहरू बनाउने अवसर प्रदान गर्दछ। NESE को सडक पारी रहेको हार्वर्ड विश्वविद्यालय, उन्नत-स्तरका विद्यार्थीहरूलाई विद्यालय खुला रहँदासम्म सञ्चालन हुने बेलुकाको कार्यक्रममा सहभागी भई पढ्ने अवसर प्रदान गर्दछ। (कृपया समयतालिका तथा शुल्क सम्बन्धी जानकारीका लागि प्रत्येक विश्वविद्यालय तथा कलेजहरू हेर्नुहोस्।)

“कुन विश्वविद्यालय?” कार्यशालाहरू

यी नि: शुल्क कार्यशालाहरू वर्षमा धेरै पटक आयोजित गरिन्छ। यी प्रत्येक कार्यशालाहरूले विद्यार्थीहरूलाई संयुक्त राज्यका हजारौं विश्वविद्यालयहरू मध्ये कुन विश्वविद्यालयमा आवेदन गर्ने भनी निर्णय गर्न मद्दत गर्दछ। यसका साथै विद्यार्थीहरूले उनीहरूलाई संयुक्त राज्यका कलेज अथवा विश्चविद्यालयहरूमा आवश्यक पर्ने सम्पूर्ण मापदण्डहरू पत्ता लगाउन र आफ्नो क्षमता तथा आवश्यकता अनुसारको विद्यालय छनोट गर्न सिक्नेछन्।

“आवेदन प्रक्रिया” सम्बन्धी कार्यशाला

यी नि: शुल्क कार्यशालाहरू वर्षमा धेरै पटक आयोजित गरिन्छ। हरेक कार्यशाला संयुक्त राज्यका कलेज, विश्वविद्यालय, अथवा ग्रेजुएट स्कूलको आवेदन प्रक्रिया सम्बन्धी सेवामा केन्द्रित हुन्छन्। आवेदन निबन्ध लेखनमा विशेष जोड दिइएको छ, जुन संयुक्त राज्यमा विद्यार्थी आवेदन फारमको एउटा महत्पूर्ण भाग हो।

NESE को विश्वविद्यालय तैयारी पाठ्यक्रम तथा परीक्षाहरू

इन्टेन्सिभ TOEFL® को तैयारी

यस पाठ्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको विशेष आवश्यकता अनुसार कार्यक्रम तयार पार्ने अनुमति दिइ आफ्नो योजना बनाउन सिकाउँछ। विद्यार्थीहरू NESE को TOEFL® पाठ्यक्रममा कम्तिमा 1 महिना र बढीमा 6 महिनाका लागि भर्ना हुन सक्छन्। यसको अतिरिक्त, NESE को इन्टेन्सिभ TOEFL® पाठ्यक्रमलाई व्याकरण, पठन तथा लेखाई, बोलाई तथा सुनाई गरी तीन मुख्य सीप क्षेत्रमा विभाजन गरिएको छ, विद्यार्थीहरू पेपरमा आधारित TOEFL® (PBT), कम्प्युटरमा आधारित TOEFL® (CBT), अथवा इन्टरनेटमा आधारित TOEFL® (iBT) परीक्षाका लागि आफूले सुधार गर्नुपर्ने क्षेत्रमा मात्र बढी ध्यान दिन सक्छन्। ( स्तर 7 पूरा भएको अथवा स्तर 8 को प्रारम्भिक प्लेसमेन्ट भएको हुनुपर्छ।)

NESE को संस्थागत TOEFL® परीक्षा

NESE को संस्थागत TOEFL® परीक्षा इन्टरमिडिएट तथा उन्नत-स्तरका विद्यार्थीहरूका लागि हेरक सत्रमा आयोजना गरिन्छ। विभिन्न विश्वविद्यालय तथा कलेजहरूद्वारा औपचारिक TOEFL® परीक्षाको सट्टा NESE को संस्थागत TOEFL® परीक्षालाई मान्यता दिइएको हुनाले, विद्यार्थीहरूलाई आफू परीक्षाको लागि तैयार छुँ भनी महसुस हुँदा आरामदायक तथा खुला वातावरण सहितको यस परीक्षामा सहभागी हुन सक्छन्।

 

इन्टेन्सिभ शैक्षिक पठन तथा लेखाई शिक्षा

NESE को पठन तथा लेखाईका कक्षाहरू हरेक विद्यार्थीहरूलाई सही व्याकरण प्रयोग गरी तथा तर्कपूर्ण ढङ्गमा लेख्न सिकाएर आफूलाई अझ राम्ररी अभिव्यक्त गर्न सिकाउँनका लागि तैयार पारिएको हो। शिक्षकहरूले विद्यार्थीहरूलाई दृढ विश्वास तथा सहायताजनक फिडब्याक प्रदान गर्दै शैक्षिक दृष्टिका साथै सिर्जनात्मक ढङ्गमा लेख्न सिकाउँनुहुन्छ। यी कक्षाहरूको पठन खण्डले विद्यार्थीहरूलाई विषय-वस्तु, शैली तथा शब्दावली सम्बन्धी प्रत्यक्ष रूपमा छलफल गराएर दिन-प्रतिदिन विकास भइरहेका, प्रमाणिक सामग्रीहरूको बारेमा जानकारी प्रदान गराउँछ। विद्यार्थीहरूलाई स्किमिङ, स्क्यानिङ जस्ता पठन शैलीमा ध्यान दिन र विषय-वस्तुबाट अनुमान गर्न सिकाएर, NESE ले विद्यार्थीहरूलाई संयुक्त राज्यको विश्वविद्यालय अथवा कलेजमा उनीहरूको सफलता निश्चित गर्ने गरी विद्यार्थीहरूलाई पठन र लेखाई शैलीको तैयारी गराउँछ।

विश्वविद्यालयको लागि तैयारी पाठ्यक्रम

यस पाठ्यक्रममा संयुक्त राज्यको मापदण्ड पूरा गर्नका लागि विद्यार्थीहरूलाई अन्वेषण कसरी गर्ने तथा टेक्निकल पेपर, थेसिस लेख्ने तरिका तथा निबन्ध कसरी तैयार पार्ने भनी सिकाउँछ। यसका साथै विद्यार्थीहरूले व्यक्तिगत रूपमा शैक्षिक अन्वेषण गर्नका लागि अमेरिकी पुस्तकालय प्रणालीको प्रयोग कसरी गर्ने भनी सिक्छन्।

 

यो वेबसाइटले JavaScript, CSS, HTML5 र WebFonts जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दछ। त्यसकारण, यो वेबसाइट आधुनिक ब्राउजरहरूमा खोल्दा सबै कुरा राम्रोसँग देखिन्छ। हामी यो वेबसाइट खोल्न Google Chrome, Apple Safari वा Firefox प्रयोग गर्न सिफारिस गर्दछौं।

प्रतिलिपि अधिकार © 2022 The New England School of English, Inc। सर्वाधिकार सुरक्षित।